काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ४१४ को पीसीआर परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरको संक्रमण पुष्टि भएको हो ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण निधन हुनेको संख्या १ हजार ६७४ पुगेको छ ।

