ठाकुर खनाल ##
हाँक साप्ताहिक वर्ष ३८, अङ्क ३२, २३ असार २०७८ (७ जुलाई २०२१) ले “एकता समाजका प्रभावशाली तथा लोकप्रिय नेताहरूमा व्यापक असन्तुष्टि” शीर्षकअन्तर्गत “मूल प्रवाहको राष्ट्रिय भेला विवादित” उपशीर्षक समाचार प्रकाशित गरेर आम सर्वसाधारणलाई यो स्पष्ट पारिदिएको छ, देवबहादुर लामिछाने, महेन्द्र बस्याल, सूर्यबहादुर थापा, इन्द्र भेटाल र मदन भण्डारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता हैनन् । सङ्गठनका कार्यकर्ता नै नभएका व्यक्तिलाई भेलामा उपस्थिति गराइँदैन । यो सबैले भलिभाँती जानेबुझेकै कुरा हो । यो त्यो जमाना होइन, यो टेक्नोलोजीको जमाना हो । अन्तर्राष्ट्रिय स्तरका कूटनीतिक बैठक, मन्त्रालयको बैठक, अदालती कामकारबाही, अन्य सरकारी कार्यालयका बैठकसमेत भर्चुअल विधिबाट सम्पन्न भइरहको सर्वविदितै छ । ती सबै वैधानिक भइरहेका छन् । कसैले भ्रम पार्न खोज्दैमा र कसैले आफ्नो निहित स्वार्थ अनुकूल निर्णय भएन भन्दैमा अवैधानिक हुँदैन ।
देवबहादुर लामिछाने, महेन्द्र बस्याल, सूर्यबहादुर थापा, इन्द्र भेटाल र मदन भण्डारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ता हैनन् । सङ्गठनका कार्यकर्ता नै नभएका व्यक्तिलाई भेलामा उपस्थिति गराइँदैन ।
देवबहादुर लामिछाने, महेन्द्र बस्याल, सूर्यबहादुर थापालाई नवौँ बैठकले नै सङ्गठनबाट निस्काशित गरेको थियो । इन्द्र भेटाल र मदन भण्डारीलाई भेलापूर्वको बैठकले सङ्गठनबाट निस्काशन गरेको हो । त्यस्तै, भोपालका केबी खड्काले सङ्गठनको कुनै पनि समितिमा नरहने भनी राजीनामा दिनुभएको थियो, जसको प्रतिलिपि केन्द्रीय कार्यालयमा सुरक्षित छ । सूर्यबहादुर पुन मूल प्रवाहको कुनै पनि समितिमा हुनुहुन्न । केन्द्रीय समितिको पूर्ण बैठकले निस्काशित गरेका, स्वयम् राजीनामा दिएका र समितिमा नै नरहेका व्यक्तिलाई भेलामा नबोलाउँदैमा अवैधानिकताको हल्ला पिट्ने पत्रकारितालाई कुन उपमा दिन सही हुन्छ ? त्यो उहाँहरू आफैले बुझ्ने विषय हो । सामाजिक सन्जालमा पार्टी विरोधी स्टाटस् पोस्ट गर्दैमा कोही प्रभावशाली तथा लोकप्रिय हुँदैन, तर हाँकको नजरमा सबै अराजक गतिविधिमा संलग्न व्यक्तिहरू प्रभावशाली तथा लोकप्रिय देखिन्छन् ।
यो संसारमा धेरै मान्छेहरू प्रचारात्मक रूपले लोकप्रिय देखिन्छन् । ती व्यक्तिहरूले क्रान्तिकारी आन्दोलनलाई होइन, प्रतिक्रियावादीको सेवा गरिका छन् । लोकप्रियता “क्रान्तिकारी” मापन गर्ने पैमान हुन सक्दैन । नीतिसिद्धान्त, सङ्गठनात्मक पद्धति नै क्रान्तिकारी आन्दोलन र क्रान्तिकारीका लागि महत्त्वको विषय हो ।
