• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

२७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

सुनचाँदीको मूल्य घट्यो

सङ्कटमा मादल बनाउने पेसा

करिब १२ सय जनाको पारिवारिक पुनर्मिलन

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ४. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ५. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • १०. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार


  •   शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
  • वासिङ्टन, २० कात्तिक । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्प प्रशासन छाड्ने तयारी गरिरहेको भन्ने समाचार अस्वीकार गर्नुभएको छ । उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्त्यसम्मै प्रशासनमा रहेर काम गर्ने आफ्नो योजना रहेको स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    द टाइम्सलाई बिहीबार दिएको अन्तर्वार्तामा रुबियोले ट्रम्प प्रशासन छाड्नेबारे सार्वजनिक भएका समाचारको स्रोतप्रति आश्चर्य व्यक्त गर्नुभयो । यसअघि ब्लुमबर्ग न्युजले उहाँले पदबाट हट्ने विषयमा ह्वाइट हाउसका अधिकारीहरूसँग छलफल गरेको र पदमै रहन आग्रह गरिएको समाचार प्रकाशित गरेको थियो ।

    राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहनुभएका रुबियो सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवारका रूपमा हेरिनुभएको छ । तर उहाँले आफ्नो राजनीतिक भविष्यबारे टिप्पणी गर्न अस्वीकार गर्दै सन् २०२८ को विषयमा अहिले कुरा नगर्ने बताउनुभयो ।

    अमेरिकी विदेश मन्त्रालयले पनि रुबियोले पद छाड्न लागेको समाचारको खण्डन गरेको छ । मन्त्रालयका सहायक सचिव डिलन जोनसनले ब्लुमबर्गको समाचारलाई पूर्णतः काल्पनिक भन्नुभएको छ । रुबियोले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारी दिने योजना बनाएको भन्ने अर्को समाचारलाई पनि उहाँले आधारहीन बताउनुभएको छ ।

    मध्यावधि निर्वाचनअघि रुबियो ट्रम्पसँग चुनावी अभियानमा सहभागी हुनुभएको थियो । उहाँले चुनावी सभामा उत्साहित समर्थकलाई सम्बोधनसमेत गर्नुभएको थियो । रुबियोले यसअघि आफू राष्ट्रपतिको उम्मेदवार बनेमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने बताउनुभएको थियो । भान्सलाई पनि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ ।

    शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण
    सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
    इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन
    पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
    यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु
    सुनचाँदीको मूल्य घट्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ४.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ५.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      २७ परिवारलाई जग्गाधनी पुर्जा वितरण

    • २.
      पद छाड्ने खबर रुबियोद्वारा अस्वीकार

    • ३.
      सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

    • ४.
      इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

    • ५.
      पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

    • ६.
      यात्रुको ब्यागेज पारदर्शी बनाउन त्रिभुवन विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

    • ७.
      सुनचाँदीको मूल्य घट्यो

    • ८.
      सङ्कटमा मादल बनाउने पेसा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.