दुर्गानाथ खरेल ##
प्रारम्भिक दार्शनिक काल पूर्वमा ऋग्वेदकाल ईसापूर्व १००० वर्षमा सुरु भएको अनुमान छ । खास गरी बृहस्पति भृगु आदि ऋषिद्वारा दार्शनिक काम सुरु भएको यिथो भने पश्चिमा ईसापूर्व ६०० वर्षमा थेल्सको समयदेखि दार्शनिक अवधारणाको प्रकृया अगाडि बढिसकेको थियो (समीर सिंह, २०७१ : ५६) ।
प्रमुख तत्त्वलाई परमार्थिक सत्ता पनि भनिन्छ । अध्ययनको उद्देश्य सम्पूर्ण भौतिक संसार र मानवजातिका बारेमा एउटा निश्चित दृष्टिकोण बनाउने हो । त्यही आधारमा मानवजातिलाई मार्गनिर्देशन गर्ने सशक्त आधार प्राप्त होस् । यस प्रकारको परम तत्त्वलाई प्लेटोले फर्म (आकार), अरस्तुले अन्तिम विचार, डेकार्टले ईश्वर, स्पिनोजोल द्रव्य, हेगेल, ब्रेड आदिले परमतत्त्व भनेका छन् भने कतिपय पूर्वीय दार्शनिकहरूले ईश्वर, आत्मा, पुरुष, प्रकृति आदि नामले सम्बोधन गरेका छन् (उही; ५६) ।
दर्शनसम्बन्धी चिरफार गर्ने काम पदार्थ र चेतना, तिनीहरूबिच सम्बन्ध पत्ता लगाएर सत्य पत्ता लागउने कामबाट मात्रै अगाडि बढ्छ ।
भौतिकवादीहरूले पदार्थलाई प्रमुख सत्ताको रूपमा स्वीकार गरेका छन् । दर्शनसम्बन्धी चिरफार गर्ने काम पदार्थ र चेतना, तिनीहरूबिच सम्बन्ध पत्ता लगाएर सत्य पत्ता लागउने कामबाट मात्रै अगाडि बढ्छ । तर यिनै विषयका विचारमा दार्शनिक परस्पर विरोधी दुई कित्तामा विभाजित भएका छन् । पदार्थ प्रमुख हो र यसबाट नै चेतनाको विकास भएको हो भन्ने दार्शनिकहरू भौतिकवादी भए । त्यसको ठिक विपरीत चेतना प्रमुख हो । त्यसैबाट भौतिक वस्तुको उत्पादन भएको हो भन्ने सबै आदर्शवादी दाशैनिकको कित्तामा सामेल भए ।
अलौकिक सत्तालाई प्रमुखता दिनेहरू वस्तुगत ईश्वरवादी भए भने आफ्नै शरीरभित्रको चेतनालाई प्रमुखता दिनेहरू आत्मगत आदर्शवादी भए । पदार्थ र चेतनका प्रश्नलाई सही रूपमा समाधान नगरिकन सत्यतामा आधारित दर्शनको पहिचना गर्न नै सक्षम भइँदैन । कल्पना र काल्पनिक तथ्यबिनाका विचार अगाडि ल्याइरहँदा सधैँँ भए उत्पन्न भइरहने हुनाले विज्ञानले प्रमाणित गर्न सक्ने तथ्य खोज्नुपर्छ ।
सत्यतर्फ वा असत्यतर्फको बाटो निश्चित गर्न सबैभन्दा पहिले परम सत्ताको निश्चित गर्नुपर्छ । त्यो गरेपछि मात्रै हामी खोजबिन अगाडि बढ्छ । भौतिक पदार्थ ससाना कण मिलेर बनेको हुन्छ । ती कणलाई अणु भनिन्छ । पदार्थमा जुन गुण हुन्छन्, अणुमा पनि ती गुण रहन्छन् । अणुहरू अझ ससाना मिलेर बनेको हुन्छ, जसलाई परमाणु भनिन्छ । त्यहाँ अणुका गुणभन्दा भिन्न गुणहरू पनि परमाणुमा हुन सक्छन् ।
भौतिकवादले ईश्वर र अन्य कुनै अलौकिक शक्तिलाई अस्वीकार गर्दछ । यो अनिश्वरवादी सिद्धान्त हो ।