नेकपा (मसाल) को आठौँ महाधिवेशनले पास गरेको राजनीतिक लाइनलाई कार्यान्वयनमा लैजानु अहिलेको आवश्यकता हो । कतिपय व्यक्तिलाई महाधिवेशनको निर्णयमा असहमति हुन सक्छ तर क्रान्तिकारीले आफ्ना असहमतिलाई पार्टी सङ्गठनभित्र पद्धतिअनुसार समाधानको प्रयत्न गर्दछन् । द्वन्द्वात्मक भौतिकवादको नियमानुसार प्रत्येक वस्तुमा अन्तरविरोध हुन्छ । अन्तरविरोध पार्टी सङ्गठनको परिचालक शक्ति हो, तर अन्तरविरोधका नाममा महाधिवेशन, सम्मेलन, भेलाले गरेका निर्णयलाई सार्वजनिक रूपमा विरोध गर्नु वा गुटवाजी गर्नु विध्वंसक गतिविधि हो । त्यस प्रकारका कार्यले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रतिक्रियावादीको सेवा गरेको हुन्छ ।
हाँकमा “भारतव्यापी रूपमा छरिएर रोजगाररत रहेका श्रमजीवी प्रवासी नेपालीको अभिभावकीय सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौँ राष्ट्रिय सम्मेलनपछिको प्रथम राष्ट्रिय भेला विवादित बनेको छ” भनेर लेखिएको छ । हाँकको यो ब्यानर न्युजले यो स्वीकारेको छ कि भेला सम्पन्न भएको हो, केवल फुटपरस्त गतिविधिमा संलग्न व्यक्तिलाई सहभागी नगराइएकोमा असन्तुष्टि मात्रै हो । तर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेकपा (मसाल) को जनवर्गीय सङ्गठनभन्दा पनि हाँकको जनवर्गीय सङ्गठनको रूपमा बुझ्नु पत्रकारिताका लागि शोभनीय विषय कतै पनि हैन । जब सिङ्गो पार्टी सङ्गठन, त्यसले तय गरेको नीति–निर्देशन तथा विधान नै नमान्ने, पटक पटक सुधारका लागि सुझाव एवम् निर्देशन दिँदादिँदै पनि आफूहरूले गरेका कमजोरीलाई सुधार नगर्ने व्यक्तिलाई सङ्गठनको बैठक, भेला वा सम्मेलनमा प्रतिनिधित्व गराइन्छ वा गराइँदैन ? त्यसको जवाफ आम सदस्यलाई थाहा भएको कुरा हो ।
हाँकले लेखेको छ– “हाँक साप्ताहिकका वर्तमान प्रधान सम्पादक तथा प्रकाशक गोविन्दसिंह थापा मूल प्रवाहका संस्थापक अध्यक्ष हुनुहुन्छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र हाँक साप्ताहिकको सम्बन्ध भावनात्मक रूपमा जोडिएको छ ।” यहाँ संस्थापकको नाम प्रयोग गरेर भावनात्मक सम्बन्धलाई जोडने प्रयत्न गरिएको छ ।
जब सिङ्गो पार्टी सङ्गठन, त्यसले तय गरेको नीति–निर्देशन तथा विधान नै नमान्ने, पटक पटक सुधारका लागि सुझाव एवम् निर्देशन दिँदादिँदै पनि आफूहरूले गरेका कमजोरीलाई सुधार नगर्ने व्यक्तिलाई सङ्गठनको बैठक, भेला वा सम्मेलनमा प्रतिनिधित्व गराइन्छ वा गराइँदैन ? त्यसको जवाफ आम सदस्यलाई थाहा भएको कुरा हो ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई