समाज रुपान्तरणको सूचक, आमूल परिवर्तनको मेरुदण्ड, राष्ट्रिय अन्तर्र्राष्ट्रिय चुनौतीहरुसँग सामना गर्ने दस्ता र अग्रगामी राज्य व्यवस्थाको लागि आन्दोलनको अग्रपंक्तिमा सदैब लामबद्व हुने राष्ट्रका गहना हुन् युवा । विश्व इतिहासलाई नियाल्दा हरेक देशहरुमा भएका ठूला ठूला परिवर्तनकारी आन्दोलनको लागि युवाहरुको अतुलनीय योगदान छ । नेपालको सन्दर्भमा पनि देशमा भएका परिवर्तकारी आन्दोलनमा युवाशक्त्तिको भूमिका महत्वपूर्ण रहँदै आएको छ । परिवर्तनकारी आन्दोलनबाट प्राप्त व्यवस्थाका बाबजुद पनि आज देशका गतिशील युवाहरु प्रदेशी जीवन जिउन बाध्य छन् ।
आफ्नो काँधमा आएको जिम्मेवारी पूरा गर्न लाखौं–लाख युवा जनशक्ति वैदेशिक रोजगारिको मार्ग अबलम्बन गर्दै अर्काको मुलुकमा पलायन हुन्छन् । त्यसैले आज गाउँ समाज युवाविहीन बनेका छन् ।
बिडम्बना ! कुनै पनि देशका नागरिकहरुको लागि यो रहरको विषय होइन समय परिस्थिति, गरिबी, बेरोजगारी र सरकारको रोजगार व्यवस्थापनमा देखिएको असफलता कारण बाध्यात्मक अवस्था हो । आफ्नो परिवारको सुख, समृद्धि, उज्वल भविस्य र बालबच्चाहरुको पालनपोषणदेखि उच्च शिक्षाको उचित व्यवस्थापन र अन्य बिबिध आधारभूत आवश्यक्ताहरुको परिपुर्ति गर्नको लागि कुनै न कुनै पेशा व्यवसाय गर्नुपर्ने नागरिकको जिम्मेवारी हुन्छ । आफ्नो काँधमा आएको जिम्मेवारी पूरा गर्न लाखौं–लाख युवा जनशक्ति वैदेशिक रोजगारिको मार्ग अबलम्बन गर्दै अर्काको मुलुकमा पलायन हुन्छन् । त्यसैले आज गाउँ समाज युवाविहीन बनेका छन् ।
देशको अभिभावकत्वको भूमिकामा रहेको सरकार युवा स्वरोजगार व्यवस्थापनमा निरीह र असमर्थ भएको हुँदा दिनहुँ युवाहरु हातमा पासपोर्ट समाएर विदेशीनको लागि एरपोर्टमा लामबद्व हुने गर्दछन् । स्वदेशमै भएको सिमित रोजगारी, न्युनतम पारिश्रमिक र सोही अवसर प्राप्तिको लागि नेतादेखि कर्मचारीसँग हार गुहार गर्नुपर्ने अवस्था साथ साथै प्राप्त पारिश्रमिकले घर परिवारलाई सुचारु गर्न अप्ठ्यारो पर्ने भएकोले दैनिक १५०० भन्दा धेरै देशका होनहार नौजवान युवाहरु आफ्नो घरपरिवार, आमा–बाबा, बाल बच्चा र जीवन संगिनीको अथाह माया छोडेर मेनपावर कम्पनिलाई लाखौं लाख रुपैयाँ बुझाएर विदेश जान बाध्य छन्।
राज्य सत्ता सञ्चालन गर्ने सबै राजनैतिक पार्टीहरु र बहुदलीय व्यवस्थादेखि जनयुद्ध, ६२/६३ को जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म राज्य संयन्त्रका स्वरुप परिवर्तन भए पनि विदेश पलायन हुने देशका अग्रगामी युवाहरुको कमि नहुनु देशको लागि दूर्भाग्यपूर्ण अवस्था हो ।
विश्व माहामारी कोभिड–१९ का कारण विश्व अर्थतन्त्र उथलपुथल भएकोले वैदेशिक रोजगारीको तथ्यांकमा करिब दुइ वर्षदेखि असर परेको देखिन्छ ।२०४६ साल भन्दा अगाडिको विवरण अनुसार विदेश जाने नेपाली युवाहरुको संख्या नगण्य थियो । बहुदलीय व्यवस्थाको आगमनपछि देशको मुहार फेरिने, देश विकाशको गतिमा अघि बढ्ने र देशका युवा वर्गलाई रोजगारीको व्यवस्थापन र आत्मनिर्भर हुनेछ भन्ने नेपालीहरुको अपेक्षा दिवासपना जस्तै भएको छ । राज्य सत्ता सञ्चालन गर्ने सबै राजनैतिक पार्टीहरु र बहुदलीय व्यवस्थादेखि जनयुद्ध, ६२/६३ को जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म राज्य संयन्त्रका स्वरुप परिवर्तन भए पनि विदेश पलायन हुने देशका अग्रगामी युवाहरुको कमि नहुनु देशको लागि दूर्भाग्यपूर्ण अवस्था हो ।
सरोकारवाला पक्षबाट ठोस कार्ययोजना बनाउने, दक्ष जनशक्तिको उत्पादन गर्ने, कृषि तथा पशुपालनको आधुनिकीकरण र व्यावसायिकरण गर्ने, प्राविधिक शिक्षाको विकास, सीपमुलक र आयआर्जन मुलक प्रणाली अपनाउन युवाहरु परिचालन गर्न नसक्नु राष्ट्रको लागि दुःखद पक्ष हो । विदेश पनि खासगरी खाडी मुलुकहरूमा आफ्नो परिश्रमसँग पैसा सटही गर्न बाध्य छौँ हामी ।सीप, ज्ञान, प्राविधिक शिक्षाको कमि र भाषाको अज्ञानताका कारण अर्धदक्ष र अदक्ष जनशक्तिको रूपमा विभिन्न चुनौतिहरुसँग सामना गर्दै न्युनतम पारिश्रमिकमा काम गर्न बाध्य छौँ । विदेशी भूमिको प्रतिकूल वातावरण र न्यूनतम पारिश्रमिकको सन्तुलन मिलाइ घरपरिवार र बाल बच्चाहरुको पठनपाठनको व्यवस्थापन गर्न समेत हम्मे हम्मे परिरहेको अवस्था छ ।देशमा अत्यावश्यक वस्तुहरुको मूल्य आकाशिएको छ भने पठनपाठनका सामाग्रीहरु र विद्यालयको शुल्क पनि धेरै महँगो छ ।
अर्को कुरा परिवारको एउटा सदस्य वैदेशिक रोजगारीमा जाने सोचका साथ साहु महाजनसँग ऋण लिएर म्यानपावर कम्पनी र दलालको सम्पर्कमा रहन्छ, त्यो अवस्थादेखि घरका परिवारका सदस्यहरुको अस्वभाविक रुपले मनगढन्ते सपनाका महल तयार हुन्छन् । मेनपावर कम्पनी र दलालहरुको चंगुलबाट फुस्केर विदेश उड्छ, विदेशमा सेटल हुन नपाउँदै घरमा अर्धाङगिनी झिटी झाम्टा, बोरी बिस्तराको कुम्लो बनाएर बच्चा पढाउने लक्षसहित गाउँदेखि शहर पस्ने तयारीमा हुन्छिन् । प्रदेशी जीवनका आरोह अवरोह, विभिन्न उतारचढाव र तनावका बाबजुद आफ्नै दैनिकी बिताइरहँदा प्रियसीको फोन सम्बादमा सधैं एउटा मात्रै प्रश्न हुने गर्दछ । हामी बुटवल–पोखरा–धरान–हेटौंडा अथवा काठमाडौं कहिले झर्ने ? बच्चाहरुको पढाई बिग्रियो । सबैले भर्ना गरिसके, स्कुलहरुमा पढाइ चलिरहेको छ आदि ।
परिवारको एउटा सदस्य वैदेशिक रोजगारीमा जाने सोचका साथ साहु महाजनसँग ऋण लिएर म्यानपावर कम्पनी र दलालको सम्पर्कमा रहन्छ, त्यो अवस्थादेखि घरका परिवारका सदस्यहरुको अस्वभाविक रुपले मनगढन्ते सपनाका महल तयार हुन्छन् ।
प्रथमतः प्रदेसी मान्छेले पाउने पारिश्रमिक, साहुको ऋण, शहरको बसाइ कोठा भाडादेखि खाद्यान्न, पानी बिजुलीको बिल र विद्यालयमा बुझाउनुपर्ने शुल्कको लेखाजोखा गरेर मात्रै आगाडिको लागि योजना बनाउँदा राम्रो हुन्थ्यो । खाडी मुलुकमा काम गर्ने अधिकतम प्रवासी नेपाली युवाहरुको मासिक आम्दानी भनेको २५ हजारदेखि ५० हजार रुपैयाँ हो । केही प्रतिशत युवाहरु त्यो भन्दा माथि कमाउँछन् होला । तर अन्य मुलुकहरू अस्ट्रेलिया, जापान, जर्मन र युरोपियन मुलुकहरूको मासिक पारिश्रमिकको रकम फरक छ होला । त्यसैले त हामी सबैले प्रदेशीहरुको वास्तविकता बुझ्न जरुरी छ ।
