• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली

बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

राजमो नेता जयबहादुर मल्लको निधन

बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते

लोकप्रिय समाचार

  • १. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • २. मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

  • ३. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ६. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • ७. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

  • ८. गणतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको छ : कावा महासचिव न्यौँपाने

  • ९. कपिलवस्तुको शिवराज–४ मा राजमो भेला, अध्यक्षमा हुसेन मुल्ला चयन

  • १०. प्रवासमा रहेका नेपालीका समस्या समाधानका लागि देशको व्यवस्था परिवर्तन आवश्यक छ : शर्मा

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड


  •   मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
  • राँझा (बाँके) । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किनेहरुको भीड लागेको छ ।

    Advertisement

    दसैँ पर्व नजिकिँदै गर्दा घर फर्किने नेपालीहरुको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले जानकारी दिनुभयो । पछिल्लो पाँच दिनमा पचास हजार बढी नेपाली दसैँ मनाउन जमुनाहा नाका हुँदै घर फर्किएको उहाँले बताउनुभयो ।

    “अहिले बिहानदेखि साँझसम्मै दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीहरुको लर्को लागिरहेको छ, प्रत्येक दिन दश हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “सीमावर्ती क्षेत्रमा उहाँहरुमाथि हुनसक्ने लुटपाटलगायतका आपराधिक घटना हुन नदिन नेपाल प्रहरीले आवश्यक समन्वय गर्दै आएको छ ।”

    भारतको नयाँ दिल्ली, मुम्बइ र हिमाञ्चल प्रदेशका विभिन्न सहरमा काम गरेर नेपालीहरु दसैँ पर्व मनाउन यतिबेला घर फर्किरहेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिक सीमावर्ती क्षेत्रमा लुटिने, ठगिने र अलपत्र पर्नेजस्ता घटना हुन नदिई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।

    “नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोहीअनुसार सुरक्षा योजना लागू गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी तामाङले भन्नुभयो, “भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाटलगायतका समस्या भोग्न नपरोस् भनेर जमुनाहा नाकामै यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।”

    भारतमा रोजगारीका लागि गएका नेपाली चाडपर्वका बेला ठूलो सङ्ख्यामा स्वदेश फर्किने यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

    बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका समयमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको बताउँदै भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो ।

    भारतबाट फर्किने नेपालीको चापलाई लक्षित गरी नेपालगञ्ज र कोहलपुर बसपार्कमा पनि मङ्गलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी उपरीक्षक जिसीले जानकारी दिनुभयो ।

    मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते
    मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली
    बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी
    राजमो नेता जयबहादुर मल्लको निधन
    बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • २.
      मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न

    • ३.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    भर्खरै

    • १.
      धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

    • २.
      दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

    • ३.
      मल्लको निधनप्रति मूल प्रवाहद्वारा श्रद्धाञ्जली

    • ४.
      बागलुङमा बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    • ५.
      बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    • ६.
      राजमो नेता जयबहादुर मल्लको निधन

    • ७.
      बेलायतबाट अमेरिकी बमवर्षक फिर्ता

    • ८.
      गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.