काठमाडौँ । कुनै समयमा कोरोना सङ्क्रमण तीव्र देखिएको युरोपियन देश स्पेनमा हालको स्थिति स्थिर देखिएको छ । त्यहाँ गत दुई दिनयता सङ्क्रमित र मृतक थपिएका छैनन् ।
Advertisement
वल्र्डोमिटर्सका अनुसार हालसम्म स्पेनमा कुल सङ्क्रमित १६ लाख ४६ हजार १९२ पुगेको छ भने मृतकको सङ्ख्या ४४ हजार ६६८ पुगेको छ । हालसम्म त्यहाँ २७ सय ७७ जना गम्भीर बिरामी रहेका छन् ।
त्यहाँ नोभेम्बर २८ गते बिहानसम्मको चौबिस घण्टामा ८३ सय ४८ जना नयाँ सङ्क्रमित र २९४ जना मृतक थपिएका थिए ।
विश्व तथ्याङ्कमा स्पेन अहिले छैटौँ स्थानमा रहेको छ ।