वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतले वीरेन्द्रचोकमा विरोधसभा सम्पन्न गरेको छ ।
प्रतिनिधि सभाको पुनस्र्थापनाका साथै गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरोधमा सो सभा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासीले प्रतिनिधि सभा विघटन हुँदा प्रतिगामी खतरा बढेको बताउनुभयो । जननिर्वाचित प्रतिनिधि सभा विघटन गर्ने कार्यले प्रतिगामी खतरा बढ्ने उहाँको तर्क थियो । सो अवसरमा राजमो नेता प्यासीले तत्कालै प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने माग गर्नुभयो ।
सो अवसरमा नेकपा (मसाल) सुर्खेतका प्रवक्ता मोहन थापा र राजमो सुर्खेतका जिल्लाध्यक्ष गोविन्दप्रसाद सुवेदीले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो सुर्खेतका सचिव लालबहादुर नेपालीले गर्नुभएको थियो ।
कार्यक्रमभन्दापूर्व मङ्गलगढी चोकबाट जुलुस सुरु भएर नगर परिक्रमा गरी वीरेन्द्रचोकमा सभामा परिणत भएको थियो ।