• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

निर्मल लामा र मोहनविक्रमसँग काम गरेको व्यक्ति हुँ, पदको लागि मरिहत्ते गर्दिन : शेरचन


  •   मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
  • काठमाडौं । गण्डकी प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले आफू पदको लागि मरिहत्ते गर्ने मान्छे नभएको बताउनुभएको छ । उहाँले आफूलाई प्रदेश प्रमुखबाट हटाइएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिनुभएको छ ।

    Advertisement

    मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुख पद बाध्यताले स्वीकार गरिएको पद थियो भन्दै त्यसबाट मुक्त गरिदिएकामा राष्ट्रपतिलाई धन्यवाद दिनुभएको हो ।

    ‘पदमुक्त भएकामा अत्यन्तै खुसी छु, त्यसका लागि राष्ट्रपतिज्यूलाई मुरीमुरी धन्यवाद,’ उहाँले भन्नुभयो, ‘पहिला ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो । अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनुभएकोमा पुनः धन्यवाद दिन चाहन्छु, राष्ट्रपतिज्यूलाई ।’

    उहाँले आफू पदका लागि राजनीति गरेको व्यक्ति नभएको बताउनुभयो । कुनै बेला प्रधानमन्त्री र राष्ट्रपतिका लागि प्रस्ताव आउँदा पनि अस्वीकार गरेको शेरचनले बताउनुभयो ।

    ‘म पदका लागि राजनीति गरेको व्यक्ति होइन, पूर्वराष्ट्रपति रामवरण यादवपछि मलाई राष्ट्रपतिका लागि आएको प्रस्ताव अस्वीकार गरें, ज्ञानेन्द्र कालमा प्रधानमन्त्रीका लागि प्रस्ताव आउँदा ठाडै अस्वीकार गरें,’ शेरचेनले भन्नुभयो, ‘म निर्मल लामा, मोहनविक्रम सिंहजस्ता शीर्षस्थ नेताहरूसँग निकट रहेर सक्रिय राजनीतिमा जीवन समर्पित गरेको व्यक्ति हुँ, पदका लागि कुनै बार्गेनिङ गरिनँ ।’

    नेकपा माओवादी केन्द्रका नेता शेरचनलाई सरकारको सिफासिमा सोमबार पदबाट हटाइएको हो। उहाँको स्थानमा एमाले नेतृ सीता पौडेललाई राखिएको छ ।

    यो पनि : गण्डकी प्रदेश प्रमुख शेरचन र सुदूरपश्चिमका पन्त हटाइए, पौडेल र यादव नियुक्त

    नेता शेरचनले आफू सधैं मार्क्सवाद र श्रमजीवी वर्गको इमान्दार योद्धा भएको बताउँदै प्रदेश प्रमुखका रूपमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

    शेरचन तत्कालिन राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चाबीच पार्टी एकता भएर बनेको जनमोर्चा नेपालको अध्यक्ष हुनुहुन्थ्यो । २०५९ सालमा एकीकृत भएको पार्टी चार वर्षपछि फेरि टुक्रिएको थियो ।

    पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिको पूर्णपाठ

    आदरणीय पत्रकार साथीहरू,
    प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ। यसबीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु। कार्यालयका कर्मचारी, सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरूबाट सहयोग र सम्मान पायौं। यहाँहरूप्रति आभार व्यक्त गर्दछौं।

    पदमुक्त भएकोमा अत्यन्तै खुसी छु। मुरी मुरी धन्यवाद छ, राष्ट्रपतिज्यूलाई। पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो। पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारेको पद हो यो। अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद।

    म पदको लागि राजनीति गरेको व्यक्ति होइन। पूर्वराष्ट्रपति डा। रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिका लागि मलाई प्रस्ताव आयो। मैले अस्वीकार गरें। त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क. यज्ञदेव आले, क. निर्मल आले र क. मोहनविक्रम सिंहजस्ता शीर्षस्थ नेताहरूको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरें। पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ।

    सन्त नेता क। मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ। पद र सत्ताका लागि असंवैधानिक पद्धति र अपाच्य दृश्यहरू थोपर्ने पद जोगाउने व्यक्ति म होइन। न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ। म मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान् पहरेदार नागरिक हुँ। श्रमजीवी, सर्वहाराजीवीको इमान्दार साथी हुँ र वर्ग संघर्षमा जीवन समर्पित गर्ने योद्वा कार्यकर्ता पनि हुँ।

    राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतीकरण गर्ने भारतीय विस्तारवाद र साम्राज्यवादविरुद्वको संघर्षहरू पञ्चायत कालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धि सम्झौताविरुद्धको संघर्षहरूमा मैले कुनै प्रकारका षडयन्त्र र गद्दारी गरेको छैन। न त अर्बौं कमिसन र भ्रष्टाचारमा डुबेको छु। बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डीजीलाई पदबाट बर्खास्त गरेको ज्युँदो उदाहरण छ मसँग।

    भ्रष्टाचार र कमिसनहरूको खेलमा दङदङगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोंगी व्यक्ति पनि होइन म, बरु वैदेशिक हस्तक्षेप सन्धि–सम्झौता र भ्रष्टाचारविरुद्धका संघर्षहरूमा ४ वर्षजति जेल यातना र हजारौंपटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ। संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा हात करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटकपटक कैयौं दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस्, कमरेड मदन भण्डारीको सुनियोजित हत्याविरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने १७ दिनपछि होसमा आएको थिएँ।

    आज देश कोभिडबाट आतंकित र आक्रान्त बनेको छ। दैनिक मृत्युदर बढिरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरूको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्ने अहम् बेलामा पार्टी पार्टीबीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ।

    एकपटक सबैले निधार खुम्च्याएर सोचौं– दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तत्कालीन आन्दोलनकारी पार्टीहरूको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो।

    यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको थिएँ। कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिनँ। सरकारले जे प्रस्ताव ल्यायो, त्यसलाई संवैधानिक नियमअनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरूबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानिक नियमबमोजिम नै निर्णयार्थ सम्पादन गरेको थिएँ। यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु। अन्तमा, लोकतन्त्र संघीयता धरापमा नपरोस्, यसका लागि पक्षधरताहरूबीचको सहकार्य र एकतामा अघि बढौं मेरो हार्दिक अपिल छ।

    अमिक शेरचन

    मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.