• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्विस बैङ्कमा नेपालीको ४६ अरब जम्मा !


  •   सोमबार, असार ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ । सन् २०२० मा स्विस बैङ्कमा नेपालीको ३६ करोड ८ लाख २२ हजार स्विस फ्रैङ्क अर्थात् ४६ अर्ब ५९ करोड रुपैयाँ रहेको देखिन्छ । स्विस नेसनल बैङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१५ यता उल्लेख्य बढेको देखिन्छ ।

    Advertisement

    पञ्चायत कालदेखि नै ‘पम्फादेवी’ लगायत अनेक मिथकहरू प्रयोग गर्दै राजनीतिक दलले राजदरबारले स्विस बैङ्कमा पैसा राखेको बताउने गर्थे । तर गणतन्त्रपछि स्विस बैङ्कमा नेपालीको धन अझै बढेको छ ।

    सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा वित्तीय लगानी नियन्त्रणका लागि विश्वव्यापी सहकार्यले यसरी अपारदर्शी ढङ्गले स्रोत ट्रान्सफर हुन जटिल देखिन्छ । वैदेशिक रोजगारीबाट आउनुपर्ने रेमिट्यान्स हुन्डीमा प्रयोग भएको अनुमानलाई बल दिने गरी स्विस बैङ्कमा बढिरहेको नेपालीको सम्पत्तिले यसैलाई सङ्केत गर्दछ ।

    यस्तो रकम मूलतः स्रोतको वैधानिकता पुष्टी गर्न कठिन हुनेहरूले ‘पार्क’ गरेको तर यसमा ठोस अनुसन्धान हुन नसक्नुले भ्रष्टाचार, असुली, आयातमा अधिक बिजकीकरण, हुन्डीलगायतका माध्यमबाट पु¥याइएको हुन सक्छ ।

    नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ । २०२१ सालमा बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध गर्ने ऐन’ अहिलेसम्म बहाली रहेका कारण नेपालबाट तेश्रो देशमा वैधानिक तबरले लगानी लैजान सकिने अवस्था छैन । कानुनी प्रतिबन्धका बाबजुद पनि स्विस बैङ्कमा नेपालीहरूको धन हरेक वर्ष बढ्दै जानुले यसमा संशय उत्पन्न गराएको हो । यसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल राष्ट्र बैङ्कको मातहतमा रहेको वित्तीय जानकारी एकाइ (एफआइयु) ले अनुसन्धान गर्न सक्छन् ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस्ता पुँजी हस्तान्तरणसँग सम्बन्धित देशसँग नेपालको पारस्पारिक कानुनी सहायता सन्धि (म्युचुअल लिगल असिस्टेन्स ट्रिटी) नभएका कारण अनुसन्धान प्रभावकारी रूपमा अघि बढाउन नसकिएको जनाएको छ ।

    वित्तीय जानकारी एकाइ (एफआइयु) ले आफ्नो सञ्जाल प्रयोग गरी यस्ता सूचना लिन सक्छ, तर एफआइयुको माध्यमबाट लिइएका सूचनालाई अदालतमा प्रमाणका रूपमा पेस गर्न सकिँदैन । लामो समयदेखि स्वीजरल्यान्डलगायत अन्य मुलुकसँग पारस्परिक कानुनी सहायता सम्झौताको पहल पनि अघि बढ्न सकेको छैन ।

    विश्वभरिका देशबाट स्विस बैङ्कमा सम्पत्ति थुप्रिनु ती खातावालाको सम्बन्धमा बैङ्कले राख्ने गोपनियता कारणले पनि हो । केही वर्षअघि स्विजरल्यान्डमा रहेको एचएसबिसी बैङ्कबाट ‘डेटा लिक’ हुँदा पनि नेपालले खातावालाको सूचना लिन खोजेको थियो, तर स्विजरल्यान्डको केन्द्रीय बैङ्कले पारस्पारिक कानुनी सहायता सन्धि नभएको भन्दै दिन इन्कार गर्यो ।

    सम्पत्ति शुद्धीकरण विभाग मात्र होइन, यी सूचना फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) का सदस्य देशको वित्तीय जानकारी एकाइका प्रमुख सम्मिलित एगमन्ट गु्रपलाई समेत दिन स्विस नेसनल बैङ्कले अस्वीकार गरेको थियो । (इकागज)

    सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.