कैलाली । प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाउने क्रममा कैलालीमा अखिल नेपाल युवक संघका केन्द्रीय सचिव सहित तीन नेता पक्राउ परेका छन्।
Advertisement
राजमो कैलाली जिल्ला सचिव जगतप्रसाद जोशी, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव प्रसान्त थापा र अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खड्क रानालाई प्रहरीले पक्राउ गरेको राजमो महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
अखिल नेपाल युवक संघ, सुदूरपश्चिम प्रदेश समितिले प्रधानमन्त्री ओली सरकारले चालेको असंवैधानिक कदम र उपप्रधानमन्त्री महतोको विखण्डनकारी अभिव्यक्तिका विरुद्ध सोमबार धनगढीस्थित राजपुरमा पुत्ला दहन गरेको हो ।
सचिव थापाले सम्बोधन गर्ने क्रममा कार्यक्रमस्थलबाट नियन्त्रणमा लिइएका उहाँहरु तीनैजनालाई केहीबेरअघि छोडिएको समेत थापाले जानकारी दिनुभयो ।