हेर्ने हो भने पुष्पलाल श्रेष्ठलाई नेकपाको संस्थापकको रूपमा सम्मान गरिएता पनि पछि गएर उनले अपनाएको बाटोलाई केन्द्रीय न्युक्लस र त्यसपछिका पार्टीहरूले पुष्पलालको विचारलाई स्वीकार गरेनन् । २०४६ सालपछि माले समूहले पुष्पलाल समूहलाई सामेल गरेता पनि अन्य वामपन्थी पार्टीहरू तथा हाम्रो पार्टीको उनलाई हेर्ने दृष्टिकोण कायम नै छ । जसरी पार्टीको सम्पत्ति हाँकलाई कब्जा गरेर पार्टीमाथि प्रहार गरिरहेका छन्, संस्थापकको सवालमा पनि मूल प्रवाहको मूल स्प्रिटबाट विमुख भई कथित क्रान्तिकारीताको सेवा गरिरहेका छन् । अहिले हाँकको सम्बन्ध र गोविन्दसिंह थापाको सम्बन्ध पनि त्यहीअनुरूप लिनुपर्ने हुन्छ । हालमा देखिएका कथित क्रान्तिकारीबाट जब हाँकमाथि कब्जा भयो, त्यतिबेला नै हामीलाई थाहा थियो, हाँकलाई पार्टी र पार्टीका जनवर्गीय सङ्गठनमाथि धावा बोल्ने एउटा हतियारको रूपमा उनीहरूले उपयोग गर्ने छन् । त्यो भूमिका र धर्म हाँकले निभाइरहेको छ ।
“हाँक साप्ताहिकका संस्थापक/प्रकाशक सम्पादक शोभाखर धनञ्जय, (सहिद सरोज शर्मा) र विद्या ढकाल (जलजला) जस्ता योद्धाको रगतबाट सिञ्चित मूल प्रवाहको रक्तरञ्जित झण्डा र गौरवमय इतिहासमाथि खेलवाड गर्ने छुट इतिहासले कसैलाई पनि दिएको छैन” हाँकले लेखेको छ । यदि हाँकको यो भनाइ सत्य हो भने अनुशासनविहीन गतिविधिमा संलग्न व्यक्तिलाई किन काखी च्यापिरहेको छ ? कुरोको चुरो यसैमा छ । सबैले बुझ्नुपर्ने कुरो यो छ कि हाँक त्यस प्रकारका व्यक्तिलाई प्रोहत्साहित गर्ने एउटा दरिलो हतियारको रूपमा उपयोग गरिएको छ । शोभाखर धनञ्जय (सहिद सरोज शर्मा) जस्ता योद्धाको रगत–पसिनाबाट सिञ्चित हाँकलाई क्रान्तिकारी धारबाट विमुख र भुत्ते बनाइएको छ । निहित निजी स्वार्थको लागि विज्ञापन जम्मा गर्ने, सोझा र इमान्दार कार्यकर्तालाई क्रान्तिकारी विचारबाट विचलित बनाउने औजार बनाइएको छ । त्यसरी हाँक एउटा क्रान्तिकारी योद्धाले स्थापित गरेको पत्रिका भएता पनि आज अराजकले कब्जा जमाएकै कारणले यस प्रकारका सामग्री त्यसमा प्रकाशित भएका छन् । त्यसका साथै एक वा अर्को प्रकारले प्रतिगामी शक्तिलाई सेवा पु¥याउने कार्यमा हाँक प्रयोग गरिएको छ ।
शोभाखर धनञ्जय (सहिद सरोज शर्मा) जस्ता योद्धाको रगत–पसिनाबाट सिञ्चित हाँकलाई क्रान्तिकारी धारबाट विमुख र भुत्ते बनाइएको छ । निहित निजी स्वार्थको लागि विज्ञापन जम्मा गर्ने, सोझा र इमान्दार कार्यकर्तालाई क्रान्तिकारी विचारबाट विचलित बनाउने औजार बनाइएको छ ।
