• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त

फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ

इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण

भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन

इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत

हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम

एकतिहाइ बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ४. चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

  • ५. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ६. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • ७. १०३ वर्षीय डा. गौरीशंकर– पहिले बडादसैँमा दुर्गापूजा हुँदैनथ्यो

  • ८. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • ९. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • १०. विष्णुकुमारी तिवारीको स्मृतिमा राजमोको श्रद्धाञ्जली सभा

छयालिसौँ बृहत् नेपाल भाषा साहित्य सम्मेलन चल्दै (फोटासहित)


  •   शनिबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
  • भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुईदिने छयालिसौँ नेपालभाषा साहित्य त:मुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या (कार्यक्रम) सुरु भएको छ ।

    Advertisement

    ‘जनता म्वा:सा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष हुँदै आएको त:मुंज्या यसवर्ष भक्तपुर नगरपालिका–७ गोमारीको यातामा सुरु भएको हो ।

    सम्मेलनको सांस्कृतिक गुरु एवम् ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले उदघाटन गरे । बिहान ११ बजेदेखि सुरु भएको सम्मेलन राति ११ बजेसम्म निरन्तर सञ्चालन हुने जनाइएको छ । दुई दिन दुई रात चल्ने यो नेपालकै ऐतिहासिक साहित्य सम्मेलन भएको आयोजकको दाबी छ ।

    सम्मेलनमा आमन्त्रित तथा अतिथि साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए । भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफलसमेत हुने कार्यक्रम छ । साहित्यिक गतिविधि र सांस्कृतिक प्रस्तुतिलाई छुट्टाछुट्टै चरणमा सञ्चालन गर्ने परम्पराअनुसार दिउँसो साहित्यिक कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रम गरिएको छ । यस वर्ष पनि समसामयिक राजनीतिक तथा सामाजिक विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत अभिव्यक्त गरिएकोे आयोजकले जनाएको छ ।

    पहिलो चरणमा साहित्य वाचनका साथै विभिन्न विज्ञहरूले मन्तव्य व्यक्त गरेका थिए । विभिन्न राजनीतिज्ञ, कुटनीतिज्ञ, वकिल, लेखक, पत्रकार, साहित्कार, जलश्रोत विज्ञ, कानुनविद्लगायतले आआफनो विषयबारे चर्चा गरेका थिए ।

    सो क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोतविद् रतन भण्डारी, डा धनरत्न शाक्य, डा सरोज धिताल, डा तारालाल श्रेष्ठ, हरिहर तिमल्सिना, अभय श्रेष्ठ, कृष्णकुमार वैद्यलगायतका दर्जनौँ विज्ञले मन्तव्य व्यक्त गरेका थिए ।

    पहिलो चरणको बिचबिचमा गीतसङ्गीतमार्फत् साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

    सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएको थियो । साहित्य प्रतियोगितात्मक साथै अतिथि साहित्य पनि वाचन गरिएको थियो, साथै साँझदेखि रातिसम्म प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीतलगायत सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

    नेपाल संवत् ११०० अर्थात् २०३७ सालदेखि निरन्तर आयोजना हुँदै आएको त:मुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवद्र्धनमा योगदान पुर्‍याउँदै आएको छ । चार दशकभन्दा लामो इतिहास बोकेको सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको छ ।

    प्रत्येक वर्ष भक्तपुरका फरकफरक वडा तथा टोलमा आयोजना हुँदै आएको त:मुंज्यामा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिइन्छ । प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने आयोजकको उद्देश्य छ ।

    दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय तथा भाषासंस्कृतिप्रेमीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी गराए ।

    कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो । समानित हुनेहरूमा कवि दामोदर सुवाल, दयालक्ष्मी जोशी, २०८२ सालको मदन पुरस्कार मुकुण्डो नामक पुस्तकका लेखक विणा जोशीलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा त:मुंज्या नामक स्मारिका विमोचन गरिएको थियो । पहिलो दिनको सभापति इभा कङ्साकार रहेका थिए । दोस्रो दिन शनिबारको सभापति बसन्त मर्हजन रहने जनाइएको छ ।

    शनिबार, कार्तिक ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम
    एकतिहाइ बढी सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला
    राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : बिझुक्छे
    एनपिएल जित्नेले डेढ करोड पाउने
    देशभर १३ बिपद्का घटना, एकको मृत्यु, आठ घाइते
    बेनीघाट–तातोपानी सडक खुल्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ४.
      चार माग पूरा गर्न डा. गोविन्द केसीको सरकारलाई एक हप्ते अल्टिमेटम

    • ५.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    • ६.
      प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

    भर्खरै

    • १.
      बोएलोका कारण उत्तरी बेलायतको जनजीवन अस्तव्यस्त

    • २.
      फ्रान्समा एक हजार बढी प्रदर्शनकारी पक्राउ

    • ३.
      इरानद्वारा इराकका विपक्षी शिविरमा ड्रोन आक्रमण

    • ४.
      भारतको बाँध परियोजना विरुद्ध प्रदर्शन

    • ५.
      इयूसँगको सम्बन्ध सुधार्ने प्रयासमा बेलायत

    • ६.
      हुथी चेतावनी बाबजुद रियाद विमानस्थल सुरु

    • ७.
      युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको आरोप

    • ८.
      ट्राफिक प्रहरीद्वारा पाँच हजार बढी जनचेतनामूलक कार्यक्रम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.