• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’


  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित
    • कृष्ण न्यौपाने/रासस

    दमौली (तनहुँ), ७ असार । तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ । खेलकुद विकास समिति मातहत तनहुँ तथा सार्वजनिक जग्गामा रहेका खेलमैदान पर्याप्त रूपमा व्यवस्थित हुन नसक्दा खेलाडी, प्रशिक्षक र खेलकुद संस्थाहरूले विभिन्न समस्या भोग्दै आएका छन् ।

    Advertisement

    जिल्लामा खेलकुदको आकर्षण बढ्दै गएपनि सोअनुसारको भौतिक पूर्वाधार विकास हुन नसकेको गुनासो जनमासबाट आइरहेको छ । स्थानीयस्तरबाट जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्नुपर्ने अवस्थामा समेत खेलमैदानको स्तरोन्नति हुन नसक्दा खेलकुदका गतिविधि प्रभावित बन्दै गएका हुन् ।

    जिल्लास्थित खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले सदरमुकाम दमौलीसहित जिल्लाका विभिन्न स्थानमा रहेका खेलमैदान व्यवस्थित नहुँदा खेल सञ्चालन र प्रतियोगिता व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार खेलकुद पूर्वाधारका लागि आवश्यक बजेटको अभावका कारण रहेका मैदानहरूको स्तरोन्नति तथा संरक्षण कार्य प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।

    “खेलकुद गतिविधि सञ्चालनका लागि आधारभूत पूर्वाधार आवश्यक हुन्छ । तर जिल्लामा भएका अधिकांश खेलमैदान पर्याप्त रूपमा व्यवस्थित छैनन्”, अध्यक्ष पाण्डेले भन्नुभयो, “पूर्वाधार विस्तार र मर्मतसम्भारका लागि पर्याप्त बजेट नहुँदा खेलकुद क्षेत्रले अपेक्षित गति लिन सकेको छैन ।”

    उहाँका अनुसार खेलकुद विकास समिति तनहुँ मातहत व्यास नगरपालिका-३ स्थित बीपी वनवाटिकामा करिब ४० रोपनी क्षेत्रफलमा दमौली सेमिकभर्ड हल तथा खेलकुद मैदान छन् । जिल्लाको मुख्य खेलकुद केन्द्रका रूपमा रहेको उक्त मैदानमा विभिन्न खेल गतिविधि सञ्चालन हुँदै आए पनि आवश्यक पूर्वाधार थप गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

    त्यसैगरी व्यास नगरपालिका-५ मा १३ रोपनी पाँच आना क्षेत्रफलमा रहेको चिन्तुटार खेलमैदान, भानु नगरपालिका–६ मा रहेको नावरुङ खेलमैदान तथा भानु नगरपालिका–८ मा रहेको काउरेटार खेलमैदान पनि खेलकुद विकास समिति मातहत रहेका प्रमुख खेलस्थल हुन् । तर, ती मैदानमा पनि आवश्यक स्तरोन्नति, संरक्षण, घेराबार, दर्शक बस्ने स्थान, शौचालय तथा अन्य आधारभूत सुविधाको अभाव रहेको पाण्डेले बताउनुभयो ।

    अध्यक्ष पाण्डेका अनुसार जिल्लामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्सलगायत खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ । खेल अभ्यासका लागि उपयुक्त मैदानको अभाव हुँदा खेलाडीहरूले पर्याप्त प्रशिक्षणको अवसर पाउन सकेका छैनन् । कतिपय स्थानमा वर्षायाममा मैदान हिलाम्मे हुने र हिउँदमा धुलाम्मे हुने समस्या पनि रहेको स्थानीय खेलाडी बताउँछन् ।

    पाण्डेका अनुसार कुनै प्रतियोगिता आयोजना गर्नुपरेमा हाल उपलब्ध मैदानमा सामान्य मर्मत गरी जेनतेन कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था छ । “जिल्लास्तरीय वा प्रदेशस्तरीय प्रतियोगिता गर्नुपर्दा मैदानको अवस्था सुधार गर्न अस्थायी तयारी गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “स्थायी रूपमा व्यवस्थित खेलमैदान निर्माण र स्तरोन्नति गर्न सके खेलकुद गतिविधि अझ प्रभावकारी बन्न सक्छ ।”

    खेलकुदलाई युवाको शारीरिक तथा मानसिक विकाससँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा लिँदै स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले खेल पूर्वाधार विकासमा पर्याप्त लगानी गर्नुपर्ने खेलप्रेमी कविराज श्रेष्ठले बताउनुभयो । व्यवस्थित खेलमैदान निर्माण तथा संरक्षण गर्न सके जिल्लामा खेलकुद गतिविधि विस्तार हुनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।

    तनहुँमा रहेका खेलमैदानको स्तरोन्नति, नयाँ पूर्वाधार निर्माण तथा खेलकुद गतिविधिलाई निरन्तरता दिन पर्याप्त बजेट व्यवस्थापन गर्नुपर्ने बास्केटबल प्रशिक्षक कृष्णकुमार श्रेष्ठले बताउनुभयो । व्यास–११ मा एक सय ५० रोपनी क्षेत्रफलमा कोलढुङ्गा क्रिकेट मैदान, व्यास–१ मा २५ रोपनी क्षेत्रफलमा निर्मल मावि खेलमैदान तथा बास्केटबल कोर्ट, व्यास–५ मा ३० रोपनी क्षेत्रफलमा पाटन खेलमैदान, व्यास–६ मा ३५ रोपनी क्षेत्रफलमा शिशाघाट खेलमैदान छन् ।

    त्यस्तै, भानु–१ मा ४० रोपनी क्षेत्रफलमा भन्सार खेलमैदान, भानु–३ मा १५ रोपनी क्षेत्रफलमा भन्सार खेलमैदान, भानु–२ मा ३० रोपनी क्षेत्रफलमा गोठेरीचौर खेलमैदान, भानु–४ मा ५० रोपनी क्षेत्रफलमा आमखोला खेलमैदान, भानु–५ मा दुई सय रोपनी क्षेत्रफलमा ओक्लाङ खेलमैदान, भानु–१३ मा १५ रोपनी क्षेत्रफलमा रतनपुर अर्चले खेलमैदान रहेका खेलकुद विकास समितिका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बन्दीपुर गाउँपालिका–२ मा १५ रोपनीमा भूमस्र्य खेलमैदान, बन्दीपुर–१ मा १२ रोपनीमा बन्दीपुरछाप खेलमैदान, आँबुखैरेनी गाउँपालिका–२ मा ९२ रोपनीमा आँबुखैरेनी रङ्शाला, देवघाट गाउँपालिका–१ मा एक सय रोपनीमा कोटा रङ्गशाला, देवघाट–२ मा ५० रोपनीमा खाल्टे रङ्गशाला, देवघाट–५ मा १५ रोपनीमा भुजन खेलमैदान, म्याग्दे गाउँपालिका–७ मा ६५ रोपनीमा म्याग्दे खेलमैदान, म्याग्दे–५ मा ७५ रोपनीमा छाङपाटन खेलमैदान, म्याग्दे–३ मा ६० रोपनीमा जामुनेटार खेलमैदान, घिरिङ गाउँपालिका–३ मा १० रोपनीमा पोखरीछाप खेलमैदान, घिरिङ–१ मा २० रोपनीमा पुट्टार खेलमैदान छन् ।

    यसैगरी घिरिङ–४ मा गड्यौलीटार खेलमैदान, ऋषिङ गाउँपालिका– मा झापुटार खेलमैदान, ऋषिङ–६ मा चालिसे खेलमैदान, भिमाद नगरपालिका–६ मा भिमाद रङ्गशाला, भिमाद–९ मा मदन आश्रित खेलकुद मैदान, शुक्लागण्डकी नगरपालिका–५ मा बेलचौतारा खेलमैदान, शुक्लागण्डकी–८ मा नगरस्तरीय खेलमैदान, शुक्लागण्डकी–९ मा एक सय २० रोपनीमा तालबेँसी खेलमैदान रहेका खेलकुद विकास समितिले जनाएको छ ।

    आइतबार, असार ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.