• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

५० वर्षको सपना पूरा हुने संकेत : पोखरा अब विश्वसँग प्रत्यक्ष जोडिँदै


  •   बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
  • गण्डकी, २७ जेठ । पोखरा अन्तर्राष्टिय विमानस्थलबाट नियमित अन्तर्राष्टिय उडान सञ्चालन गर्ने प्रयासले महत्वपूर्ण सफलता हासिल गरेको छ। संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा सिधा दैनिक उडान सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ।

    Advertisement

    नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको उडान तालिका स्वीकृत गरेसँगै पोखरा अन्तर्राष्टिय विमानस्थलबाट नियमित अन्तर्राष्टिय हवाई सेवा सञ्चालन हुने निश्चित भएको हो। पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार कम्पनीको उडान तालिका सोमबार स्वीकृत भइसकेको छ र निर्धारित मितिबाट दैनिक सेवा सुरु हुनेछ।

    फ्लाई दुबईको प्राविधिक तथा व्यवस्थापकीय टोलीले केही दिनअघि विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन अवस्थाको विस्तृत निरीक्षण गरेको थियो। निरीक्षणपछि कम्पनीले पोखरा रुटमा नियमित उडानका लागि प्रक्रिया अगाडि बढाएको हो।

    सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्टिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनी आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाउनु अर्थपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस निर्णयलाई पोखराको अन्तर्राष्टिय पहिचान स्थापित गर्ने ऐतिहासिक अवसरको रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि पोखरा मध्यपूर्व, युरोप, अफ्रिका तथा विश्वका ३०० भन्दा बढी सहरसँग जोडिनेछ।

    “यो केवल नयाँ हवाई सेवा थपिएको विषय मात्र होइन,” प्रमुख आचार्यले भन्नुभयो, “यसले पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिको विस्तार, वैदेशिक लगानी आकर्षण र काठमाडौँ केन्द्रित हवाई चापको विकेन्द्रीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।”

    झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको पोखरा अन्तर्राष्टिय विमानस्थल सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको भए पनि हालसम्म नियमित अन्तर्राष्टिय उडान हुन सकेको थिएन। चार्टर उडानबाहेक विमानस्थल मुख्यतः आन्तरिक उडानमै सीमित रहँदै आएको थियो।

    यसअघि हिमालय एयरलाइन्सले सन् २०२५ मार्चमा पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि उक्त सेवा लामो समय टिक्न सकेन र केही महिनामै बन्द भएको थियो।

    लामो समयदेखि नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा रहेका पर्यटन व्यवसायीहरू फ्लाई दुबईको आगमनलाई उत्साहजनक उपलब्धि मानिरहेका छन्। व्यवसायीहरूका अनुसार विमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटन क्षेत्रमा झण्डै एक खर्ब रुपैयाँ बराबरको थप लगानी भित्रिएको छ।

    फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तर्राष्टिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने मार्ग खुल्ने अपेक्षा गरिएको छ। यसले पर्यटन राजधानी पोखरालाई विश्व हवाई सञ्जालसँग जोड्दै क्षेत्रीय आर्थिक विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

    बुधबार, जेठ २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते
    कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा
    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ४.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ५.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ६.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ७.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ८.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.