काठमाडौँ । पछिल्लो २४ घण्टामा छ हजार २८६ जनाको कोरोना परीक्षण हुँदा एक हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३८६ महिला र ६७० पुरुषसहित एक हजार ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस अवधिमा १४ सय ८३ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, आज १४ जनाको मृत्युसमेत भएको छ ।
यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ४४ हजार ४३३ पुगेको छ भने निको हुनेको सङ्ख्या दुई लाख ३० हजार ५३७ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २४५ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म १६ सय ५१ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म देशभर कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको छ भने अब सक्रिय सङ्क्रमित ५.०१ प्रतिशत मात्रै रहेका छन् ।
त्यस्तै ०.८६ प्रतिशतको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।