महेश रिजाल, भालुबाङ ।
राप्ती गाउँपालिका–१ भालुबाङ बस्ने वर्ष ६२ का मङ्गलप्रसाद ब्रजाचार्यको २०८३ साउन २८ गते बिहान राप्ती नदीमा बगेर मृत्यु भएको छ ।
अन्दाजी १०:३० बजेको समयमा हनुमानगढी मन्दिरनजिकै रहेको राप्ती नदीमा दाउरा समात्न जाने क्रममा उनको निधन भएको हो ।
उहाँका छोरा उज्ज्वल ब्रजाचार्य पनि साथमा गएका थिए । स्थानीय गाउँलेहरूले थाहा पाएपछि इलाका प्रहरी कार्यालय भालुबाङलाई घटनाबारे जानकारी गराइएको र स्थानीय तथा प्रहरीको सक्रियतामा नदीबाट बज्राचार्यलाई उद्धार गरी भालुबाङ अस्पताल पुर्याइएको थियो । त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
निजको शव पोस्मार्टमका लागि लमही अस्पताल पुर्याइएको इप्रका भालुबाङका प्रहरी निरीक्षक गोपाल न्यौपानेले जानकारी गराउनुभयो ।
छोरा उज्ज्वल भने सकुशल पौडी खेलेर नदीकिनारामा आउन सफल भएका थिए ।
शवलाई राप्ती आधारभूत अस्पतालमा लगी आइस व्यवस्थापन गरी राखिएको छ । भोलि मात्र भालुबाङस्थित लुरेखोला घाटमा शवको दाहसंस्कार गरिने भएको छ ।