• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

रसुवा बाढीले खोसेको खुसीः बिर्साएको चाड


  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
  • महोत्तरी, ३१ भदौ । रसुवा बाढीयता मिथिला क्षेत्रमा धेरै सांस्कृतिक उत्सव र पारम्परिक चाडपर्व आए–गए । तर त्यस बाढीमा बेपत्ता भएका यहाँका परिवारमा भने ती चाडबाड आएको महसुस भएन । सधैँ बाबुको मुख हेर्ने दिन बिहानै फोन गर्ने तथा कुनै वर्ष अनुकूल समय मिलाएर आफ्नै हातले विभिन्न परिकार छोराले ख्वाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव विष्टको त्यो दिन रुँदै बित्यो ।

    Advertisement

    तीजमा सधैँ भाइको स्नेह र सम्झना पाउने ध्रुवकी छोरी सृजनाले पनि यसपालिको पर्व रुँदै बिताउनुभयो । “प्रत्येक वर्ष भाइ तीज आउन पाँच÷सात दिन पहिले नै फोन गरेर लिन आउने कुरा गथ्र्यो, सोधखोज गथ्र्यो, यसपालि भने उसकै पछिल्लो खबर सुन्न नपाएर पर्व बित्यो । अझै उसको केही पत्तो लाग्न सकेन”, सृजना रुँदै बेदना पोख्नुहुन्छ ।

    यस परिवारका सौभाग्य विष्ट भदौ १० को भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि घरमा न चाडवाड आएको कसैलाई हेक्का छ । न आँखा नै ओभाउन पाएका छन् । भाइ सम्पर्कविहीन भएको खबरले हतास भएर दौडदै माइतीघर आउनुभएकी सृजनालाई आपूm जन्मी हुर्केको घर अहिले बिरानोझैँ लाग्दैछ । “जसले खोजी गथ्र्यो उही छैन, उसको दिदी भन्ने एक वचन सुन्न पाए मन हलुङ्गो हुने थियो”, उहाँ भन्नुहुन्छ, “अब त तीन साता बितीसके, कहिले पाइएला भाइको खबर ?” अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियर रहनुभएका सौभाग्य बाढी आएसँगै सम्पर्कविहीन हुनुभएपछि परिवार गहिरो पीडामा छ ।

    “कैयनपटक रसुवा र नुवाकोटका डाँडापाखा आफैँ गएर पनि खोजियो, रसुवादेखि चितवनसम्मका अस्पताल चहारी सकियो, सौभाग्यबाबुको कहीँ केही पत्ता लागेन”, पिता ध्रुव रुँदै भन्नुहुन्छ, “मैले उसकी आमा, पत्नी, बहिनी र परिवारजनलाई अब कसरी सम्हाल्ने होला ?”

    यस्तै बर्दिबास–९ पशुपतिनगरको गोमस्ताटोलका खिलबहादुर रानाको परिवार छोरी जोया रानाको खबर पाउन बेचैन छ । रानाले आफैँ हेलिकप्टर भाडामा लिएर पनि धेरै खोजी गर्नुभयो । तर जोयाको कहीँ अत्तोपत्तो लागेन । रसुवास्थित जलविद्युत् आयोजनामा कम्प्युटर इन्जिनियर रहेकी जोयाले रक्षावन्धन पर्वमा घर आउने बताएकी पिता राना सम्झनुहुन्छ । “रक्षाबन्धनमा आउँछु भन्थी, दुई दिन पहिले आफैँ हराइ”, पिता खिलबहादुर भक्कानिदै भन्नुहुन्छ । त्यसयता परेका चाडपर्व राना परिवारले केही सम्झेका छैनन् । “चाडपर्वमा घरमा सबैसँग रमाउने नै उही थिइ, अब के चाडवाड आउँलान् यो घरमा ?” करिब ७५ वर्षीया जोयाकी हजुरआमा रुँदै भन्नुहुन्छ ।

    मधेसको मिथिला क्षेत्रमा चौरचन पर्व श्रद्धा निष्ठापूर्वक मनाइन्छ । भर्खरै यो पर्व सम्पन्न भएको छ । तर रसुवा बाढीमा सम्पर्कविहीन भएका मैथिल परिवारमा यसपालि चौरचन आएन । राखी, कृष्णजन्माष्टमी र चौरचन पर्व सकिए, तर मेरो छोराको केही खबर आएन पिपरा–३ की ६० वर्षीया विणादेवी यादव विह्वल हुँदै भन्नुहुन्छ, “चाडपर्वमा ऊ खुब रमाउँथ्यो, यसपालि रोएरै दिन बित्दैछन् ।”

    जलेश्वर–१० सारीका १० वर्षीय बिटुलाल दास जतिखेर पनि पिता खोजी रहन्छन् । “कृष्णाष्टमी मेलामे बाबुसँगे मेला जायब कहैत झगडा करैछल, मुदा बिटुके बाबु त ओम्हरे हेरागेल”, अर्थात् कृष्णअष्टमी पर्वमा बाबुसँग मेला जाने भन्दै झगडा गथ्र्यो, तर उसको बाबु त उतै हरायो नाति बिटुतिर देखाउँदै रसुवा बाढीमा परेर हराएका छोरा सम्झँदै सुशीलदासकी आमा भन्नुहुन्छ । नेपाली सेनाको जागिर छाडेर पर्यटक ओसार्ने काम थाल्नुभएका सुशील यसपालि यसै क्रममा रसुवाबाट सम्पर्कविहीन हुनुभएको हो ।

    रसुवाबाढीसँगै सम्पर्कविहीन हुनुभएका मटिहानी–७ का गङ्गाराम मण्डलकी ६५ वर्षीय आमा ललितादेवी मण्डल बुहारी र चार नातिनातिना देखाउँदै अब यिनीहरूको चाडपर्वको रउस नफर्कने हो कि भन्ने चिन्ता गर्नुहुन्छ । यसपालिको विनासकारी रसुवा बाढीले धन सम्पत्ति र भौतिक संरचनामात्र नभएर मान्छेको मन पनि बगाएको छ ।

    भोेटेकोशी बाढी रसुवा नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन छिचोल्दै भारत पस्यो । आफ्नो गृह जिल्लाबाट सयौँ कोष टाढाको त्यो बाढीले अहिले महोत्तरीका कैयन बस्तीमा रुवाबासी मच्चाएको छ ।

    एकपछि अर्को गर्दै चाडपर्व आइरहेका बेला सम्पर्कविहीन परिवारको छटपटी झन्झन् बढ्दो छ । परिवारको प्रतिपालको मुख्य जिम्मेवारी सम्हालेकाहरु नै हराएपछि यहाँ कुनै चाडपर्व भित्रिन सकेका छैनन् । रसुवा बाढीमा परी महोत्तरीका १० जना सम्पर्कविहीन छन् । सिङ्गो जिल्लामै अहिले जताततै तीनै १० सम्पर्कविहीनबारे चिन्ता र चासो पाइन्छ । सम्पर्कविहीन परिवारले सरकार, खोज, उद्धारमा कार्यरत जनशक्ति र सम्बद्ध पक्षसँग आफ्ना मान्छेको एकिन अवस्था स्पष्ट पारिदिन अनुनयविनय गरिरहेको छ ।

    बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.