अध्यात्मकवादको दार्शनिक आधार कल्पना, आस्था, विश्वास आदि मात्र थियो । तर भौतिकवाद वैज्ञानिक तथ्यलाई आधार मान्दै अगाडि बढ्यो । भौतिकवादले ईश्वर र अन्य कुनै अलौकिक शक्तिलाई अस्वीकार गर्दछ । यो अनिश्वरवादी सिद्धान्त हो । पदार्थबाट नै सबै चिजको व्याख्या हुन सक्ने भएकाले कुनै अलौकिक सत्ता नभएको यसको दृढ मत छ । विभिन्न भौतिक वस्तुको निर्माण र जीवित वस्तुसमेतको निर्माण परमाणु तथा तत्त्वको विशेष प्रकारको संयोगबाट सम्भव हुन्छ ।
परमाणुको संयोगले भौतिक वस्तु निर्माण हुन्छ र वियोगले ती वस्तु नष्ट हुन्छन् । आधु्निक भौतिकवादीले विश्वका सबै घटना/दुर्घटना प्राकृतिक नियमानुसार नै हुने पुष्टि गर्न प्रयत्न गर्दै छन् । द्वन्द्वात्मक भौतिकवादले विकासका विभिन्न नियमको जानकारी गराउँछ ।
यसले हरेक चिजलाई परिवर्तित रूपमा परिभाषित गर्दछ । पदार्थका कारणले र पदार्थबाट चेतना उत्पादन हुने, फेरि चेतनाले पदार्थमा पविर्तन ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने, यो प्रकृया निरन्तर रूपमा चलिरहने—यो दर्शनले दावासाथ पुष्टि गर्छ । कुनै चेतना अथवा कुनै अलौकिक शक्ति नभएर पदार्थ नै मूल सत्ता हुने गर्छ भन्ने तर्क यो दर्शनको छ । भौतिक रूपान्तरणको फलस्वरूप नै चेतनाको विकास हुन्छ भन्ने पनि द्वन्द्वात्मक भौतिकवादी तर्क छ । मानिसका सोचाइ र दृष्टिकोणमा हुँदै आएको परिवर्तनले पनि यो दर्शनको थप पुष्टि गरको छ ।
जीवन र जगत्लाई हेर्ने एउटा निश्चित अवधारणा बनाएर मानवजाति विभिन्न गतिविधिमा अग्रसर हुने गर्दछ । जीवन र जगत्मा आइपर्ने हरेक प्रकारका समस्याको समाधान उनीहरूमा तयार हुने दार्शनिक दृष्टिकोण नै हो । जब मान्छे दर्शनशास्त्रका आधारमा सत्यको खोजी गर्न अगाडि बढ्छ, तब प्रश्न आउँछ कि सही दर्शन के हो ? समाजमा भइरहने राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनले दर्शनशास्त्रलाई गम्भीर प्रभाव पारिरहेको हुन्छ । दर्शनशास्त्रले पनि यस्ता विभिन्न पक्षलाई प्रभाव पारिरहेको हुन्छ । यही द्वन्द्वात्मक सम्बन्धका आधारमा जीवन र जगत् निम्नस्तरबाट उच्चस्तरतर्फ अगाडि बढिरहेको हुनछ ।
सामूहिक उत्पादन र सामूहिक उपभोगमा आधारित पुरानो सामाजिक संरचनालाई व्यक्तिगत सम्पत्तिको विकासले अवरोध गरेपछि समस्या खडा भयो । त्यसका साथै धनी र गरिबबिचको वर्गीय भेदभाव पनि सुरु भयो ।