हाँकले लामिछानेको हवाला दिएर लेखेको छ– “हामीले मूल प्रवाहको क्रान्तिकारी इतिहास र रातो झण्डालाई कदापि झुक्न दिने छैनौँ । मूल प्रवाहका आम नेता–कार्यकर्ताको भावना र विचारको प्रतिनिधित्व गराएर वास्तविक भारतव्यापी राष्ट्रिय भेला अब छिट्टै आयोजित हुने छ र त्यही भेलाले नै मूल प्रवाहको गौरवमय इतिहासलाई कायम राख्दै सङ्गठनलाई सशक्त रूपमा अगाडि बढाउने छ ।”
सङ्गठनको सातौँ सम्मेलनपश्चात् सम्पन्न प्रथम भेलालाई अवैधानिक भनी हल्ला गर्नेहरूले पनि अहिले भेला गर्ने भनेर लेखेका छन् । यस प्रकारका भेला विगतमा पनि नभएका होइनन् । अनुशासनविहीन प्रकारले भेला गर्नेमा विजय शर्मादेखि बाबुराम भट्टराई, रामसिंह श्रीस, गिरधारीलाल–डिलारामसम्मको लामो सूचि छ । त्यस प्रकारका गतिविधिको के हविगत भएको छ, सबैलाई थाहा भएको कुरा हो । त्यही कडीलाई अगाडि बढाउने प्रयत्न देवबहादुर लामिछानेलगायतले गरिरहेका छन् ।
भेलामा सहभागी प्रतिनिधिहरू अत्यन्तै लोकतान्त्रिक पद्धतिबाट आआफ्नो नगरबाट चयन भएर आएका थिए । कतिपय गुटगत कार्य गर्नेबाट निर्माण गरिएका समितिलाई सङ्गठनको विधान, पद्धतिअनुसार आफैमा अवैधानिक भएकाले उनीहरूबाट प्रतिनिधित्व गराउने प्रश्न नै उठ्दैन । सम्मेलन तथा भेलामा आयोजक समितिका सदस्यबाहेक अन्य समितिबाट केवल प्रतिनिधित्व गराइन्छ । सबै समितिका सदस्य प्रतिनिधि हुँदैनन् । सहभागी सबै प्रतिनिधि समितिमा चयन पनि हुँदैनन् । सामान्य कुरालाई पनि बुझ पचाएर सङ्गठनलाई बदनाम गर्ने उद्देश्यद्वारा नै प्रतिनिधिको सङ्ख्यामा प्रश्न खडा गरिएको छ ।
सम्मेलन तथा भेलामा आयोजक समितिका सदस्यबाहेक अन्य समितिबाट केवल प्रतिनिधित्व गराइन्छ । सबै समितिका सदस्य प्रतिनिधि हुँदैनन् ।
अहिले मूल प्रवाहमा जुन प्रकारका विवाद देखाएर आम जनतामा नैराश्यता सिर्जना गर्ने प्रयत्न गरिएको छ, त्यसलाई सङ्गठनका प्रतिबद्ध सदस्यले असफल पार्ने छन् । सङ्गठनको विधिविधान, पद्धति र अनुशासनभन्दा माथि कोही पनि हुँदैन । सङ्गठनका कार्यकर्ताले पाई पाई गरेर जम्मा गरेको आर्थिकलाई पचाउने उद्देश्यद्वारा नै दक्षिण भारतमा समानान्तर प्रकारका गतिविधि सञ्चालन गर्ने व्यक्तिलाई सातौँ अखिल भारत सम्मेलनपछिको प्रथम भेलाले पाखा लगाइसकेको छ । त्यसबाट अत्तालिएर गरिएको रोदनलाई प्रचारित गरेर हाँकको छवि धुमिल्याइएको छ ।
भारतव्यापी छरिएर रोजगाररत रहेका श्रमजीवी नेपालीको हकहित र अधिकार रक्षाको प्रश्नमा मात्र नभई नेपालको जनतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । गौरवमय इतिहास बोकेको मूल प्रवाहको छविलाई धुमिल्याएर कसैले आफ्नो छवि चम्काउन सक्दैन ।