• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओलीले पार्टीबाट फुटेकालाई चुनौति दिन राज्यकोष रित्याएर शक्ति प्रदर्शन गर्दैछन् : केसी


  •   सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गर्नुपर्नेमा पुनः जोड दिनुभएको छ ।

    Advertisement

    सोमबार वक्तव्य प्रकाशित गरी अध्यक्ष केसीले आफूले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति ओलीलाई हिनताबोध नभएको बरु आफ्नो गलत कदमलाई सही ठहर्याउन र पार्टीबाट फुटेकालाई चुनौती दिन राज्यकोषको दुरुपयोग गरिरहेको आरोप लगाउनुभएको छ ।

    प्रतिनिधि सभा विघटनविरुद्ध राजमोले माघ महिनाभरी सञ्चालन गरेको संघर्षका कार्यक्रमलाई फागुन महिनामा पनि निरन्तरता दिने निर्णय गरिएको अध्यक्ष केसीले स्पष्ट पार्नुभएको छ ।

    वक्तव्यमा भनिएको छ– ‘राष्ट्रिय जनमोर्चाले ओलीले संसद विघटन गरेपछि तत्कालै त्यसको विरोध गरेको थियो । त्यसपछि जिल्ला र स्थानीय तहमा संसद विघटनको विरोध र विघटित संसदको पुनस्र्थापनाको लागि संघर्ष गर्दै आएको छ । माघ महिनाभर देशका विभिन्न ठाउँमा त्यसप्रकारका संघर्षका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएका छन् । हामीले ती कार्यक्रमहरु सफल पार्ने पार्टीका विभिन्न समिति, पार्टीका साथीहरु र सहभागी आम जनसमुदायहरुलाई धन्यवाद दिन चाहन्छौँ ।

    आज हामीले मात्र होइन, राजावादी बाहेक देशका सबै राजनीतिक दल, संगठन, संघ, संस्था, पत्रकार, नागरिक समाज आदि सबैतिरबाट ओलीको संसद विघटन र प्रतिगमनको खतराको विरोधमा संघर्ष भइरहेको छ । तर ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीति नियुक्तिगर्दै गैरहेका छन् ।

    उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन । झन् उनले आफ्नो कदमलाई सही ठह-याउन र आफ्नो पार्टीबाट फुटेकाहरुलाई चुनौति दिन उनकै भाषामा शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेका छन् । सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक र स्वायत्त निकायहरुलाई अनुचित तरिकाले प्रभाव पार्न प्रयत्न गरेका छन् ।

    केही दिन अघि निर्वाचन आयोगमा राज्यको कार्यकारी प्रमुख आफै गएर आयोगलाई दबाब दिएका छन् । त्यसकारण आन्दोलनलाई अझ ब्यापक र घनिभूत पार्दै जानुपर्ने आवश्यकता भएको छ । अतः फागुन महिनाभर पनि जिल्ला र स्थानीय तहमा विरोधसभा, कोण सभा, जुलुस, गोष्ठि, अन्तरक्रिया, जनभेटघाट इत्यादि प्रकारका विरोध कार्यक्रम गर्ने निर्णय भएको छ ।

    पार्टीका सबै तहका समितिहरुले त्यसप्रकारका कार्यक्रमहरुको आयोजना गर्न र तिनलाई सफल पार्न आम जनतासमेतमा हार्दिक अनुरोध गर्दछौँ । त्यसको साथै आन्दोलनलाई अझ ब्यापक, एकीकृत र सशक्त पार्नको लागि हामीले राजावादी बाहेक नेपाली कांग्रेस, नेकपा ‘प्रचण्ड माधव पक्ष’, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दल, विभिन्न संगठन, संस्था, नागरिक समाज, पत्रकार लगायतका जनतप्काहरुसँग मिलेर संयुक्त कार्यक्रम गर्न जोड दिनु पर्छ । त्यसको लागि पनि हाम्रो प्रयास हुनु पर्छ र हुनेछ ।’

    सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.