• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पश्चिमा दर्शनको विकास र त्यसमा योगदान


  •   आइतबार, असार १३, २०७८ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    ईसापूर्व ५३५ देखि ४७५ सम्मका ग्रीस दार्शनिक हेराक्लिटसले आगोलाई आधारभूत तत्त्व मान्दथे । उनको मान्यतानुसार बिनारोकावट हरेक चिज परिवर्तन भइरहेको हुन्छ । उनले परिवर्तन भइरहने हरेक चिज विपरीत दिशाको भइरहन्छ; जस्तै– हामी एकै पटक युवा र वृद्ध भइरहेका अथवा आइरहेका र गइरहेका हुन्छौँ । अस्तित्त्वमा आइरहने र बिलाइरहने भइरहेको हुन्छ । त्यसकारण विपरीत तत्त्वको एकता भइरहेको हुनछ ।

    Advertisement

    प्राचीन सभ्यताको केन्द्र युनानबाट पश्चिमा दर्शनको सुरुवात भएको हो । ग्रीसलाई युनान भनिन्छ र त्यो युरोपमा पर्दछ । थेल्स ईसापूर्व ६४०–३६७ ले सर्वप्रथम युरोपमा सृष्टिको परमाणुवादी सिद्धान्तको व्याख्या गरे । प्राचीनकालका भारतवर्षका चार्वाकले पृथ्वी, जल, तेज र वायु—यिनै चार तत्त्वको सयोगले शरीरको निर्माण हुन्छ । शरीर नष्ट भएपछि आत्मा पनि नष्ट हुन्छ भन्ने मान्यता राख्दथे ।

    मानव समाज सुरुदेखि नै प्रकृतिसँग सम्बन्धित त थियो नै तर प्रकृतिको रहस्य बुझ्न नसकेर आफ्नो चेतनाले काम गर्नेभन्दा स्वाभाविक प्रतिकृयाले काम गर्ने गर्दथे । पछि शासक वर्गले आआफ्नो स्वार्थलाई पुष्टि गर्ने सिलसिलामा चिन्तनको उपयोग गर्न थाले ।

    तीन हजार वर्षपहिले दर्शनको सुरुवात हुँदा मानव समाजमा दासव्यवस्था प्रचलित थियो । त्यतिखेरका दार्शनिकको सोच्ने, तर्क गर्ने, चिन्तन मनन गर्ने समय दासको कठोर मिहिनेतका कारणले प्राप्त भएको भए पनि चिन्तनमा छाप दासमालिककै परको थियो । प्रकृतिको रहस्यको खोजी र सामाजिक जीवनमा प्रभृत्व राख्ने वर्गलाई बचाउनसमेत मान्छेले आफ्नो बुद्धिका लागि एउटा विश्रामस्थल खोज्न थाल्यो । उसले जीवन र जगत्लाई हेर्ने एउटा दृष्टि बनायो । मान्छेका अनेक दृष्टि बने ।

    आजकल हामीले “दर्शन” भन्दै प्राचीन दर्शन पूर्वमा आर्यहरूको वैदिककाल, उपनिषद् काल हुँदै दार्शनिक कालसम्म र पश्चिममा प्राचीन युनानबाट सुरु गर्न सक्दछौँ । ईसापूर्व छसात सय वर्षपहिलेको युनानी चिन्तन नै पश्चिमा प्राचीन दर्शनको प्रस्थानविन्दु थियो । उपनिषद् काल ईसापूर्व ७०० देखि १०० सम्मको समयमा आएर पूर्वीय दर्शनको जग बस्न थालेको अथवा ईसापूर्व ३५०, जसलाई बुद्धको दार्शनिक काल भनिन्छ, त्यही समय र त्यसपछि यहाँ दर्शनशास्त्रको चिन्तन र विकास सुरु भयो ।

    प्राचीन सभ्यताको मुहानको रूपमा युरोप महादेशको सानो देश ग्रीस, जसलाई युनान पनि भनिन्छ । त्यहीँबाट पश्चिमा प्राचीन दर्शनको पहिलो र ठोस रूप सुरु भएको जाति मानिन्छ । उनीहरूको वाद–विवाद, तर्क–वितर्क कला अगाडि भएकाले भारतको न्याय वैशेषिकहरूले प्रारम्भ गरेको चिन्तन पद्धतिमा पनि उनीहरूकै प्रभाव परेको मानिन्छ ।

