काठमाडौँ । विश्वकप २०२६ को प्रिक्वाटरफाइनल चरण सम्पन्न भएसँगै अन्तिम आठ टोलीको टुंगो लागेको छ ।
साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ३–२ को रोमाञ्चक जित निकालेर क्वार्टरफाइनलमा स्थान बनाएको छ भने स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै ७२ वर्षपछि अन्तिम आठमा प्रवेश गरेको छ ।
क्वाटरफाइनल खेल:
फ्रान्स भर्सेस मोरक्को, असार २६ गते विहान १:४५ बजे, बोस्टन स्टेडियम
स्पेन भर्सेस बेल्जियम, असार २७ गते विहान १२:४५ बजे, लस एन्जल स्टेडियम
नर्वे भर्सेस इंग्ल्यान्ड, असार २८ गते विहान २:४५ बजे, मायमी स्टेडियम
अर्जेन्टिना भर्सेस स्विट्जरल्यान्ड,असार २८ गते विहान ६:४५ बजे, कान्सास सिटी स्टेडियम
बीच प्रतिस्पर्धा हुने भएको छ ।
यसैबीच अर्जेन्टिनाका कप्तान लियोनल मेसीले इजिप्टविरुद्ध गोल र असिस्ट गर्दै विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने, सर्वाधिक ९ असिस्ट गर्ने तथा अन्य थुप्रै ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
हाल ८ गोलसहित मेसी गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा रहँदा क्वार्टरफाइनलसँगै उपाधि र व्यक्तिगत अवार्डको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।