कृष्ण अधिकारी##
“भन्नुस्, भन्नुस् ¤ मन खोलेर भन्नुस्” पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजाट बोल्दै गरेका डा. महेश मास्केतर्फ इसारा गर्दै भन्नुभयो ।
बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको न्यहुछे हलमा एक दिन बिराई लगातार चौथो दिनका दिन असार १६ गते नागरिक समाजका अगुवाले पाँच दलीय गठबन्धनका नेताहरूलाई घोचपेच गर्दै आफ्ना कुरा राख्दै थिए । यस दिन पनि नारायण वाग्ले, गेजा शर्मा, बबिता बस्नेत, प्राध्यापक कृष्ण खनाल, इला शर्मा, विजयकान्त कर्ण, अच्युत वाग्ले, पूर्व मुख्य सचिव लीलामणि पौडेल, जे.बी. विश्वकर्मा, रङकर्मी घिमिरे युवराज, सन्तोष परियारलगायतले गठबन्धनका नेताहरूसँग विभिन्न प्रश्न, जिज्ञासा र सुझाव दिएका थिए ।
प्राध्यापक कृष्ण खनालले हामी नागरिक आन्दोलनका अभियानकर्ता पाँच दलीय गठबन्धनको आह्वानले भन्दा पनि हामी हाम्रो आफ्नै चेतनाले यहाँ आएका हौँ । केपी ओलीको असंवैधानिक कदमले गणतन्त्र, समावेशितामाथि नै खतरा उत्पन्न भएकाले त्यसको रक्षा गर्नु हाम्रो पनि दायित्व सम्झेर यहाँ आएका हौँ भने ।
खगेन्द्र सङ्ग्रौलाले भन्नुभयो– प्रजातन्त्रको लडाइँ लड्दा–लड्दै बुढेसकाल लागिसक्दा पनि अझै घिसारिनुपर्ने यो हाम्रो कस्तो कर्म हो ? प्रतिगमनको नाइके ओली प्रवृत्तिलाई हटाउने दायित्व तपाईंंहरूसँग छ । हामी साथ छौँ । ओली प्रवृत्तिको पुनरावृत्ति नहोस् । सत्तामोह र स्वार्थबाट तपाईंंहरू पनि पूरै विमुख हुनुहुन्छ भन्ने हामी ठान्दैनौँ । ओलीतन्त्र फाल्नेमा हाम्रो उत्साह छ, तर तपाईंंहरूलाई स्थापित गर्नेमा छैन, विगतको इतिहास हेर्दा ।
असार १४ गते बुद्धिजीवी र पाँच राजनीतिक दलका नेताहरूसँग भएको अन्तरक्रियामा बुद्धिजीवी, प्राध्यापक बुद्धबहादुर थापा, गुणनिधि न्यौपाने, शिवराज सन्जेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, वयोवृद्ध अधिवक्ता कृष्णप्रसाद भण्डारी, प्राध्यापक केशानन्द गिरी, वरिष्ठ अधिवक्ता हरिहर दहाल, अधिवक्ता डा. रुद्र शर्मा, तारानाथ दाहाल, पत्रकार सुरेश आचार्य, कपिल श्रेष्ठ, पूर्णप्रसाद दवाडी, राजेन्द्रराज पौडेल, ध्रुव थापा, लक्ष्मीकिशोर सुवेदी, हरिराम श्रेष्ठलगायतले नेतृत्वलाई सुझाव, प्रश्न र आलोचना गरेका थिए ।
पूर्व मुख्यसचिव लीलामणि पौडलले भुइँबाट जनताको नजरले हेर्दा केपी ओलीजी र तपाईंंहरू पनि उस्तै उस्तै देखिनुहुन्छ । तपाईंंहरू फरक हो भन्ने विश्वासको आधार तयार पार्नुपर्छ । सत्ता प्राप्त भइसकेपछि तानातानको स्थिति आउन नदिनका लागि साझा प्राथमिकताका कुरालाई आधार बनाइनुपर्छ । बैदेसिक सम्बन्धको सन्तुलन भत्किएको छ भन्ने जस्ता आदि विचार व्यक्त गर्नुभयो ।
पत्रकार तथा लेखक नारायण वाग्लेले आफूले तीन दशक पत्रकारिता गर्दा बुझ्न र झेल्नुनपरेको कुरा नागरिक आन्दोलनका सात महिनामा सडकमा हुँदा हाम्रो समाजमा धेरै धाँजा परेको देखेँ । समाजको यो गतिलाई अहिलेसम्म राजीतिक नेतृत्वले के ग¥यो ? अहिले तपाईंहरू गठबन्धन त बनाउनुभएको छ, तर जनतामा उत्साह र आसा जागेको छैन । यो गठबन्धनले प्रधानमन्त्रीका लागि व्यक्ति त तय गरेको छ । तर कार्यक्रम छैन । ओलीले लामो यात्रा तय गरेर प्रतिगमन गरेका छन् । नागरिक आन्दोलनले पनि घोषणापत्रसहित तेस्रो जनान्दोलनको मुद्दा तयार पार्दै गरेको बताउनुभयो ।