    आर्यहरूले भारतको उत्तर प्रदेशमा प्राचीनकाल ईसापूर्व १,५०० देखि ईसापूर्व १,००० सम्म ५०० वर्षको अवधिमा वेदको रचना गरेका थिए । सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद भने ईसापूर्व १,५२० देखि १,४२० ईसापूर्वसम्म १०० वर्षको अवधिमै पूरा गरेको मान्छि ।

    आर्यहरूले भारतको उत्तर प्रदेशमा प्राचीनकाल ईसापूर्व १,५०० देखि ईसापूर्व १,००० सम्म ५०० वर्षको अवधिमा वेदको रचना गरेका थिए । सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेद भने ईसापूर्व १,५२० देखि १,४२० ईसापूर्वसम्म १०० वर्षको अवधिमै पूरा गरेको मान्छि (शेषमणि आचार्य; २०५१ : ४) ।

    दार्शनिक चिन्तनको विकास सुरु हुँदा कामको आधारमा जाति विभाजन सुरु भइसकेको थियो । ऋग्वेदका घुमन्तेहरू स्थिर बस्तीमा रूपान्तरण भइसकेपछि उनीहरूको चेतनाले दर्शनको पखेटा हान्न थाल्यो (उही; पृ. ५) ।

    वैदिककाल मातृसत्तात्मक र पितृसत्तात्मकबिचको सङ्क्रमण कालीन समाज थियो । स्वतन्त्र दार्शनिक चिन्तनको सुरुवात उपनिषद् कालको अन्ततिर सुरु हुन लागेको थियो । उपनिषद् कालको ७०० वर्षको अन्तिमतिर जगत्, ब्रह्म, आत्मा वा जीव, पुनर्जन्म र मुक्तिजस्ता विषयले चिन्तनमा ठाउँ पाएको अवस्था थियो । शासकवर्गलाई शासन सञ्चालन गर्न हौसला र श्रमिकवर्गलाई शासकप्रति विश्वास, त्याग र समर्पण भाव जगाएर व्यक्तिगत सम्पत्तिको संरक्षण गर्ने गराउने उद्देश्यको मातहतमा वैचारिक अस्त्रको काम पनि उपनिषद्ले गर्नुपर्यो ।

    पाश्चात्य दर्शनको उद्गम श्रोत युनान भएको पाइन्छ । युनानी दर्शनको पहिलो काल ईसापूर्व ६०० देखि ईसापूर्व ४०० सम्म थियो । यो २०० वर्षको अवधिमा युनिक सम्प्रदाय, बुद्धिवाद, अद्वैतवाद, द्वैतवाद र सोफियावाद गरी युनानी दर्शनका पाँच चरण रहेका युनिक सम्प्रदायमा दार्शनिकको तत्त्व विज्ञासामा कौतुहल बढी भएको पाइन्छ । उनीहरूमा काल्पनिकभन्दा वास्तविकताको खोज गर्ने प्रयत्न बढी थियो । यस समयका दार्शनिकहरू प्रकृति र जीवजगत् सम्पूर्णमा वस्तुनिर्माण हुने तत्त्वको विषयमा जिज्ञासा राख्ने र त्यस्तो तत्त्व भए/नभएको र भए त्यसको अवस्था निश्चित गर्न पनि लालायित भएको सोचाइ राख्दथे । त्यतिखेरका दार्शनिकहरू थेल्स (ईसापूर्व ६२४–५३४), अनक्सिमन्दर (ईसापूर्व ६११–५४६) र अनक्सिमन (ईसापूर्व ५८८–५२४) हुन् । यी दार्शनिकहरूले पानी, हावा तथा अग्निलाई मूल तत्त्व मान्दथे । यिनीहरूले नै पाश्चात्य दर्शनको शिलन्यास गरेका हुन् (शेषमणि आचार्य; २०५१ : ११) ।

    दोस्रो चरणका प्राचीन बुद्धिवादी दार्शनिकहरू पाइथागोरस (ईसापूर्व ५८२–४९३) थिए । पाइथागोरस दार्शनिकका साथै गणितज्ञ पनि थिए । उनी पूर्वजन्ममा विश्वास राख्दथे (उही; १२) । उनको दृष्टिकोण भारतीय उपनिषद्सँग मिल्दोजुल्दो पाइन्छ ।

