काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्रिपरिषद् सानो बनाएको छ तर प्रधानमन्त्री कार्यालयमा नै कुल मन्त्रालय सङ्ख्याभन्दा डेढ गुणा ठुलो सल्लाहकार टिम छ । यद्यपि २७ जना नै सल्लाहकार भने होइनन्, त्यसमध्ये पाँच जना सल्लाहकार हुन् ।
सल्लाहकारमध्ये मन्त्रीसरह सुविधा प्रमुख सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाहले पाउने गरेका छन् । त्यस्तै राज्यमन्त्री सरह सुविधा नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले पाउँदै आएका छन् ।
सरकारले १८ ओटा मन्त्रालय कायम गरेको छ । त्यसमध्ये प्रधानमन्त्री बालेन्द्र शाहसँगै रक्षामन्त्रालय पनि छ ।
यी हुन् प्रधानमन्त्री कार्यालयको सल्लाहकार टिम :
१) कुमार व्यञ्जनकार (कुमार बेन) : प्रमुख सल्लाहकार
२) असिम शाह : राजनीतिक सल्लाहकार
३) सुदीप ढकाल : नीति, प्रशासन तथा सुशासन सल्लाहकार
४) विवेक मिश्र : सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
५) स्वास्थ्य सल्लाहकार : प्राडा जगदीशप्रसाद अग्रवाल (अवैतनिक)
६) प्रमुख स्वकीय सचिव : सुवास शर्मा
७) नवीन भण्डारी : स्वकीय सचिव
८) सञ्जीव पाण्डे : विकास परियोजनाअन्तर्गत स्वकीय सहसचिव
९) प्रकृति ढकाल : स्वकीय उपसचिव
१०) विशाल अधिकारी : स्वकीय उपसचिव
११) सुरेन्द्र बजगाईं : प्रेस सहजकर्ता
१२) अमृत पाण्डे : प्रेस सहजकर्ता
१३) विनय शाक्य : फोटोग्राफर
१४) अनुप थापा : भिडियोग्राफर
१५) ऋषि थापा : प्रशासन सहायक
१६) निजी सचिवालय : प्रदीप परियार (सहसचिव)
१७) तुलाराज सुनुवार : उपसचिव
१८) चूडामणि बस्याल : शाखा अधिकृत
१९) डा. गणेशप्रसाद खनाल : शाखा अधिकृत
२०) निरज महर्जन : शाखा अधिकृत
२१) लीलाराज काफ्ले : शाखा अधिकृत
२२) नूतन गौतम : नायब सुब्बा
२३) भूपध्वज राई : कम्प्युटर अपरेटर
२४) राजकृष्ण महर्जन : हेल्थ टेक्निसियन
२५) बलराम खड्का : हलुका सवारी चालक
२६ ) दिनेश श्रेष्ठ : कार्यालय सहयोगी
२७) दीपा दाहाल : प्रेस तथा अनुसन्धान विज्ञ