अब म दिनहुँ बादलपारीको देशमा हुने अकल्पनीय र अप्रत्याशित नेपाली युवाहरुको मृत्युसम्बन्धी बिषयमा सामान्य छलफल गर्नेछु । स्वभाविक रूपमा मानिसको जन्मपछि मृत्यु अवस्य हुन्छ । वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरु खासगरी खाडी मुलुकहरूमा मृत्युबरणका घटनाहरु अन्य देशको तुलनामा बढी हुन्छन् । कयौं नेपाली युवाहरु काम गर्ने शिलशिलामा साबधानी अपनाउँदा अपनाउँदै आफ्नै कार्यक्षेत्र भित्र दुर्घटनाको सिकार बन्ने गर्छन् भने केही सार्वजनिक यातायातका साधनहरु मार्फत अथवा रोड क्रश गर्ने क्रममा दुर्घटनामा पर्ने गर्दछन्, त केही पारिवारिक उल्झन, झैझगडा, माया प्रेममा असफलता, कम्पनी मालिकको टर्चर आदि इत्यादीको कारण आत्महत्या गरि आफ्नो अमूल्य जीवन लिला समाप्त गर्ने जस्ता कायर प्रवृत्तिका घटना घटाउने गर्दछन् । कयौं युवाहरु साँझ खाना खाएर सकुशल बिस्तारामा सुतेको अवस्थामा बिहान कार्यक्षेत्र जाने समय सम्म सुतिरहन्छन् । सहकर्मी साथी उठाउन खोज्दा उ कहिल्यै नउठने गरि सुतिरहेको अत्यन्तै दुःखद र अपत्यारिलो घटनाहरु पनि हामीले प्रत्यक्ष देख्न र न्युजहरु मार्फत सुन्छौं ।
वैदेशिक रोजगारीमा काम गर्नेहरुको पारिश्रमिक स्वदेश पठाए वापतको रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलाएमान छ । यो कुरा हामी सबैलाई थाहा हुँदाहुँदै पनि हामी र हाम्रो सरकार कहिल्यै प्रवासी नेपालीको लागि उत्तरदायी हुन सकिरहेको छैन ।
यसरी दुर्घटनाको सिकार हुने, आफ्नो देह त्याग गर्ने अथवा सुतेकै अवस्थामा देहावसान हुने युवाहरुको तथ्यांक नेपाल सरकासँग छ/छैन मलाई थाहा छैन । उल्लेखित घटना दुर्घटनाबाट नेपाली युवाहरुको विदेशी भूमिमा हुने मृत्युबरण देशकै लागि ठूलो नोक्सानी हो । यस्ताखाले घटनाहरुको बारेमा सुक्ष्म अध्ययन गरि सम्बन्धित विज्ञहरुबाट खोज अनुसन्धान गर्न र समस्या न्यूनीकरणको लागि सरकारले पहल गर्नुपर्ने हुन्छ ।
बिडम्बना ! अहिलेसम्म यी विषयवस्तु उपर सरकारको ध्यानाकर्षण भएको पाइँदैन । वैदेशिक रोजगारीमा काम गर्नेहरुको पारिश्रमिक स्वदेश पठाए वापतको रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलाएमान छ । यो कुरा हामी सबैलाई थाहा हुँदाहुँदै पनि हामी र हाम्रो सरकार कहिल्यै प्रवासी नेपालीको लागि उत्तरदायी हुन सकिरहेको छैन । कयौं युवाहरु कारणबस सम्बन्धित कम्पनी छोडेर अन्य कम्पनीहरुमा अवैधानिक बाटो अबलम्बन गर्न बाध्य छन् । उक्त अवैधानिक समूहका युवाहरुको घटना घट्यो भने उस्को लास उठाउन कानुनी प्रक्रिया झन्झटिलो छ । त्यो अवस्थामा सरकारले अभिभावकत्वको भूमिका बहन गर्नुपर्ने हुन्थ्यो तर हामीले महसुस गर्नेगरी कहिल्यै कार्यसम्पादन भएको पाइँदैन । जसको कारण महिनौं दिनसम्म शवगृहमा नेपाली युवाको लास लावारिश बनिरहेको हुन्छ । पुनः सम्बन्धित क्षेत्रका युवा मित्रहरू र विभिन्न संघ सस्था मार्फत आर्थिक संकलन गरी लास स्वदेश पठाइएका घटनाहरु पनि धेरै छन् । आखिर किन ? देशकै अर्थतन्त्र धान्ने युवाहरुको लास उठाउने, स्वदेश ल्याउने कार्य सरकारको नैतिक जिम्मेवारी होइन र ?