असार १४ गते बुद्धिजीवी र पाँच राजनीतिक दलका नेताहरूसँग भएको अन्तरक्रियामा बुद्धिजीवी, प्राध्यापक बुद्धबहादुर थापा, गुणनिधि न्यौपाने, शिवराज सन्जेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, वयोवृद्ध अधिवक्ता कृष्णप्रसाद भण्डारी, प्राध्यापक केशानन्द गिरी, वरिष्ठ अधिवक्ता हरिहर दहाल, अधिवक्ता डा. रुद्र शर्मा, तारानाथ दाहाल, पत्रकार सुरेश आचार्य, कपिल श्रेष्ठ, पूर्णप्रसाद दवाडी, राजेन्द्रराज पौडेल, ध्रुव थापा, लक्ष्मीकिशोर सुवेदी, हरिराम श्रेष्ठलगायतले नेतृत्वलाई सुझाव, प्रश्न र आलोचना गरेका थिए ।
कपिल श्रेष्ठले २०४६ पछि आज दलका पहिलो तहका नेताहरूले हाम्रा कुरा सुन्न बस्नुभयो, धन्यवाद छ । आज देश कोरोना र केपी ओलीको असंवैधानिक महामारीले आक्रान्त छ । यहाँहरूप्रति पूर्ण विश्वास छैन । प्रतिपक्षको धर्म अपोज, एक्सपोज र डिस्पोज गर्ने हो । तर हामीकहाँ प्रतिपक्ष पनि भागबन्डाको हिस्सेदार बन्छ । यो दुःखद स्थिति हो । हाल ओलीले नियुक्त गरेका संवैधानिक आयोगमा पनि देउवाजीको हिस्सा छ भन्ने आरोप छ । लामो समय भयो, द्वन्द्वपीडितलाई तपाईंंहरू सबैले अल्मलाउनुभयो । सङ्क्रमण कालीन न्यायमा तपाईंंहरू इमानदार हुनुहुन्न । मानव अधिकारको मामिलामा नेपाल बदनाम छ । राष्ट्रपतीय गरिमा रक्षा गर्न नसकेकाले यी राष्ट्रपतिलाई अभिलेख (रिकर्ड) कै लागि भए पनि महाभियोग लगाउनुपर्ने बताउनुभयो ।
पत्रकार सुरेश आचार्यले यो गठबन्धनसँग योजना एक, योजना दुई र योजना तीन के छ ? केपी ओलीले सत्ता त्यसै छाड्दैनन् । उनी व्यवस्थित योजनासहित अगाडि बढेका छन् । सामान्य स्थितिमा ससद पुनःस्थापना हुनुपर्छ । तर स्थिति निश्चित छैन । ओलीको असंवैधानिक कदमका विरुद्ध हाम्रो एजेन्डा मिलेकाले हामी तपाईंंहरूसँगै छौँ । दलका आआफ्ना स्वार्थ जोडिएका हुन्छन् । तर मिडियाले सधैँ प्रतिपक्षको भूमिका निभाउँदै आएको बताउनुभयो ।
बानेश्वरमा असारढ १२ गते पत्रकार र १० गते सम्पादकहरूसँग अन्तरक्रिया भएको थियो । त्यसमा किरण नेपाल, मातृका पौडेल, कपिल काफ्ले, विमल गौतम, टङ्क पन्त, गुणराज लुइँटेल, शुभशङ्कर कँडेल, ऋषि धमला, अरुण बराल, सुरज अर्याल, अशोक अधिकारी, सृजना घिमिरे, प्रकाश जोशी, डी.बि. खड्कालगायतले आफ्ना धारणा र जिज्ञासा राख्नुभयो ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले बुद्धिजीवीलाई नेतृत्वले सत्ताबाहिर रहँदा मात्र उपयोग गर्ने गरेको, सत्तामा हुँदा भने उहाँहरूलाई हामी चाहिँदैनौँ । जवाफदेहिता, विभिन्न नियुक्तिमा पारदर्शिता कहिल्यै हुने गरेन । फलानो आफ्नो नजिकको पर्ने वा आफूलाई साथ दिएको आधारमा फ्याट्ट फ्याट्ट तान्ने गरिन्छ । संविधानले समाजवादउन्मुख हुने भनेको छ । तपाईंहरूले समाजवादको न्यूनतम प्राप्ति हुने कुन विधेयक ल्याउनुभयो । तपाईंहरूसँग पनि हाम्रा कैयौँ प्रश्नहरू हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीको असंवैधानिक यात्रा रोक्ने विन्दुसम्म हामी सँगै छौँ भन्नुभयो ।
अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले फागुनमै अदालतले संसद पुनःस्थापना गरिदिँदासाथ यो सरकारलाई फाल्नुपर्ने हो । त्यहीँ चुक्नुभयो । नेपालको राजनीतिमा नेपथ्यबाट काम हुन्छ । बेलाबखत्मा आआफ्नो स्वार्थअनुसार गठबन्धन बन्छन् । बारम्बारका घटनाक्रम यही रहेको बताउनुभयो ।
बानेश्वरमा असारढ १२ गते पत्रकार र १० गते सम्पादकहरूसँग अन्तरक्रिया भएको थियो । त्यसमा किरण नेपाल, मातृका पौडेल, कपिल काफ्ले, विमल गौतम, टङ्क पन्त, गुणराज लुइँटेल, शुभशङ्कर कँडेल, ऋषि धमला, अरुण बराल, सुरज अर्याल, अशोक अधिकारी, सृजना घिमिरे, प्रकाश जोशी, डी.बि. खड्कालगायतले आफ्ना धारणा र जिज्ञासा राख्नुभयो ।
सम्पादक किरण नेपालले केपी ओली र तपाईंहरूमा फरक के होला ? त्यो ठाउँमा तपाईंंहरू भएको भए पनि त्यस्तै त्यस्तै हो कि ? हामी पत्रकार लोकतन्त्रका लागि लड्छौँ, तर हामीलाई अरिङ्गालले खेद्दा बोलिदिने कोही हुँदैनन् । वेइटिङ प्राइम मिनिस्टरको हैसियतले कोरोना महामारी नियन्त्रणमा तपाईंंहरूको अग्रसरता प्रेसविज्ञप्तिले मात्र पुग्दैन । राम्रो शासन हजुरहरूले पनि दिन सक्नुभएको हैन । प्रजातन्त्रमा कार्यपालिका र व्यवस्थापिकाको विश्वास नपरेर अदालतसँग न्याय खोज्न जानु लाचारीपनको स्थिति भएको बताउनुभयो ।
सम्पादक कपिल काफ्लेले अब गल्ती दोहोरिदैन भन्ने प्रतिबद्धता हुनुपर्याे । नियुक्तिमा भागबन्डाको प्रथा हट्नुपर्याे । आफ्नोले भन्दा राम्रोले स्थान पाउनुपर्याे । हामीहरू त लौरो टेकेर हिड्ने भइसक्दा पनि यहाँहरूकै साथमा छौँ । तर तपाईंंहरू आफ्नो ठाउँबाट सच्चिने र त्याग गर्ने अवस्था आउन सकेन भन्नुभयो ।
सम्पादक गुणराज लुइँटेलले लोकतन्त्रमा त्यसका आदर्श र मूल्य हुन्छन् र त्यसले व्यवहारमा त्यहीँ प्रकारको संस्कारको अपेक्षा गर्छ । हाम्रो लोकतन्त्रमा त्यो संस्कृतिको विकास भएन । संस्कार भएको आदर्श नेता र देशले अपेक्षा गरेको आदर्श लोकतन्त्र जनताले खोजेको बताउनुभयो ।
पत्रकार ऋषि धमलाले कुर्सी पाउँन्जेलसम्मको यो पाँच दलको दौडधुप हो भने धिक्कार छ भन्नुपर्छ । यो नेतृत्वले अब स्वार्थ त्याग्नुपर्छ । नेपालको हरेक परिवर्तनमा भारत साथमै देखिन्छ । सत्तामा रहँदा र सत्ताबाहिर रहँदा नेताहरूको भारतप्रतिको टिप्पणी फरक फरक आउने गरेको देखिन्छ । दुईतिर खुट्टा टेकेर कहिँ पुगिँदैन । तपाईंहरू पञ्चायतसँग लड्नुभयो, राजासँग लड्नुभयो । तर अहिले आफ्नैसँग लडाइँ लड्नुपर्ने बिडम्बना हो । अब यस्तो नहुने गरी बलियो लोकतान्त्रिक प्रणालीको विकास होस् भन्नुभयो ।
आयोजकले प्रश्नकर्तालाई खुलेरै प्रश्न गर्न सकुन् । नेताहरूलाई गर्नुपर्ने आलोचना पनि खुलेरै हुन सकोस् भनेर मिडियाकर्मी मित्रलाई हाउसबाट बोल्ने क्रममा कुनै रिकर्ड नगर्न अनुरोध गरिएको थियो । त्यसैले हलबाट के कस्ता कुरा आए भनेर सबैले जान्न पाएनन् । तर नेताहरूले जवाफ दिने बेलामा सबै मिडियालाई रेकर्डिङ खुला थियो । प्रत्येक दिन पाँच दलले बोलेका कुरा धेरै मिडियामा आइसकेका छन् ।
चार दिनको छलफलमा लगभग सबैको प्रश्न, चिन्ता र चासो मुख्यतः निम्न विषयमा थिए ।
- पाँचदलीय गठबन्धनको वैचारिक र सैद्धान्तिक आधारको जग के हो ? यो सत्ताप्राप्तिसम्मका लागि मात्र हो कि दीर्घकालीन गठबन्धनको संस्कारलाई यसले हुर्काउन सक्ला ?