दर्शनशास्त्रको अध्ययनले हामीलाई विद्यमान परिस्थितिसित एकाकार हुँदै त्यससित घनिष्ट सम्बन्ध स्थापित गरेर जीवन र जगत्का बारेमा ठोस भूमिका निर्वाह गर्न सक्ने बनाउनुपर्छ । श्रमका औजार नै इतिहासको निश्चित अवधिका सामाजिक स्थितिका महत्त्वपूर्ण सूचक हुन् । सिन्धु घाँटीको सभ्यताभन्दा अघि अथवा ईसापूर्व ३००० देखि १५०० वर्षभन्दा पहिले कुनै धर्म र जातिप्रथाको विकास भएको थिएन (समीर सिंह, २०७१ : ६८) । स्वतःस्फूर्त भौतिकवादी दृष्टिकोण नै मानव जीवनको पथप्रदर्शक पूर्वीय समाजको सिद्धान्त बन्न पुगेको थियो । मानिसबिच सामूहिक श्रम बढ्दै जाँदा चिन्तन र विचारले पनि विकसित रूप लिँदै गयो । उत्पादनका साधनमा भएको परिवर्तनले उनीहरूको जीवनमा पनि परिवर्तन हुँदै गयो । सामूहिक उत्पादन र सामूहिक उपभोगमा आधारित पुरानो सामाजिक संरचनालाई व्यक्तिगत सम्पत्तिको विकासले अवरोध गरेपछि समस्या खडा भयो । त्यसका साथै धनी र गरिबबिचको वर्गीय भेदभाव पनि सुरु भयो ।
उत्पादन प्रणालमिा भएको विकास र परिवर्तनले सिन्धु घाँटीको सभ्यताका लागि आधार तयार गर्याे । त्यहीँबाट दार्शनिक क्षेत्रमा आदर्शवादी सोचाइ र मूल्यमान्यताको विकास हुने र प्रकृति तथा पशुलाई आफूभन्दा बलवान भएको मानेर सर्प, बाघ, सूर्य, ढुङगा, जल आदिलाई पूजा गर्दै अलौकिक मानसिकतालाई वर्गीय स्वार्थअनुरूप प्रयोग गरे ।
आर्यहरू सिन्धु घाँटीमा प्रवेश गर्दा बर्बरताको अवस्थामा थिए । त्यहाँ विकसित तथा जटिल सहरको सभ्यता पाए । उनीहरूले एकातिर, त्यहाँको सभ्यतालाई निषेधको अवस्थामा लैजाने र अर्काेतिर, कतिपय पक्षलाई आवश्यकतानुसार स्वीकार र परिमार्जन गर्दे नयाँ सभ्यता निर्माणको काम पनि गरे । आदिकालीन पाषाणयुगका उनीहरूमा देवीदेवताप्रति कुनै आस्था विश्वास थिएन । उनीहरूको जीवन स्वतःस्फूर्त भौतिकवादी दृष्टिकोणको आधारमा सञ्चालित थियो । उनीहरूमा क्रमशः ईश्वरीय अवधारणाको विकास हुँदै गयो । अन्धविश्वासको पनि विकास हुँदै गयो ।
दर्शन एउटा विश्वदृष्टिकोण हो । प्रकृति र समाजमाथि र त्यसमा मानिसको स्थानमाथि एउटा दृष्टि हो । संसारलाई बुझ्ने तथा रूपान्तरण गर्ने सम्भावनाको विश्लेषण हो ।
नवपाषाण युगमा कृषिको विकासले नयाँ नयाँ प्रकारका जादुटुना तथा कर्मकाण्डको विकास हुँदै गयो । सिकारभन्दा खेतीपातीको सुरक्षामा बढी ध्यान दिए र दिनैपर्ने पनि भयो । व्यक्तिगत सम्पत्तिको स्थायित्व र विकासका लागि आदर्शवादले संस्थागत रूप लिने अवसर पाएको साथै मानवजातिको विकाससँगै धार्मिक अन्धविश्वासलाई प्रतिनिधित्व गर्ने आदर्शवाद र जातिप्रथाको विकास भएको हो ।
