खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितीद्वारा सञ्चालित महिला नगर विभागकी सदस्य बिष्णा पाण्डेको निधन भएको छ ।
दाङको लमही नगरपालिका वार्ड नम्बर १ कौडिया निवासी ३३ वर्षीया पाण्डे लामो समयदेखि मूल प्रवाहको सदस्य तथा गत ३ वर्षदेखि महिला नगरको सदस्य हुनुहुन्थ्यो ।
उहाँ विगत १५ वर्षदेखि सपरिवार चण्डिगढमा बस्दै आउनुभएको थियो । विष्ण पाण्डेका श्रीमान मूल प्रवाहका कार्यकर्ता पदम पाण्डे तथा एक छोरा र एक छोरी हुनुहुन्छ ।
बुधबार बेलुका अचानक झाडावान्ता लागेर अस्पतालमा पुराएपछि उपचारकै क्रममा उहाँको दुखद निधन भएको मूल प्रवाहले जनाएको छ ।
विष्णाको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिती तथा महिला नगर विभाग चंडिगढले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।