पुष्कर भट्ट,महेन्द्रनगर ।
कञ्चनपुरको सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा अखिल (छैठौं) को एकाइ समिति गठन भएको छ ।
Advertisement
अखिल (छैठौं) का महासचिव महेशराज जोशीकोको विशेष उपस्थिति र जिल्ला सचिव पुष्कर भट्टको आतिथ्यतामा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा आज आयोजित भेलाद्वारा सो समिति गठन गरिएको हो ।
पूजा भट्टको अध्यक्षतामा सम्पन्न उक्त भेलाले दीपेन्द्र कार्कीको अध्यक्षतामा एकाइ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा पूजा भट्ट, सचिवमा मिनराज भट्ट, सहसचिवमा नवराज जोशी र कोषाध्यक्ष भागरथी जोशीसहितको २९ जना सदस्यहरू रहनुभएको छ ।