• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

फिजीमा राष्ट्रिय एचआइभी सङ्कट घोषणा


  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • सिड्नी, १ असोज । फिजीमा एचआइभी सङ्क्रमण तीव्र रूपमा बढेपछि सरकारले राष्ट्रिय एचआइभी सङ्कट घोषणा गरेको छ । सरकारका अनुसार असुरक्षित यौन सम्पर्क र सुईमार्फत लागुऔषध प्रयोग गर्दा एचआइभी सङ्क्रमण फैलिने क्रम बढेको छ । त्यसलाई नियन्त्रण गर्न सरकारले तत्काल समन्वित कदम चाल्ने जनाएको छ ।

    Advertisement

    स्वास्थ्य मन्त्री एटोनियो लालाबालुले महामारीको गम्भीरता र तत्काल आवश्यक प्रतिक्रियालाई ध्यानमा राखेर राष्ट्रिय एचआइभी आपत्काल घोषणा गरिएको बताउनुभयो । उहाँका अनुसार सन् २०२५ मा दुई हजार १६ नयाँ एचआइभी सङ्क्रमित पहिचान भएका थिए । यो आँकडा सन् २०१९ को तुलनामा १६ गुणा बढी हो ।

    सरकारका अनुसार अहिले फिजीमा करिब ६० वयस्कमध्ये एक जनामा एचआइभी सङ्क्रमण रहेको अनुमान छ । पाँच वर्षअघि यो अनुपात १६७ जनामा एक थियो । प्रत्येक एक सय गर्भवतीमध्ये दुई जनामा एचआइभी सङ्क्रमण देखिएको थियो । सन् २०२५ मा एचआइभी सङ्क्रमणसहित जन्मिएका ५९ शिशुमध्ये १८ जनाको एक वर्षको उमेर नपुग्दै मृत्यु भएको सरकारले जनाएको छ ।

    सरकारले निःशुल्क एचआइभी परीक्षण, रोकथाम र उपचार सेवा विस्तार गरिरहेको छ । उच्च जोखिममा रहेका व्यक्तिका लागि रोकथाम औषधि, लागुऔषध सुईमार्फत प्रयोग गर्नेहरूका लागि हानि न्यूनीकरण कार्यक्रम तथा सङ्क्रमितका लागि निःशुल्क उपचार उपलब्ध गराइने बताइएको छ । यसका लागि अस्ट्रेलिया, न्युजिल्यान्ड, भारत, ग्लोबल फन्ड र संयुक्त राष्ट्रसङ्घबाट सहयोग प्राप्त भइरहेको छ ।

    युएनएड्सका अनुसार सङ्क्रमणको माध्यम पहिचान भएका मामिलामध्ये आधाभन्दा बढी यौन सम्पर्कसँग र ४२ प्रतिशतभन्दा बढी सुईमार्फत लागुऔषध प्रयोगसँग सम्बन्धित छन् । संस्थाले फिजीले सुई तथा सिरिन्ज कार्यक्रमका लागि कानूनी व्यवस्था गर्न लागेकोमा स्वागत गरेको छ ।

    एसिया तथा प्रशान्त क्षेत्रका लागि युएनएड्सका निर्देशक इमोन मर्फीले फिजीसँग महामारीको दिशा परिवर्तन गर्ने अवसर अझै रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सहयोगले फिजीको राष्ट्रिय प्रयासलाई थप प्रभावकारी बनाउन सक्ने बताउनुभयो ।

    फिजीलगायत प्रशान्त टापुहरू एसिया र ल्याटिन अमेरिकाबाट अस्ट्रेलिया तथा न्युजिल्यान्डतर्फ लैजाने लागुऔषधको पारवहन केन्द्रका रूपमा प्रयोग हुँदै आएका छन् । कोभिड–१९ महामारीपछि मेथाम्फेटामाइन र कोकिनजस्ता लागुऔषधको प्रवाह बढेको र विदेशी आपराधिक समूहले स्थानीय सहयोगीलाई पारिश्रमिकका रूपमा लागुऔषध दिने क्रमले स्थानीय बजारमा समेत यसको पहुँच बढाएको बताइएको छ ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.