खिमराज चालिसे, चंडिगढ ।
स्तन क्यानसरबाट पीडित गुल्मीको रेसुङ्गा नगरपालिका–६ अर्खले, ठुला चेक्मी निवासी घनश्याम मरासिनीकी पत्नी जुना मरासीनीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । भारतको लुधियानमा कार्यरत घनश्यामकी पत्नी जुना शारीरिक रुपमासमेत विकलांग हुनुहुन्छ ।
बिगत चार महिनादेखि स्तन क्यासर भएकी उहाँलाई मूल प्रवाह लुधियाना फोकलपाइन्ट नगरसमितिले २७ हजार ४४० (नेरु) सहयोग गरेको हो ।
नगर समितिका सहसचिव धनबहादुर घर्तीमगर, सदस्य लोकनाथ शर्मा र दुर्गा कलोनी एरिया समितिका सन्तोष बरम्लेको सक्रियतामा संकलित रकम घनश्याम मरासिनीलाई नगर सचिव अर्जुन कार्कीले हस्तान्तरण गर्नुभयो ।
साना बच्चाहरु सहितको सो परिवारलाइ थप सक्दो सहयोग गर्न मूल प्रवाहले आग्रहसमेत गरेको छ । सहयोगका लागि घनश्याम मरासिनीको मोबाइल नं ००९१–८९६८७४१८७८मा सम्पर्क गर्न वा घनश्याम मरासिनीको नाममा रहेको बैंक अफ बरोडा समराला रोड लुधियाना ब्रान्च खाता नं १९६९८१०००१६०५२ ‘आईएफएससी बीएरबीओएसएएमएलयूडी’ मा रकम जम्मा गर्न सकिन्छ ।

