काठमाडौँ, असार ८ । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार सम्पन्न खेलहरूमा स्पेनले साउदी अरेबियामाथि शानदार जित दर्ता गरेको छ ।
Advertisement
दिनको सबैभन्दा ठूलो जित स्पेनले निकाल्यो। स्पेनले साउदी अरेबियालाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थितिको संकेत दिएको हो।
यस्तै, उरुग्वे र केप भर्डेबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ। दुवै टोलीले आक्रमणात्मक खेल प्रस्तुत गरे पनि विजेता निस्कन सकेन।
दिनको अन्तिम खेलमा न्युजिल्यान्डले इजिप्टलाई ३–१ गोलले पराजित गर्यो। जितसँगै न्युजिल्यान्डले प्रतियोगितामा आफ्नो स्थिति थप मजबुत बनाएको छ।
आइतबार सम्पन्न चार खेलमा कुल १७ गोल भएका छन्, जसले दर्शकलाई रोमाञ्चक फुटबलको भरपुर मनोरञ्जन दिएको छ।