काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
Advertisement
यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । नेपालमा आज सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ।
त्यस्तै मन्त्रलयका अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार ११८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३४९ जना संक्रमणमुक्त भएका हुन् ।

