धनगढी । कैलालीको टीकापुरस्थित राजनैतिक दलहरूले संसद विघटनको विरोध गरेका छन् ।
२०७८ जेठ १२ गते संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले षड्यन्त्रमूलक तरिकाले दोस्रो पटक जालझेल गरिएकोमा विरोध व्यक्त गरेका हुन् ।
प्रेसवक्तव्यमा अहिलेको आवश्यकता कोभिड महामारीसित जुध्नु भएको बताउँदै उनीहरूले सरकारे गैरजिम्मेवार तथा असंवैधानिक, अलोकतान्त्रिक, अहङ्कारी, स्वेच्छाचारी, निरङ्कुश र प्रतिगामी कदमको विरुद्ध जो जहाँ छौँ, त्यहीबाट विरोध गर्न आग्रह गरेका छन् ।
वक्तव्यमा राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक परियार, नेपाली काङ्ग्रेसका नगर सभापति धनराज उपाध्याय, नेकपा (माओवादी–केन्द्र) का प्रदेश सदस्य खड्कबहादुर शाह, नेकपा (एमाले) का टीकापुर संयोजक सूर्यचन्द्र भट्टराई र जनता–समाजवादी पार्टीका प्रतिनिधि वीरेन्द्र साउँदको हस्ताक्षर रहेको छ ।
वक्तव्यको पूर्ण पाठ यस्तो छ–
