• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • १०. सर्वदलीय बैठक जारी

जनताको बस्तीतिर बाढी हुल्दियो


  •   शनिबार, असार ०५, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    प्रकृतिका नियमको विरोध कहाँ हुन्छ र
    दलालले बाढीपहिरो थेग्न सक्छ र
    प्रकृतिलाइ दोष छैन बाढीपहिरो उठायो
    दोषजति दलाललाई देश डुबायो

    Advertisement

    प्रकृतिमा नचाहिँदो अत्याचार गर्या छ
    प्रकृतिलाइ हसुलेर भुँडी भर्या छ
    हसुर्नलाइ दलालको शासनले छुट दियो
    जनताको बस्तीतिर बाढी हुल्दियो

    नदी हिँड्ने बाटोकिनार दलालले बेचेका
    यस्तै राकस पसेर त नेपाल सकेका
    हामी देख्छौँ जता पनि प्रकृतिको वितण्डा
    नदी हिँड्ने बाटो छेक्ने दलालको वितण्डा

    आफ्नै बाटो हिँडेको छ के बिरायो नदीले
    जे बिराउनु बिराएको दलाल सत्ताले
    जता पनि बाटो छेक्छ नदी कता जाने हो
    दलालको नियत नै बस्ती खाने हो

    बनाएको उसैदिन पुल किन भत्किन्छन्
    यौटा पाइला पर्न नपाई बाटा भासिन्छन्
    यो देशमा मात्र हो कि अन्त पनि यस्तै हो
    थुक्क कानुन कहाँ मरिस् नालायकै हो

    जनता मर्दा दुख लाग्छ भक्कानिन्छ मुटुले
    पिर पर्छ गरिब बस्ती मारे दलालले
    विकासका योजनालाई आउँछ बाढी बगाउँछ
    मरन्च्याँसे कानुनले कसलाई के गर्छ

    दलालले देश बनाउने दिमागलाई भत्काए
    दिमागलाई भत्काएर बस्ती डुबाए
    मानवको बिचल्लीमा दलाललाई हाँसो छ
    मानवबस्ती गुमाइभन्दा कमाइ चासो छ

    देश धुलो पर्नेलाई कानुन किन छुँदैन
    प्रष्ट भयो भ्रष्टबाट देश बन्दैन
    एक चोटले नभएमा अर्को चोट हान्ने हो
    निरासाले बन्दैन देश हान्दै जाने हो

    नदी पहाड लुट्न छुट दलालले पाएका
    लोकतन्त्र र क्रान्तिकारी मिली खाएका
    कोही भन्छन् प्रकृतिको बाढीलाइ बौलायो
    यो देशको बाढीपहिरो दलाल मौलायो

    जानेका छन् दलालले नदी थुन्नुहुँदैन
    नदी हिँड्ने बाटोकिनार बस्नु हुँदैन
    जसरी होस् जे नै गरी कमाउनुपरेको
    कमाएर नेतालाई पाल्नुपरेको

    नेतालाई नपालेमा कामधन्दा सकिन्छन्
    कमाउन नदी थुन्छन् बस्ती डुबाउँछन्
    प्रकृतिलाइ अति दोहन नेताले र दलालले
    देख्ने छैनन् यो सुन्दरता आउँदा पिढीले

    योजनाका हाकिम मन्त्री, इन्जिनियर, ठेक्दार
    हुती भए यी दलाललाई समा सरकार
    मन्त्री बन्न जो आए नि योजनामा कमिसन
    त्यसैले त साना भलमा सबै बग्या छन्

    यहीँबाट सोझ्याउने हो क्रान्तकारी बाटोलाई
    विद्रोह र वर्गयुद्घ हाम्रो बाटोलाई
    विकासका योजनालाई साना भलले बगाउने
    भाषणमा सरकारले देश बनाउने

    जनताले विकासलाइ भेल बाढीमा फाल्दैन
    ठहर भयो भ्रष्टबाट पक्का बन्दैन
    जनताका बस्तीतिर बाढी पहिरो हुल्दिने
    बाढी हुल्ले दलाललाई सत्ता पाल्दिने

    प्रकृति र जनतालाई रिसदोष नगर्ने
    भएभरका गल्ती गर्न सत्ता सिकाउने
    केटाकेटी खेलका घर पक्का पाको बलियो
    सानो भलमा बग्यो देश साह्रै थलियो

    नदीभित्र बङ्गुर पसे ढुङ्गा माटो कोपर्न
    बाध्य पारे नदीलाई बाटो बिराउन
    विकासको पैसा गयो दलालको खल्तीमा
    जनताको नाश भयो सत्ता गल्तीमा

    जनताको नाश भयो दलालले कमाउँछन्
    यस्ता पाजी सत्ता कहाँ देश बनाउँछन्
    कमाएर विदेश लागे यो वितन्डा मच्चाउने
    लगाएको गरेका हुन् कसले समाउने

    कमिसन नपाएमा फाल्ने पाल्ने के के हो
    कमिसनले जनबस्ती बगाएकै हो
    बाँढी हैन जनबस्ती दलालको वितण्डा
    कैले जालान्जस्तो भयो देशका यी गन्दा

    शासनको मन्त्र भयो कमाउ र कमिसन
    कति खप्ने जनताले बाँडीको डुबान
    जनताको हातमा देश नभएको साँचो हो
    बाँढीपहिरो डुबानको नायक शासन हो

    कमिसनको सञ्जालले बाढीपहिरो चलायो
    विकासका योजनालाई ध्वस्त बनायो
    ध्वस्त पार्न ठेक्का लिने गरिब बस्ती पुरेर
    बन्दैन देश नकच्चरा नेता हेरेर

    कानुन पनि कमिसनको सञ्जालले बनाउने
    जनता मार्ने दलाल र नेता रमाउने
    बन्दाको दिन लान्छ किन बाटो पुल बाढीले
    बाढी हैन भत्काएको कमिसनले

    विकास आउला भनेको त कमिसनले फाल्दियो
    जनताको बस्तीतिर बाढी हुल्दियो
    बारम्बार गरिब बस्ती पुरिने र बगाउने
    कतिन्जेल यो पीडाको शोक सहने

    हरामीका हैरानीमा कतिन्जेल पर्ने हो
    यी हरामी रहेसम्म देश डुब्ने हो

    शनिबार, असार ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.