काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार नौ सय ३३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४४६ पीसीआर परीक्षण गरिएकोमा २९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
Advertisement
यस्तै, थप २४ जनाको मृत्यु भएको छ । यो सँगै आजसम्म मृतकको संख्या ९८४ पुगेको छ ।
गत २४ घण्टामा तीन हजार १५० संक्रमित निको भएका छन् । नेपालमा आजसम्म ३७ हजार ५२४ सक्रिय संक्रमित रहेका छन् ।
उपत्यकामा थप १६ सय ३० जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६३० कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ७०२ महिला र ९२८ पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।