काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले मंगलबार दिएको जानकारी अनुसार देशभरमा थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Advertisement
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७३ निको भएका मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५२९ पुगेको छ ।