काठमाडौँ, भदौ १४ । भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीमा १५ हजार ३२९ जना अझै बेपत्ता रहेको सरकारी उद्धार अनुरोध पोर्टलले जनाएको छ । हालसम्म २ हजार ५०७ जना फेला परेका छन् भने १ हजार ८०८ जनाको भेट तथा समस्या समाधान भएको छ ।
Advertisement
बेपत्तामध्ये ६७६ जना १८ वर्षमुनिका बालबालिका र ४०९ जना ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक छन्। पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३३० जनासम्बन्धी बेपत्ता विवरण थपिएको छ ।
बाढीपछि नदी तथा बगरमा भेटिएका शव संकलन र पहिचानको काम जारी छ। बाढीले रसुवासहित आसपासका क्षेत्रमा बस्ती, सडक, पुल र जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी छ ।

