खलङ्गा । प्युठानको स्वर्गद्वारी–८ दहचौरमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
राजमोका नगर सदस्य घन बहादुर जिएम तथा वडाइन्चार्ज शिव पन्थीको विशेष उपस्थितिमा २०७७ माघ १८ गतेका दिन आयोजित भेलाले सो समिति गठन गरेको हो ।
कर्णप्रसाद अधिकारीको अध्यक्षता तथा डोमा अधिकारीको सञ्चालनबाट अघि बढेको सो कार्यक्रममा हिराप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा तीर्थमणि पोखरेल, रुद्र अधिकारी, विष्णु महतारा र डिलबहादुर पुनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलाले १५/१५ सदस्यीय रहेको दुई वटा टोल समिति गठन गरेको छ ।
जसअनुसार साविक वडा नम्ं. ४ को समितिमा अध्यक्ष कृष्णा अधिकारी, उपाध्यक्ष नोखबहादुर खत्री, सचिव (नमी जैसी, सहसचिव भोजराज खड़का, कोषध्यक्षमा बसन्ती पौडेल र सदस्यहरूमा हुकुम जिसी, मंजुसुनार, कमानसिंह सुनार, पार्वती पौडेल, बसन्ती अधिकारी र खुमा अधिकारी रहनुभएको छ ।
त्यसैगरी वैकल्पिक सदस्यहरूमा बाटुली अधिकारी, मीना अधिकारी र शिवलाल सुनार रहनुभएको छ ।
त्यसै गरी सावक वडा नं. ५ र ६ सम्मिलित राजमो अर्को टोल समितिमा अध्यक्ष कर्णप्रसाद अधिकारी, उपाध्यक्ष टिकाराम केसी, सचिव हिमा शर्मा, सहसचिव इन्द्रमणि पोखरेल, कोषाध्यक्ष भगवति शर्मा र सदस्यहरूमा निमबहादुर केसी, सालिकराम केसी, खिमप्रसाद पौडेल, घनबहादुर जिसी, अस्मिता शर्मा र गिरबहादुर थापा रहनुभएको छ भने वैकल्पिक सदस्यहरूमा बुद्धि टाकुरे, रिखीराम टाकुरे, नारायणी केसी र तुलसी विष्ट रहनुभएको छ ।