दर्शन एउटा विश्वदृष्टिकोण हो । प्रकृति र समाजमाथि र त्यसमा मानिसको स्थानमाथि एउटा दृष्टि हो । संसारलाई बुझ्ने तथा रूपान्तरण गर्ने सम्भावनाको विश्लेषण हो । दृढ धारणा र आर्जित ज्ञानको आधारमा काम गर्ने आवश्कतामाथि विश्वास पनि हो । त्यसैले दर्शन ज्ञानको तथा मूल्याङ्कनको ज्ञानको तथा दृढ धारणाको र अनुभूतिमूलक तथा तर्कमूलक कुराको मिश्रण पनि हो । हामीले जान्न, बुझ्न सकिन्न भन्दा हाम्रो प्रयत्नको बाटोमा अवरोध खडा हुन्छ । जान्न, बुझ्न सकिन्छ भनेर मिहिनत गर्न सुरु गरेपछि आफ्नो कामको मूल्याङ्कन विगतका गल्ती–कमजोरीको सुधार र सत्यको प्रमाणित गर्ने प्रयत्न लगातार गरिरहन्छ । त्यसबाट मात्रै सफलता र असफलताको निर्णय गर्न र अगाडि बढ्न प्रेरणा मिल्दछ । दर्शन मानिसका लागि विशेष मत्त्व हुने विशेष प्रकारको सैद्धान्तिक ज्ञान हो ।
दर्शनमा सम्पूर्ण मानव अनुभवको वस्तुगत सामान्यीकरण र अनुभवमा ती क्षणको निर्धारण पनि गरिएको हुन्छ । मानिस विश्वको रूपान्तरणकर्ता हुँदा सबैसँगका अन्तक्र्रियाका परिणाम हुन्छ ।
चेतनालाई प्राथमिक मान्ने वा बाह्य जगत्लाई प्राथमिक मान्ने भन्ने प्रश्नको उत्तरले दार्शनिक चिन्तनको विकासलाई वास्तविकतामा निर्धारित गर्याे । एङ्गेल्सले भनेका छन्– “सम्पूर्ण दर्शनको र विशेष गरी नवीन दर्शनको महान् र मूल प्रश्न चिन्तन र अस्तित्वको सम्बन्धको प्रश्न हो ।” माक्र्सवादले समाजवाद निर्माणको सैद्धान्तिक आधार मानिसको रहनसहनका अवस्थाको परिवर्तनलाई चिन्तनको तरिकामा रूपान्तरण हुनुमा दृढविश्वासका साथ एक मात्र आधार मान्दछ । त्यो आधार भौतिक परिस्थिति हो ।
माक्र्सवादी क्रान्तिकारीले दावा गर्छन् कि वस्तुगत आर्थिक र सामाजिक पूर्वाधार विद्यमान भएपछि मात्र क्रान्ति सफल हुन सक्छ ।
त्यसका लागि गर्नुपर्ने काम सर्वहारा विश्वदृष्टिकोण र सामूहिक निर्णय तथा व्यक्तिगत जिम्मेवारीको साङ्गठनिक अनुशासन नै प्रस्थानविन्दु हो । सांस्कृतिक परिवर्तन गर्ने काम राजनीतिक नेतृत्वबाट सुरु गर्नुपर्छ । क्रान्तिमा सङ्कल्प र चेतनाको धेरै ठुलो भूमिका भए पनि वास्तविक आर्थिक आधार नभएसम्म क्रान्तिकारी कदम, दुस्साहसिक कार्यमा परिणत हुन सक्छ ।
क्रान्तिकारीको मुख्य भूमिका शोषित उत्पीडित वर्गमा वर्गीय चेतना र राजनैतिक इमान्दारिता वृद्धि गर्ने तथा श्रमजीवी जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने काम नगरी उनीहरूलाई सचेत, सङ्गठित र अनुशासित भई आफ्नो मुक्तिका लागि लड्न तयार पार्ने हो ।
क्रान्तिकारीको मुख्य भूमिका शोषित उत्पीडित वर्गमा वर्गीय चेतना र राजनैतिक इमान्दारिता वृद्धि गर्ने तथा श्रमजीवी जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउने काम नगरी उनीहरूलाई सचेत, सङ्गठित र अनुशासित भई आफ्नो मुक्तिका लागि लड्न तयार पार्ने हो । सचेत सर्वहारा राज्यसत्ता कब्जा हुनुभन्दा पहिल्यै मुक्त हुने र राज्यसत्ता कब्जा गरेर जनतालाई मुक्त पार्ने काम क्रान्तिकारीको हो । जुन कुरा पत्ता लगाइएको छ, त्यो कुरा मानव अनुभवको भण्डारमा सधैँँका लागि रहिरहन्छ । यो कुरा पूर्ण रूपले दर्शनको मूल प्रश्नसँग सम्बन्धित छ ।
