धनगढी । संसद विघटनको विरुद्धमा कैलाली जिल्लाव्यापी विरोध कार्यक्रमअन्तर्गत राष्ट्रिय जनमोर्चा कैलालीले २०७७ माघ १२ गते दिउँसो २ बजे गोदावरी नगरपालिका मालाखेतीको चौकिडाडामा कोणसभा सप्पन्न भयो ।
कोणसभालाई राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा सुदूर पश्चिम इन्चार्ज मनोज भट्टले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उहाँले केपी ओली सरकारले गरेको प्रतिनिधि सभा विघटन गर्ने कदमले गणतन्त्रमाथि आँच पुग्ने बताउनुभयो । गणतन्त्र संस्थागत नहुँदै गरिएको यस्तो कदमको विरुद्ध आवाज उठाउन उहाँले नेपाली जनतासित आग्रह गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रसान्त थापा र अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्टले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सचिव जयबहादुर विकले गर्नुभएको थियो ।