काठमाडौँ, ५ साउन । काठमाडौंको कीर्तिपुरस्थित ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको गाडीमा मंगलबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
Advertisement
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार बिहान करिब ११:२० बजे बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी भएको हो। गाडीभित्र चालकको सिटमा रहेका एक पुरुषको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागी भएको गाडी नविल बैंकको नाममा दर्ता रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

