खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समितीद्वारा सञ्चालित रक्तिम विभाग लुधियाना फोकल प्वाइन्ट नगर भेला भव्य रुपमा सम्पन्न गरिएको छ। भेलाले ११ सदस्यीय रक्तिम विभाग पुनर्गठन गरेको छ ।
समितिको अध्यक्षमा नारायण पोख्रेल, उपाध्यक्ष भगत विक, सचिव अर्जुन कार्की, कोषाध्यक्ष शंकर परियार, र सदस्यहरुमा हिक्मत परियार, नरबहादुर विक, कृष्ण कटुवाल, गोविन्द परियार, सुरज परियार, निर्मला परियार, बलबहादुर हुनुहुन्छ ।
नवनिर्वाचित समितिलाई शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह सुदूरपश्चीमोत्तर क्षत्रीय सदस्य उदैसिंह चन्द, सिटी नगरबाट मानबहादुर आले, पशुपति शर्मा, हिम्मत परियार, नर बहादुर, भगत विक, शंकर परियार, बलबहादुर, फोकल प्वाईट नगर समितिबाट, हरिप्रसाद शर्मा, ईन्द्र केसी, बसन्ती थापा, पूर्ण बगाले मगर, बिनोद विक, महिला विभागकी अस्मिता थापा लगाएत हुनुहुन्थ्यो ।
नारायण पोख्रेलको अध्यक्षतामा तथा अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत हिम्मत परियारले गर्नुभएको थियो ।