खुम रायामाझी, कुवेत ।
कुवेतमा एक जना नेपालीको निधन भएको छ । रोल्पाको आरखोला–५ का ३४ वर्षीय दिलिपसिंह बुढा मगर (राहदानी नं. १०८००६३७) को मृत्यु भएको हो ।
गत आइतबार ७ मार्च २०२१ का दिन स्वास्थ्यमा केही समस्या देखिएपछि उपचारको लागि अस्पताल लैजाँदै गर्दा बुढा मगरको निधन भएको हो ।
कुवेतस्थित नेपाली राजादूतावासका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले बुढामगरको मृत्युबारे प्रारम्भिक जानकारी आएको बताउनुभयो।
उहाँका अनुसार मृतकको विवरण हेर्दा सन् २०१९ जुन १६ तारिकमा श्रम स्वीकृत्ति लिएको बुझिन्छ । मृतक कुवेतको एक कन्ट्र्याक्टिङ एन्ड क्लिनिङ कम्पनीमा सामान्य कामदारको रुपमा आएको देखिन्छ भने केही समय अघिदेखि कम्पनीबाट भागेर अवैधानिक रुपमा काम गरिरहेको खुल्न आएको छ।
मृतकको परिवार सँग सम्पर्क भइसकेको र दुतावासले आबश्यक कानुनी प्रकृिया सुरु गरिसकेको सिलवालले जानकारी दिनुभयो ।
मृतकको घरमा श्रीमती र तीन छोराहरु रहेका छन् ।