    अद्वैतवादी दार्शनिकहरू क्सेनोफेन (ईसापूर्व ५७६–४८०), परमेनिद (५४० ईसापूर्व) र जेनो (४९० ईसापूर्व) का थिए । यिनीहरूले बहुदेवमाथि विश्वास गर्दैनथे, अद्वैतवादी विचारका थिए । क्सेनोफेनको देवतालाई मानवाकारको रूपमा नमाने पनि ईश्वर शक्तिमान छन् भन्ने मान्यता थियो । यस सप्रदायका दार्शनिक र राजनीतिज्ञसमेत भएका प्रमुख व्यक्ति जेनो थिए । उनी अद्वैतवादी हुँदाहुँदै छलफल, वादविवाद, प्रतिवाद प्रयोग गर्ने प्रथम युनानी द्वन्द्ववादी पनि थिए । संसारको वास्तविकता एउटै मात्र छ भन्ने सारांशसहित यस सम्प्रदायका दार्शनिकले अन्तिम निष्कर्ष ज्ञान चिन्तन प्रकृयाद्वारा मात्र प्राप्त गर्न सकिने मान्यतामा विश्वस्त थिए । त्यतिखेरको समाजलाई विचार गर्दा त्यही पनि उच्च प्रकारको र कठिन प्रयत्नको उपज मान्नुपर्ने हुन्छ ।

    युनानमा विस्तारै अद्वेतवादको विरोधी धाराको रूपमा द्वैतवाद पनि विकसित हुँदै गयो । यस धाराका दार्शनिकहरूले स्थीर, नित्य तत्त्वको बयान गर्दागर्दै तत्त्वको प्रतिकृयास्वरूप परिवर्तन हुन्छ भन्ने पनि उनीहरूको धारणा थियो ।

    द्वैतवादी प्रमुख दार्शनिक हेराक्लिटस थिए । गौतम बुद्धका समकालीन यी दार्शनिकले परिवर्तन र क्षणिकवादमाथि विश्वास राख्दथे । संसार सृष्टि र प्रलयको प्रकृयावाद गुज्रन्छ, सृष्टिको विनास अग्निद्वारा हुन्छ भन्ने विचारका साथै उनले कुने पनि वस्तु स्थिर नहुने र स्थाथी गुणसम्पन्न कोही केही पनि नहुने उनको धारणा थियो ।

    द्वैतवादी प्रमुख दार्शनिक हेराक्लिटस थिए । गौतम बुद्धका समकालीन यी दार्शनिकले परिवर्तन र क्षणिकवादमाथि विश्वास राख्दथे । संसार सृष्टि र प्रलयको प्रकृयावाद गुज्रन्छ, सृष्टिको विनास अग्निद्वारा हुन्छ भन्ने विचारका साथै उनले कुने पनि वस्तु स्थिर नहुने र स्थाथी गुणसम्पन्न कोही केही पनि नहुने उनको धारणा थियो । आफू सम्भ्रान्त परिवारका भएर पनि सत्ता व्यापारीको हातमा गएकाले पनि विद्रोही भावनामा सहयोग पुगेको हुन सक्छ ।

    अर्का दार्शनिक डेमोक्रेटिस (ईसापूर्व ४६०–३७०) का हुन् । यिनी युनानी परमाणुवादका पूवर्तक मान्छिन् । इरानको आक्रमणले युनान छिन्नभिन्न भएको समयमा घुमन्ते दार्शनिकहरूको विकास भएकाले साधु दार्शनिकलाई “सोफी” र उनीहरूको वैचारिक धारालाई सोफीवाद भनिएको थियो । समयावधिका हिसाबले त्यो समय ईसापूर्व छैटौँ शताब्दीको पूर्वाद्र्ध थियो । यिनीहरूले पुराना विचारका विरुद्ध उभिएर र दार्शनिक चिन्तनलाई बढाउँदै लगे । यिनीहरूको समयमा युनानी नगर एथेन्स दार्शनिक अध्ययनको केन्द्र बनिसकेको थियो ।