दुई हजार वर्षपहिलेकै जस्तो अहिले पनि दार्शनिकहरू दुई ठुला समूह आदर्शवादी र भौतिकवादी व्याख्यामा बाँडिएका छन् । यस्तो हुनुको कारण समाज विरोधी वर्गमा बाँडिएको छ । यस्तो हुनुको कारण समाज विरोधी वर्गमा बाँडिएका छन् । मानिसको सम्पूर्ण ज्ञान उसको परिवेशीय जगत्बाट उत्पन्न भएको हो ।
अजैविक प्रकृतिभन्दा भिन्न रूपमा कुनै पनि जीवित वस्तुको पर्यावरणसँग सधैँँ सन्तुलन कायम राख्दछ । त्यसले खतराबाट बच्न, भोजनको खोजी गर्न र आफ्ना नयाँ सन्तानको रक्षा गर्न, आफ्नो अस्तित्वको बदलिएको अवस्थाप्रति सधैँ प्रतिकृया गर्ने योग्यता मानिसबाहेक अरू सबै प्राणीमा सीमित मात्र हुन्छ ।
मानिस विभिन्न किसिमले जटिल अवस्थामा रहन्छ । मानिसले लगातार नयाँ स्थितिको सामना गर्न परिरहन्छ । मानिसले अहिलेसम्म तयार पारेको सांस्कृतिक वस्तु र तिनीहरूले प्राकृतिक सन्तुलनमा पारेको असर तथा उसका नयाँ क्रियाकलापसमेतले गर्दा त्यस्तो जटिल स्थिति भएको हो । मानिसले स्थितिको विश्लेषण गर्ने, आफ्नो अनुभवको निचोड निकाल्ने र भविष्यको पूर्वानुमान लगाउने श्रमता राख्दछ । मानिस केवल वास्तविकतालाई बुझ्नमा मात्र होइन, प्राप्त ज्ञानलाई आफ्नो रहनसहनका नियमलाई राम्रो बनाउनका लागि प्रयोग गर्न समेत सक्षम छ । हाम्रो प्रकृतिमा ठुलो विविधिता तथा मानिस कुनै पनि अवस्थामा सर्वशक्तिमान नहुँदा–नहुँदै पनि उसको अवथामा निरासाजनक छैन । लामो समय लगाएर भए पनि विश्वको ज्ञान प्राप्त गर्न र प्राप्त ज्ञानलाई आफ्नो हितमा प्रयोग गर्न सक्दछ ।
मानिसका लागि यो संसार काम गर्ने र आफ्नो शक्तिलाई बढाउने असीमित क्षेत्र हो । उसलाई यो विशेषता कुनै सर्वाेच्च शक्तिबाट प्राप्त भएको होइन, यो क्षमता आसावादी दृष्टिकोण र प्रकृति तथा अन्य मानिससँग आङ्गिक सम्बन्धमा आधारित छ ।
सम्पूर्ण ज्ञान प्राप्त गर्ने कुरा अत्यन्त जटिल, कठिन र असीमित प्रकृया हो । मानवजातिले विस्तार विस्तार एक पाइलापछि अर्काे पाइला गर्दै प्रकृतिका रहस्यलाई खोतल्ने काम गर्दछ ।
दार्शनिकले ती समस्यालाई समाधान गर्नुपर्छ, जुन भिन्न भिन्न स्थितिमा र उनीहरूका व्यावहारिक क्रियाकलापमा आवश्यकता हुन्छन् । सम्पूर्ण ज्ञान प्राप्त गर्ने कुरा अत्यन्त जटिल, कठिन र असीमित प्रकृया हो । मानवजातिले विस्तार विस्तार एक पाइलापछि अर्काे पाइला गर्दै प्रकृतिका रहस्यलाई खोतल्ने काम गर्दछ । मान्छेले आफ्नै मन, विचार र अनुभूतिको मात्र ज्ञान प्राप्त गर्दैन, बरु उसले त्यस्तो वस्तुगत संसारको ज्ञान प्राप्त गर्छ, जुन उसको मन र अन्य यन्त्रबाट स्वतन्त्र रूपले अस्तित्ववान छ ।