यो गम्भीर विषय उपर सबै तह तप्का, सामाजिक संघ सस्था र सरोकारवाला निकाय तथा सरकारको ध्यानाकर्षण गरी समस्याको सामाधान गर्न जरुरी छ । घटनाको पछाडी धेरै कारणहरु हुन सक्छन् । पारिवारिक उल्झन, आय आर्जन भन्दा धेरै माग हुनु अथवा माग पूरा गर्न नसक्नु, मानसिक तनाब, दैनिक कार्य सम्पादनमा सिनियर, सुपरभाइजर र म्यानेजरको टर्चर, अव्यवस्थित खानपिन, धूम्रपान र मदिरापानको अत्यधिक सेवन, प्रतिकुल वातावरण अथवा अन्य केही । खाडी देशहरूमा अत्यन्तै गर्मी हुने र खुल्ला आकाशमुनि काम गर्नेहरूको अवस्था भयावह छ । ५३-५४ डिग्री सेल्सिएस तापक्रममा काम गर्ने, फ्रिज वा कुलरको अति चिसो पानी पिउने, अधिक पेय पर्दाथ जस्तैः पेप्सी, कोकाकोला र क्यान जुसको प्रयोग गर्ने हाइ भोल्टेज एसी र कुलरको चिसो पानीले स्नान गर्ने कारण पनि घटना निम्त्याइएको हुन सक्छ।
घटनाको पछाडी धेरै कारणहरु हुन सक्छन् । पारिवारिक उल्झन, आय आर्जन भन्दा धेरै माग हुनु अथवा माग पूरा गर्न नसक्नु, मानसिक तनाब, दैनिक कार्य सम्पादनमा सिनियर, सुपरभाइजर र म्यानेजरको टर्चर, अव्यवस्थित खानपिन, धूम्रपान र मदिरापानको अत्यधिक सेवन, प्रतिकुल वातावरण अथवा अन्य केही ।
उल्लेखित समस्याहरुको अध्ययन अनुसन्धान गर्ने, समय समयमा सरोकारवाला र प्रवासी युवाहरुबीच समसामयिक विषयमा अनतरकृया, अभिमुखिकरण तालिम र धूम्रपान मदिरापान सेवनमा निशेध गर्ने जस्ता युवा सुधार कार्यक्रम गर्ने साथसाथै हरेक स्थानीय तहले आ–आफ्नो वडामा वैदेशिक रोजगारीमा भएका नागरिकहरुको लगत संकलन गरी प्रवासी युवाहरुको परिवारिक सदस्यहरुसँग समझदारी गरी वार्षिक दुइ पटकसम्म अन्तरक्रिया कार्यक्रम गरि प्रवाशी युवाहरुको अवस्थाको बारेमा सोझबुझ र चेतनामूलक कार्यक्रम गर्न जरुरी छ । यसरी हामी सबैले जिम्मेवारीपूर्वक समस्या समाधानको लागि सकारात्मक हुन सक्यौं भने निश्चितरूपमा प्रवासी नेपाली युवाहरुको मृत्युवरणमा न्यूनीकरण गर्न सकिने छ । ज्ञात रहोस् विदेशमा पैसा रुखमा फल्दैन !!
(गोपाल गिरी, कुवेत)