    यस्तै अवस्थामा सुकरात प्लेटो र अरस्तुजस्ता तत्कालीन महान् दार्शनिकको उदय भएको थियो । युनिक दार्शनिक कालदेखि सोफीवादसम्मको समयावधिलाई युनानी दर्शनको प्रारम्भिक काल भनिन्छ । यो अहिलेभन्दा तीन हजार वर्षभित्रकै काल हो । समाजमा दासव्यवस्था परिपक्क हुँदै गएर पनि विरोधको स्वर चर्कन लागेको समय थियो । जम्माजम्मी चार हजार वर्ष चलेको दासव्यवस्था आफै ओरालो लाग्ने समय भइसकेको थियो । खोज–अनुसन्धान र प्रकृति विरुद्ध विज्ञानको प्रयोग अत्यन्त कम भएका कारण कडा शारीरिक श्रममा धेरे जनालाई लगाउदा मात्रै थोरै सङ्ख्याका मान्छेको सामान्य आवश्यकता मात्र पूरा हुन सक्ने अवस्थाको थियो त्यो ।

    सुकरात (ईसापूर्व ४६९–३९९) लाई युनानी स्वर्णयुगका यथार्थवादी दार्शनिक भनिन्छ । त्यस अवस्थामा युनान विभिन्न नगरराज्यमा विभाजित थियो । दासमालिक र अभिजात वर्ग नै प्रजातन्त्रका हकदार मानिन्थे । तत्कालीन समाजमा मूर्तिपूजा गर्ने चलन व्यापक भइसकेको थियो । सुकरात समाज व्यवस्थाबाट असन्तुष्ट थिए । शासकवर्गले उनको यथार्थवादबाट अत्यन्त भयभित भई ७० वर्षको उमेरमा विषपान गराएर मृत्युदण्डको सजाय दिएको थियो ।

    सुकरात आफूले कुनै पुस्तक पनि लेखेनन् । धेरै पुस्तासम्म वेद र बुद्धवचनलाई झैँ घोर पुस्तान्तर गराउने कामसमेत नगरे पनि उनका शिष्यहरूले उनको विचार सुुरक्षित राख्ने काम भने गरेका थिए ।

    सुकरात आफूले कुनै पुस्तक पनि लेखेनन् । धेरै पुस्तासम्म वेद र बुद्धवचनलाई झैँ घोर पुस्तान्तर गराउने कामसमेत नगरे पनि उनका शिष्यहरूले उनको विचार सुुरक्षित राख्ने काम भने गरेका थिए ।

    सुकरातका प्रमुख शिष्य प्लेटो (ईसापूर्व ४२७–३४६) थिए । उनी दार्शनिक र राजनीतिज्ञ दुवै थिए । आफ्ना गुरुको निर्मम हत्यापछि गणतन्त्रात्मक पद्धतिमाथि घृणा जागेर काल्पनिक समाज व्यवस्थाको सिद्धान्त प्रतिपादन गरेर दार्शनिकको सत्ता हुनुपर्ने वकालत गर्न थाले । त्यसैले उनी बुद्धिवादी दार्शनिक कहलिए । प्रत्यक्ष अनुभव कुने वस्तुको बाह्यपक्ष र ज्ञान तथा बुद्धि नै केलाउनुपर्ने मुख्य आन्तरिक पक्ष हो भन्ने उनको धारणा थियो । उनले विज्ञान (मन) र भौतिक तत्त्व दुई मुख्य तत्त्व मानेर पनि उच्चतम विज्ञान ईश्वरलाई मान्दथे ।

    अरस्तु (ईसापूर्व ३८०–३२२) पूर्वीय दर्शनमा गौतम बुद्ध जन्मेको एक शताब्दीपछि युनानी नगर स्तागिरामा जन्मेका अरस्तु वस्तुवादी दार्शनिक थिए । उनी प्लेटोद्वारा प्रशिक्षित पनि थिए । अरस्तु सिकन्दरका महान् गुरु थिए । सिकन्दरको मृत्युपछि एथेन्सको सत्तासङ्घर्षमा पराजित गुटका समर्थक भए । एथेन्सबाट अर्काे सहरमा भागेर शरण लिए । त्यहीँ ईसापूर्व ३२२ मा उनको देहवसान भयो । उनी दार्शनिक र प्राणीशास्त्री थिए ।

