• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ओली र प्रचण्ड दुवै समूहले एक अर्कालाई लगाए सांसद खरिदको आरोप


  •   शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएसँगै राजनीतिको केन्द्र अब संसद बनेको छ । सरकारले आगामी फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

    Advertisement

    फागुन २३ देखि सुरु हुने बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविस्वासको प्रस्ताव ल्याएर हटाउने रणनीतिमा नेकपा प्रचण्ड–नेपाल समूह छ भने अविस्वासको प्रस्ताव फेल गरी प्रचण्ड–नेपाललाई सत्तामा आउनै नदिने रणनीतिमा ओली समूह छ । त्यसका लागि दुवै पक्षले संसदीय जोड घटाउ गरिरहेका छन् ।

    संसदको बैठकअघि प्रचण्ड–नेपाल समूह प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउने प्रयास गर्ने बताएको छ । त्यसको लागि संसदीय दलमा बहुमत सांसदको आवश्यकता पर्छ । सामान्यतया अहिले प्रचण्ड नेपाल समूहसँग संसदीय दलमका बहमत भएपनि नेता कार्यकर्ता यताउता गरिरहेको अवस्थामा आफ्नै सांसदहरुप्रति उनीहरुले पुरै भरोसा गर्न सकिरहेका छैनन् ।

    ओली र प्रचण्ड नेपाल समूहमा सांसदहरुको संख्या थोरैमात्र कमवेशी छ । अहिले दुवै पक्ष एक अर्काले आफ्ना समूहका सांसद किन्न थालेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिन थालेका छन् ।

    कुन पक्षमा कति सांसद ?
    पुनर्स्थापित प्रतिनिधि सभामा नेकपाका १ सय ७४ सांसद थिए । जसमा अग्नि सापकोटा सभामुख बनेका र सांसद सानु शिवाको निधन भएपछि हाल प्रतिनिधि सभामा मतदान गर्ने नेकपा सांसदको संख्या १ सय ७२ कायम छ । जसअनुसार नेकपाको संसदीय दलमा बहुमत पुर्‍याउनका लागि ८७ सांसदको समर्थन चाहिन्छ । सभामुखले कुनै विषयमा निर्णायक मत हाल्नुपर्ने अवस्था आइपरे मात्र मतदान गर्ने अभ्यास छ ।

    प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनपछि गरेको संसदीय दलको बैठकमा ९३ सांसद उपस्थित रहेको जनाएको थियो । त्यसमध्ये यसबीचमा गौरीशंकर चौधरी, प्रभु साह, शेरबहादुर तामाङ, भैरबबहादुर सिंहलगायतका सांसद ओलीको पक्षमा लागेका छन् । ओली समूहमा रहेकी समिना हुसैन प्रचण्ड–नेपाल समूहमा खुलेकी छिन्।

    यसरी ओली समूहमा हालसम्म ८२ जना सांसद भएपनि दुवै पक्षका गरी करिब २० जना सांसदहरु ‘यताउता’ हुनसक्ने आकलन उनीहरुले गरेका छन् । त्यसले गर्दा प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाउन ढुक्क हुनसक्ने अवस्थामा प्रचण्ड–नेपाल समूह छैन भने ओली पनि ढुक्कसँग अविस्वासको प्रस्ताव सामना गर्नसक्ने अवस्थामा छैनन् । यस्तो अवस्थामा एक अर्का समूहमा रहेका सांसद ‘चोर्न वा खरिद गर्नुपर्ने’ अवश्यकता देखिन्छ ।

    सांसद किनबेच हुने खतरा बढ्यो : मन्त्री ज्ञवाली
    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताउनुभएको छ ।

    नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरुको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिदबिक्री हुने थलो बन्ने खतरा बढेको बताउनुभयो ।

    ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं। हामी विधिको साशनमा विश्वास गर्ने शक्तिहरु हौं। हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मञ्जुर छ’, उहाँले भन्नुभयो, ‘हामी त्यसलाई कार्यान्वयन गर्छौं। तर, कतै फेरि संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइनरु कतै सांसद फेरि दलहरुको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन ?’

    ओली समूहले सांसद खरिद गर्न थाल्यो : श्रेष्ठ
    यता, प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद खरिद गर्नका लागि ओली समूहले सुटकेसमा पैसा बोकेर हिँड्न थालेको आरोप लगाउनुभएको छ । शनिबार आफ्नै निवासमा गृहजिल्ला गोरखाका अगुवा नेता कार्यकर्ताहरूसँगको छलफलमा प्रवक्ता श्रेष्ठले सरकार नछाड्नका लागि ओली समूहले सांसद खरिद गर्न थालेको भन्दै ओलीलाई पदबाट हटाएरै छाड्ने दावी गर्नुभएको छ ।

    ‘सांसद खरिद गर्न सुटकेसमा पैसा बोकेर हिड्न थालेका खबरहरु आइरहेका छन्, सरकार जोगाउनका लागि उनीहरु जे पनि गर्न सक्छन्’, उहाँले भननुभयो, ‘हामी सबै सचेत बन्नुपर्छ।’

    उहाँले संसद पुनरस्थापनापछि पनि ओली असंवैधानिक बाटोबाट हिँडिरहेको भन्दै कांग्रेस र जसपा लगायतका दलहरु पनि ओलीलाई साथ नदिने बताउनुभयो ।

    ‘हामी ओलीको जस्तोसुकै कदमको पनि प्रतिकार गर्न तयार छौँ’, श्रेष्ठले भन्नुभयो, ‘मलाई लाग्छ कांग्रेस र जसपाले पनि ओलीलाई साथ दिँदैनन् ।’

     

    शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    राजमो रुपन्देहीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.