काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी अनुसार शुक्रबार देशभरमा थप १ हजार २७२ संक्रमण पुष्टि हो ।
Advertisement
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार ५७५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको छ ।