    अरस्तुपछि युनानी दर्शनको युनिक सम्प्रदाय पाइथागोरस र प्लेटोको बुद्धिवादी सम्प्रदायको मेल र मिश्रण गरिएको थियो । अरस्तुले भौतिक तत्त्व र बुद्धि दुवैको समन्वयको वकालत गर्दथे ।

    अरस्तुपछि युनानी दर्शनको युनिक सम्प्रदाय पाइथागोरस र प्लेटोको बुद्धिवादी सम्प्रदायको मेल र मिश्रण गरिएको थियो । अरस्तुले भौतिक तत्त्व र बुद्धि दुवैको समन्वयको वकालत गर्दथे (शेषमणि आचार्य; २०५१ : १९) ।

    सिकन्दर र अरस्तुको मृत्युपछि पुरानो युनानको प्रशंसा र सम्पन्नता छिन्नभिन्न अवस्थामा पुग्यो । ईसापूर्व ३३८ तिर मकुदुनिया राज्यसँग युनानको हार भएपछि युनानी चिन्तनको नराम्रोसँग दुर्दसासहित क्षय सुरु भयो । पराजित युनान फेरि कहिल्यै पनि पहिलेको जस्तो दर्शनको शुद्धताको आधारभूमि रहन सकेन । बाँकी रहेका र नयाँ सबेजसो दार्शनिकहरू उग्र वा नरम दुवै पक्षबाट पराजित मानसिकताका कारणले प्रतिगमन भएको कुरा उनीहरूले त्यसैअनुसार नीति र आचारशास्त्रका प्रतिपादनमा जोड दिन थालेबाट प्रष्ट हुँदै गयो ।

    यसै कालमा युनानी भौतिकवाद पूर्वीय चार्वाक दर्शनसँग मेल खाने गरी उदय भयो । त्यही दर्शनलाई (ईसापूर्व ३४१–२७०) का एपिक्युरसको नामबाट एपिक्युरीय भौतिकवाद पनि भनिन्छ । इन्द्रियग्राह ज्ञानमा जोड दिएको यस दर्शनमा सुधार र प्रतिगमनको स्पष्ट सङ्केत देखा पर्यो । भन्ने गरियो कि इन्द्रियद्वारा प्राप्त ज्ञान कहिलेकाहिँ गलत देखिएमा मानिसले बारम्बारको प्रयोग वा अरूबाट सिकेर सुधार्न सक्छ । यस दर्शनको आसय आफ्नो निश्चित विचारभन्दा विजयी शासकको चाप परेकाले आफ्नो दृढ मत व्यक्त गर्न नसकेर सुधार गर्ने अथवा शासकको अनुकूलका विचार प्रवाह गर्ने गरी सुधार भएको अर्थमा सजिलै बुझ्न सकिन्थ्यो ।

    त्यसपछि स्टाइकपन्थी दार्शनिक विचार देखा पर्यो । यो पूर्वीय दर्शनजस्तो ब्रह्मवादी विचार थियो । यो विचारले अद्वैतवादमाथि विश्वास राख्दछ । युनानी दर्शनको सुधारिएको प्रकृतिअनुसार हरेक विषयवस्तुलाई हेर्ने सन्देहवादी, साथै अन्तिमतिर प्लेटोको दर्शनको नयाँ रूप पनि देखा पर्छ । जे जसरी भए पनि युनानी दर्शनको मौलिक रूपबाट चिन्तनको स्वरूप रहस्यवादी दर्शनको गर्भमा फस्दै गइरहने काम भयो । दर्शनको स्थानमा रहस्यमय चिन्तनले, धार्मिक रहस्यवादले दर्शनको स्थान ओगट्दै गएर दर्शन धार्मिक रहस्यको दलदलमा भासियो । सुरुमा इसाई चर्चको दर्शनप्रति कुदृष्टि थियो । इसाई दार्शनिकले धर्मको रहस्यलाई दर्शनको गुलियो चास्नीमा डुबाउन थाले ।

    इसाई सन्त अगस्टिन ईसापूर्व ३५३–३३० ले गर्दै ईसापूर्व ५२९ मा राजा जरास्तुनियनले ७०० वर्षको अन्धकार युग सुरु गराए ।

