काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको छ।
Advertisement
फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६ बमोजिम एन्फामाथि निलम्बनको निर्णय गरेको हो। यससँगै एन्फाले फिफा विधानको धारा १३ अन्तर्गत प्राप्त सबै सदस्यता अधिकार गुमाएको छ।
फिफाका अनुसार निलम्बन अवधि कायम रहुञ्जेल एन्फाका राष्ट्रिय टोली तथा क्लब टोलीहरू कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।
निलम्बनको कारणबारे फिफाले विस्तृत विवरण सार्वजनिक गरेको छैन।