- ओली प्रवृत्तिको विकास हुनुमा तपाईंहरू आफूलाई कत्तिको जिम्मेवार ठान्नुहुन्छ ?
- के हामीसँग राजनेता स्तरको व्यक्तित्वको विकास हुन सकेको भए ओली प्रवृत्तिले अहिले यसरी ठाउँ पाउँथ्यो होला ?
- न्यायपालिका, विश्वविद्यालय, संवैधानिक आयोगहरू सबैमा भागबन्डाको संस्कृति हुर्काउन तपाईंहरू पनि लाग्नुभयो । आज न्यायपालिका, निर्वाचन आयोगहरू स्वतन्त्रतापूर्वक कार्यसम्पादन गर्लान् ? योग्यता र क्षमताको आधारमा व्यक्तिको छनौट, दण्ड र प्रोत्साहनको व्यवस्था, पारदर्शिता भएको भए यी सबै निकायले स्वतन्त्रतापूर्वक कार्य गर्दै आउने थिए । आज आफैले गरेको गल्तीको मारमा स्वयम् तपाईंंहरू पर्नुभएको छ । सिङ्गो राष्ट्र परेको छ ।
- देउवाजीको नेतृत्वमा सरकार गठन भयो भने फेरि पनि भागबन्डामा अल्मलिनुहुन्न भन्ने के ग्यारण्टी छ ? सरकारको नेतृत्व गर्दा पालना गर्नुपर्ने विधि, पद्धति र आचरण, गर्नुपर्ने कामका प्राथमिकताको प्रतिबद्धता जारी गर्न सक्नु हुन्छ, जसले गर्दा तपाईंहरूप्रति विश्वास जगाउन सकियोस् ।
उपर्युक्त छलफलमा राजमो र जसपाबाट दुर्गा पौडेल, मनोज भट्ट, उपेन्द्र यादव र अशोक राई पालैपालो गए पनि नेपाली काङ्ग्रेस, नेकपा (माओवादी), नेकपा (एमाले) असन्तुष्ट पक्षबाट पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाल भने चारै दिन लगातार उपस्थित हुनुभयो । सबै वक्ताका प्रश्न, आलोचना र सुझावलाई आफूले टिपोट गर्दै त्यसको उत्तर, आत्मालोचना र सुझावलाई आफूले ग्रहण गर्ने बताउनुभयो ।
आयोजकले प्रश्नकर्तालाई खुलेरै प्रश्न गर्न सकुन् । नेताहरूलाई गर्नुपर्ने आलोचना पनि खुलेरै हुन सकोस् भनेर मिडियाकर्मी मित्रलाई हाउसबाट बोल्ने क्रममा कुनै रिकर्ड नगर्न अनुरोध गरिएको थियो । त्यसैले हलबाट के कस्ता कुरा आए भनेर सबैले जान्न पाएनन् । तर नेताहरूले जवाफ दिने बेलामा सबै मिडियालाई रेकर्डिङ खुला थियो । प्रत्येक दिन पाँच दलले बोलेका कुरा धेरै मिडियामा आइसकेका छन् ।
प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय सभाहलमा गरेको छलफललाई हलको दुरूपयोग भएको भनेर सभामुखलाई आरोपसमेत लगाएका छन् । त्यहाँ छलफल हुँदै गरेको घटनाबाट अत्तालिएर प्रधानमन्त्रीले निकै उत्तेजित भाषण गरेका छन् । सबै दललाई पाँडेआरोप लगाएका छन् । आयोजकहरू भने उनीहरूले सोचेअनुसार नै केपी ओली बर्बराएको बताएका छन् ।
पाँच दलका नेताहरू, त्यसमा पनि तीन जना पूर्व प्रधानमन्त्रीहरू लगातार दैनिक तीन:तीन घण्टाका दरले चार दिनसम्म १२ घण्टा देशका प्रबुद्ध वर्गसँग गरको यो अन्तरक्रिया राजनीतिक रूपमा निकै अर्थपूर्ण छ । यो वर्गसँग बसेर उच्च नेतृत्वले गरेको छलफल बहुदलीय व्यवस्थापछिको यो नै पहिलो संवाद हो । भावि सत्तारोहणका दिनमा अब त यो नेतृत्वले केही सोच्दछ कि भन्ने सबैमा एउटा आसा पलाएको छ ।