    पश्चिममा युनानी दर्शनमा अन्धकारको युग सुरु भएपछि धर्मले आफ्नो भूमिका बढाएर धार्मिक अन्धविश्वासतिर समाजलाई पथभ्रष्ट बनाउन सुरु गरेको पाइन्छ । सुरुमा हरेक नयाँ चिन्तनको विरुद्ध धर्म खडा हुन सुरु ग¥यो । प्राचीन इसाई चर्चहरूले नयाँ मान्यताप्रति सत्रुता राख्न थाले । हुन त क्राइस्टले सुरु गरेको चिन्तन पनि तत्कालीन अवस्थामा एक किसिमको सामाजिक सुधार नै थियो तर स्वयम क्राइस्ट पनि पुराना धार्मिक शासकको निसानामा नै परे । तर बाइबललाई हरेक विषयमा प्रमाण मान्ने र चर्चहरूको निर्णायक भूमिका हुने भएका कारणले इसाई धर्ममा पनि विभिन्न सम्प्रदाय देखा पर्न थाले । विश्वलाई हेर्ने चर्च दृष्टिकोण बन्न थाल्यो (शेषमणि आचार्य; २०५१ : २२) ।

    इस्वी संवत् छैटौँ शताब्दीतिर मोहम्मदले आफूलाई तत्कालीन लुटेरा कबिला अरब समाजमा पैगम्बरको रूपमा प्रस्तुत भई सुधार गर्ने लक्ष्य राखे । पुरानो धर्मको विरोध गर्दै उनले पनि नयाँ धर्मको स्थापना गर्न खोजे ।

    इस्वी संवत् छैटौँ शताब्दीतिर मोहम्मदले आफूलाई तत्कालीन लुटेरा कबिला अरब समाजमा पैगम्बरको रूपमा प्रस्तुत भई सुधार गर्ने लक्ष्य राखे । पुरानो धर्मको विरोध गर्दै उनले पनि नयाँ धर्मको स्थापना गर्न खोजे ।

    मूर्तिपूजाको विरोध गर्ने इस्लाम धर्मको उद्देश्य पनि तत्कालीन कबिला समाजमा शान्तिस्थापना गर्ने थियो । इस्लामीहरूले ईश्वर एउटै हो भन्ने तत्कालीन धार्मिक दृष्टिकोण व्यक्त गर्दथे । त्यसैलाई मूल धार बनाएर इस्लामिक धर्मको पनि कबिला समाजमा शान्तिस्थापना गर्ने प्रयत्न गर्दथे । तर व्यक्तिगत सम्पत्ति प्रथा र सम्पत्तिको रक्षा जबर्जस्त रूपमा स्थापित र विकसित हुँदा चर्काे वर्गीय अन्तरविरोधको अवस्था हट्ने÷हटाउनेभन्दा शोषण सहने बनाउने नै प्रयत्न हुन्थ्यो । कुरानले स्वीकृत गरेका काम मात्र मानिसले गर्न हुने र गर्न पाउने निषेधित काम गर्न नहुने । स्वीकृत काम गरे स्वर्ग जान पाउने र निषेधित काम गरे नर्कमा जानुपर्ने भन्ने कुरानमा पनि बयान थियो ।

    अरस्तुको शेषपछि २०० वर्षपछि अरब मुलुकमा उनका कृतिहरू अनुवाद गरेर पठनपाठन गर्ने विद्यापिठ पश्चिममा पनि खोलिए । इस्लामिक दर्शनको स्पेनलगायतका विभिन्न युरोपीय देशमा तेह्रौ शताब्दीतिर ल्याटिन भाषामा इस्लामिक ग्रन्थको अनुवाद भई प्रचार हुन थालेको थियो ।

    सन्दर्भसूचि
    आचार्य, शेषमणि (२०५१), माक्र्सवादपूर्वको दार्शनिक विकास, कास्की : नेपाल बुद्धिजीवी परिषद् ।

    खरेल, दुर्गानाथ (२०७२), दर्शनका मुख्य विषय, रुपन्देही : सङ्गिता खरेल ।

    रेग्मी, रामराज (२०६४), पूर्वीय दर्शनमा भौतिकवाद, कास्की : सचेतना परिवार ।

    सिंह, समीर (२०७१), पूर्वीय दर्शनमा भौतिकवादको खोजी, दाङ : बिनु केसी ।

    आइतबार, असार १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • २.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ३.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ४.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ५.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ६.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ७.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ८.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.