काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या एक हजार तीन सय ८८ पुगेको छ ।
Advertisement
नेपाल प्रहरीले २०८३ भदौ २८ गते आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा सो सङ्ख्या उल्लेख गरिएको हो ।
तथ्याङ्कअनुसार कुल सङ्ख्यामध्ये पाँच सय ४२ पुरुष, तीन सय ३४ महिला र पाँच सय १२ आंशिक अङ्गसहितका शव फेला परेका हुन् ।
प्रहरीका अनुसार हालसम्म मृतक तथा बेपत्ताको आफन्तबाट तीन हजार एक सय ३२ डिएनए सङ्कलन भएको छ । त्यसमध्ये एक हजार दुई ८६ शव र एक हजार आठ सय ४६ जना बेपत्ताको आफन्तबाट डिएनए सङ्कलन गरिएको हो ।
बाढीमा परेकामध्ये चार हजार ८९ जना अझै हराइरहेका छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।
