प्रदेशीलाई धुरु धुरु, रुवाएर गयो दसैँ
बलिन्धरा आँशु हाम्रो, चुहाएर गयो दसैँ ।
Advertisement
काम गर्दै टोलाएर घर गाउँ घुमिरहँदा,
मुदीरको गालि पनि, खुवाएर गयो दसैँ ।
यो दसैँमा खरको छानो, टिन लाउने बाको धोको,
सपना सबै हाम्रा बाको, तुहाएर गयो दसैँ ।
टिका जमरा लाउने दिन, बेल्चा टिफिन बोक्दै
पसिनाले शरीर सारा, नुहाएर गयो दसैँ ।
बेसुरमा काम गर्दै, दिन भरिको थकान सँगै ,
रात भरिको चिसो एसी, खुवाएर गयो दसैँ ।
खुमराज पौडेल
(युएई नेपाली एकता समाज केन्द्रीय सदस्य)