यो विश्वलाई जान्ने सम्भावना मानिस तथा वस्तुगत जगत् वा पदार्थमा रहेको आपसी सम्बन्धमा रहन्छ । विश्वलाई जान्ने सम्भावनाको प्रश्न पदार्थ वा चेतनाको प्राथमिकताको प्रश्नसँग प्रत्यक्ष र प्रकट रूपमा जोडिएको छ । त्यसैले दर्शनको महत्त्व विश्वदृष्टिकोणसँग सम्बन्धित छ ।
श्रमप्रकृयामा प्रत्येक व्यक्तिले आफ्ना लागि उद्देश्य निश्चित गरेर आवश्यक साधनको उपयोग गरेर उत्पादन गर्छ । विश्वको ज्ञान प्राप्त गर्न, त्यसलाई राम्रो बनाउन तथा मानिसका आवश्यकतानुरूप ढाल्न त्यसै गरी सम्भव छ । जसरी मानिसले कृषि तथा पशुपालनमा प्राकृतिक शक्तिलाई आफ्नो सेवाका लािग बदल्छ, प्राकृतिक पदार्थलाई विभिन्न किसिमका उपकरण बनाउन उपयोगमा ल्याउँछ । मान्छेका लागि प्रकृति एउटा विराट् कार्यशाला हो । ऊ स्वयम् त्यो कार्यशालाको एउटा श्रमिक हो ।
जसरी मानिसले कृषि तथा पशुपालनमा प्राकृतिक शक्तिलाई आफ्नो सेवाका लािग बदल्छ, प्राकृतिक पदार्थलाई विभिन्न किसिमका उपकरण बनाउन उपयोगमा ल्याउँछ । मान्छेका लागि प्रकृति एउटा विराट् कार्यशाला हो । ऊ स्वयम् त्यो कार्यशालाको एउटा श्रमिक हो ।
भौतिकवादी दर्शनले आफ्ना निष्कर्षको पुष्टिका लागि निरन्तर विज्ञानको सहायता लिन्छ । वैज्ञानिक उपलब्धिमाथि प्रत्यक्ष रूपमा विश्वास गर्छ र आफ्नो पालोमा विज्ञानलाई सहायता गर्छ । वस्तु र घट्नाको आधारसम्म पुगेर तिनीहरूको जाँच गर्नु, प्रमाणित गर्नु र पूर्ण परीक्षण गर्नु भौतिकवादी विश्वदृष्टिकोणका लाक्षणिक विशेषता हुन् । त्यसकारण धार्मिक अवधारणाप्रति भौतिकवादको दृष्टिकोण आलोचनात्मक हुन्छ ।
हाम्रो आसपासको संसार यति जटिल र बुहपक्षीय छ कि हामीले कहिलेकाहिँ वास्तविक स्थितिलाई देख्न सक्दैनौँ । ज्ञान प्रक्रिया जटिल छ र ज्ञानमार्ग अति कठिन छ । त्यसैले ज्ञान प्रकृया र ज्ञानमार्गबाट विचलित हुन सहज छ । आदर्शवाद आफ्ना सिथतिमा हठपूर्वक अडिग रहनुमा आंशिक कारण सामाजिक जीवनका अन्तरविरोध हुन् । आफ्नो श्रेष्ठता स्थापित गराउन उनीहरूका सामु आदर्शवादको शरण लिनु आवश्यक छ । अलौकिक शक्तिमा हुने विश्वासबाट उनीहरूको श्रेष्ठता कायम रहन्छ । त्यसैबाट श्रमजीवी जनतालाई शोषण गर्न सजिलो हुन्छ ।
सन्दर्भसूचि
आचार्य, शेषमणि (२०५१), माक्र्सवादपूर्वको दार्शनिक विकास, कास्की : नेपाल बुद्धिजीवी परिषद् ।
खरेल, दुर्गानाथ (२०७२), दर्शनका मुख्य विषय, रुपन्देही : सङ्गिता खरेल ।
रेग्मी, रामराज (२०६४), पूर्वीय दर्शनमा भौतिकवाद, कास्की : सचेतना परिवार ।
सिंह, समीर (२०७१), पूर्वीय दर्शनमा भौतिकवादको खोजी, दाङ : बिनु केसी ।