काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले अक्टोबर क्रान्तिले विश्व साहित्यमा पारेको प्रभावबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०७७ कार्तिक २२ गते तदनुसार नोभेम्बर ७, २०२० का दिन भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री तथा वरिष्ठ प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित “विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव” विषयक अवधारणा पत्र अन्पाका कोषाध्यक्ष प्रकाश थापामगरले वाचन गर्नुभएको थियो । तत्पश्चात् वक्ताहरूले मन्तव्य राख्ने क्रम अघि बढेको थियो ।
अवधारणा पत्रमाथि विषयकेन्द्री मन्तव्य राख्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले जनतालाई जागृत गराएर नै सर्वहारा क्रान्ति सम्पन्न गर्न सकिने बताउँदै त्यसका लागि प्रगतिशील÷प्रगतिवादी साहित्यको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले म्याक्सिम गोर्कीद्वारा लिखित “आमा” उपन्यासको प्रसङ्ग उठाउँदै भन्नुभयो– ‘त्यो उपन्यासले अक्टोबर क्रान्तिको पक्षमा महत्वपूर्ण भूमिका खेलेको थियो ।’ उहाँले “आमा” उपन्यासबारे लेनिनको स्वीकारोक्तिको प्रसङ्ग उल्लेख गर्दै यस्तो निस्कर्ष निकाल्नुभएको थियो ।
विशिष्ट अतिथि नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेको र त्यसको फलस्वरूप कम्युनिस्ट मूल्यमान्यता स्खलित हुँदै गइरहेका बेला यस खालका कार्यक्रमको औचित्य प्रष्ट रहेको बताउनुभयो । उहाँले सन् १९१७ को अक्टोबर क्रान्तिबाट विश्वमा नयाँ युग सुरु भएको बताउनुभयो ।
अर्का विशिष्ट अतिथि प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीले विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव भनेकै माक्र्सवाद–लेनिनवादको प्रभाव भएको दावी गर्नुभयो । “कला कलाका लागि” वा “राजनीति र कलाको माझमा कुनै सम्बन्ध छैन” भन्ने भ्रमलाई अक्टोबर क्रान्तिपछिको साहित्यले गलत सावित गरिदिएको उहाँको तर्क थियो ।
जनसांस्कृतिक महासङ्घका सचिवालय सदस्य आरसी न्यौपानेले अहिलेसम्म पनि माक्र्सवाद–लेनिनवाद नै सर्वहारा क्रान्तिको सही सिद्धान्त भएको बताउँदै यसलाई गलत बताएर अर्को सही विचार अहिलेसम्म अस्तित्वमा नआएको बताउनुभयो ।
प्रगतिशील साहित्य तथा कला समाज नेपालका संयोजक शालिकराम तिमल्सिनाले अहिलेसम्म पनि विश्व साहित्यले अक्टोबर क्रान्तिको सकारात्मक प्रभाव ग्रहण गरिरहेको बताउनुभयो ।
अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाको लिखित मन्तव्य वाचन गरिएको सो कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मी, रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाही, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का का.वा. अध्यक्ष लोकराज भुसाल र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अन्पाका अध्यक्ष डा. गोविन्द आचार्यको अध्यक्षता तथा समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा कोषाध्यक्ष प्रकाश थापामगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गिरीप्रसाद बुढाले “सच्चा वाम बनेर”, र मीन रानाले “बिहानीको सन्देश” शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
यस्तो छ, अवधारणा पत्र
विश्व साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव