• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

हसिनाको स्वदेश फर्किने घोषणा


  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • नयाँदिल्ली । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गर्नुभएको छ । भारतमा निर्वासनमा रहँदै आउनुभएकी उहाँले आफूलाई बङ्गलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताउनुभएको छ ।

    Advertisement

    एएफपीसँग इमेलमार्फतको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै त्यसका बाबजुद मातृभूमि फर्किने निर्णयबाट पछि नहट्ने बताउनुभयो । उहाँले आफ्नो ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भए पनि त्यसका लागि आफू तयार रहेको धारणा व्यक्त गर्नुभयो ।

    विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उहाँको १५ वर्ष लामो शासन अन्त्य भएपछि भीडले प्रधानमन्त्री निवास घेरेको थियो । त्यसपछि उहाँ हेलिकोप्टरमार्फत भारत आउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलन दबाउन गरिएको सरकारी कारबाहीमा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो ।

    गत नोभेम्बरमा ढाकास्थित एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो । हसिनाले उक्त निर्णयलाई कानूनको आवरणमा गरिएको राजनीतिक प्रतिशोधको संज्ञा दिनुभएको छ ।

    भारतमा गोप्य स्थानमा बसोबास गरिरहनुभएकी हसिनाले आफूलाई स्वदेश फर्किन कुनै बाह्य दबाब नभएको बताउनुभयो । उहाँका अनुसार ढाकाले भारतसँग आफ्नो सुपुर्दगी माग गरे पनि आफ्नो स्वदेश फर्कने निर्णय त्यससँग सम्बन्धित छैन । भारतीय अधिकारीहरूले प्रत्यर्पणबारे आफूसँग कुनै छलफल नगरेको र भारतमा सम्मानपूर्वक बसिरहेको उहाँले उल्लेख गर्नुभयो ।

    हसिनाको बहिर्गमनपछि बनेको अन्तरिम प्रशासनका कारण केही समय चिसिएको भारत–बङ्गलादेश सम्बन्ध फेब्रुअरीमा तारिक रहमान प्रधानमन्त्री बनेपछि क्रमशः स्थिर हुँदै गएको बताइएको छ ।

    मानवअधिकार सङ्गठनहरूले हसिनाको शासनकालमा विपक्षीमाथि दमन, गैरन्यायिक हत्या, राजनीतिक हस्तक्षेप तथा विवादास्पद निर्वाचन गराएको आरोप लगाउँदै आएका छन् । तर हसिनाले ती आरोपलाई राजनीतिक उद्देश्यले सिर्जना गरिएको अभियानको संज्ञा दिँदै प्रत्येक आरोपपछि अनुसन्धान गरिएको र दोषीमाथि कानूनी कारबाही भएको दाबी गर्नुभयो ।

    उहाँले विद्यार्थी आन्दोलन दमनका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोप पनि अस्वीकार गर्नुभयो । आफ्नो सरकारले धैर्यका साथ आन्दोलनलाई शान्तिपूर्ण समाधानतर्फ लैजान प्रयास गरेको दाबी गर्दै उहाँले उक्त आन्दोलन सामान्य विद्यार्थी प्रदर्शन मात्र नभई योजनाबद्ध राजनीतिक अभियान भएको आरोप लगाउनुभयो ।

    भारतमा हालै विद्यार्थी नेतृत्वमा भएका विरोध प्रदर्शनबारे टिप्पणी गर्न उहाँले अस्वीकार गर्नुभयो । साथै, बङ्गलादेशमा प्रभावकारी रूपमा प्रतिबन्धमा परेको आफ्नो अवामी लिग पार्टीमार्फत स्वदेश फर्किएपछि पुनः सक्रिय राजनीति गर्ने वा नगर्नेबारे पनि स्पष्ट जवाफ दिनुभएन ।

    उहाँले आफ्नो लक्ष्य सत्ता प्राप्ति नभई जनताको सेवा रहेको बताउनुभयो । आन्दोलनका क्रममा ज्यान गुमाएका सबै परिवारप्रति सहानुभूति रहेको उल्लेख गरे पनि उहाँले माफी माग्न अस्वीकार गर्नुभयो । आन्दोलनका क्रममा सरकारले लिएका निर्णयप्रति पछुतो लागेको हो वा होइन भन्ने प्रश्नमा उहाँले राज्यका निर्णय कुनै एक व्यक्तिले मात्रै नगर्ने भएकाले सम्पूर्ण परिस्थितिलाई अलग गरेर मूल्याङ्कन गर्न नमिल्ने प्रतिक्रिया दिनुभयो ।

    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ४.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ५.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ६.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ७.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ८.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.