• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतमा मजदुरी गरिरहेका नेपाली दम्पतीले दुर्घटनामा गुमाए एक्लो सन्तान


  •   बुधबार, माघ २८, २०७७ मा प्रकाशित
  • खिमबहादुर विक, हैदरवाद ।
    भारतको हैदरावादमा भएको सवारी दुर्घटनामा परी एक नेपाली युवक सहित दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका पुरानो बटौली, फुलबारीका प्रेम मल्ल र मिनाका एक मात्र छोरा १९ वर्षीय विकास मल्लको यही फेब्रुअरी ७ तारिखका दिन सादनगरमा कारले ठक्कर दिँदा ज्यान गएको हो ।

    Advertisement

    विकास र उनका भारतीय साथी रमेश सवार मोटरसाइकललाई कारले ठक्कर दिएपछि विकासको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका रमेशको उसमानिया अस्पतालमा अर्को दिन ज्यान गएको हो । घटनास्थल हैदरावादबाट करिब ७० किलोमिटर टाढा पर्दछ ।

    घटनाको खबर पाउनासाथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तीका लागि पहल गरेको छ ।

    मूल प्रवाहका केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव खिमबहादुर विक, क्षेत्रीय सदस्य रतनसिंह विकलगायत नेताहरु घटनास्थल सादनगर पुग्नुभएको थियो । त्यस क्रममा मूल प्रवाहको अगुवाईमा स्थानीयले दोषीलाई कारबाहीको माग सहित प्रदर्शनसमेत गरेका छन् ।

    प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरेको जानकारी दिएको छ भने कार मालिकसँग भएको फोन सम्पर्कका क्रममा उनले आफू बाहिर रहेको जानकारी दिँदै घटनास्थलमा आएर उचित क्षतिपूर्ती दिने सहमति गरेपछि मृतक युवकहरुको दाहसंस्कार गरिएको छ ।

    पुरानो घर बर्दियाको राजापुर भएपनि हाल बुटवल बस्दै आएका मृतकका बुबा प्रेम मल्ल र आमा मिना दुवै जना भारतमा सामान्य मजदुरी गर्नुहुन्छ । मजदुरी गर्न भारत आएका नेपाली दम्पतीले एक्लो सन्तान गुमाउनुपर्दाको पीडाप्रति मूल प्रवाह नेपाली एकता समाजले गहिरो दुःख प्रकट गर्दै आफन्तजनमा समवेदना व्यक्त गरेको छ ।

    घटनाको थप अनुसन्धानका लागि स्थानीय प्रशासनलाई सहयोग गर्नुका साथै पीडितलाई क्षतिपुर्तीका लागि निरन्तर प्रयास गर्ने मूल प्रवाहले जनाएको छ ।

    बुधबार, माघ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ४.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ५.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ६.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ७.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ८.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.