काठमाडौँ । अमेरिकामा एकैदिन तीन हजार ५८ जनाको मृत्यु भएको छ । एकैदिनको तथ्याङ्कमा यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो ।
Advertisement
वल्र्डोमिटर्सका अनुसार यो सङ्ख्यासँगै त्यहाँ कुल मृतकको सङ्ख्या दुई लाख ९६ हजार ४८१ पुगेको छ ।
पछिल्लो चौबिस घण्टामा दुई लाख ११ हजार ७०९ जना सङ्क्रमित थपिएसँगै त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५८ लाख पाँच हजार ५५ पुगेको छ ।
हालसम्म अमेरिकामा ९१ लाख ९९ हजार २९ जना सङ्क्रमित निको भएर घर फर्किसकेको छन् । ६३ लाख ९ हजार ५४५ जना सक्रिय सङ्क्रमित रहेकोमा गम्भीर बिरामीको सङ्ख्या २७ हजार आठ रहेको छ ।
हिजो त्यहाँ दुई लाख ९ हजार ३४६ नयाँ सङ्क्रमित र २९ सय ४९ जना मृतक थपिएका थिए भने