• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जनवादी अधिनायकत्व र सर्वहारा नेतृत्व


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    सर्वहारा वर्गको नेतृत्व र जनवादी अधिनायकत्व नयाँ जनवादी क्रान्तिको अवधिभर कम्युनिस्ट पार्टीले अपनाउनुपर्ने सङ्गठनात्मक नियम हो । नयाँ जनवादी क्रान्तिको अवधिभर लागु गर्नुपर्ने यो नियमअन्तर्गत उमेर, पेसा, लिङ्ग, योग्यता, धनसम्पत्ति, जाति, वर्ग, क्षेत्र आदिलाई आधार नमानीकन जनताको नेतृत्व जति धेरै गरेको छ, त्यसलाई नै मुख्य आधार मानेर नेतृत्वको छनौट गर्नुपर्ने हुन्छ । त्यसो गर्ने राजनीतिको खुला अवस्थालाई उपयोग गर्नका लागि हो । कम्युनिस्ट पार्टीको खुला मोर्चामा नेतृत्व विकास गर्ने त्यही तरिका हो तर भूमिगत कम्युनिस्ट पार्टीमा भने सर्वहारा वर्गको अधिनायकत्व र श्रमजीवी वर्गको नेतृत्व स्थापना र सञ्चालन गर्न नसक्ने हो भने त्यो कम्युनिस्ट पार्टी नै हुन सक्दैन । फेरि राजनीति गर्ने खुला मोर्चालाई कम्युनिस्ट पार्टीको मातहतमा राख्ने र सञ्चालन र्गुे अनिवार्य आवश्यकता हुन्छ । सबैभन्दा कठिन काम त्यही हुन्छ

    खुला मोर्चा सम्हालेका व्यक्ति सर्वहारा पनि हुन सक्दैनन्, कम्युनिस्ट पार्टीको नेताको अभिनय पनि गर्छन् । त्यस प्रकारको अस्वाभाविक अभिनय जनताको निम्नराजनीतिक चेतनास्तरका कारणले गर्दा समाजमा स्वीकार्य पनि हुन्छ । त्यस्तो हुनुको कारणले गर्दा कम्युनिस्ट पार्टीका इमानदार कार्यकर्ता रातदिन हिउँदवर्षा सधैँभरि कठिन परिश्रम गरेर पार्टीका सामग्री उत्पादन र वितरण गर्ने काममा खट्नुपर्ने एकातिर, श्रम गरेर पसिना बगाउनुको सट्टा ठुलाठुला गफ गरेर जनताको नेतृत्वमा देखा पर्ने अर्कोतिर—यो अन्तरविरोध वास्तविक र मार्मिक हुन पुग्छ । त्यही कारण हो कि कम्युनिस्ट पार्टी छिटै र सजिलै जनतामा स्थापित भई विस्तार हुन सक्दैन । देशमा दर्जनौँ सङ्ख्यामा कम्युनिस्ट नाम गरेका पार्टी हुने तर जनतामा स्थापित भएर विस्तार हुन नसक्ने कारण पनि त्यही कठिन जिम्माको काम पूरा गर्न कस्सिने हिम्मत नभएको पनि हाम्रो देशमा प्रशस्तै अनुभव गर्न सकिन्छ ।

    कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्व अनिवार्य शर्त हो । त्यति मात्र होइन, कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्वको व्यक्तिरूप हुनु पनि अनिवार्य शर्त हो । त्यसकारण एकल प्रयत्नले काम हुन नसक्ने हुनाले सामुहिक प्रयत्न नभई हुन्न । त्यो भनेको सामूहिक नेतृत्वको अवस्था पार्टीमा सृजना गर्नुपर्छ । त्यसो गर्दा अराजकता हुन सक्ने हुनाले एकल नेतृत्वको विकास पनि गर्नु पर्छ । यो द्वन्दात्मक तरिका हो । त्यसको लागि योग्यता विकासमा प्रतिस्पर्धाबाट विजयी नभएसम्म नेतृत्वमा पुग्न सक्ने अवस्था रहन दिनुहुन्न ।

    नेतृत्वको प्रतिस्पर्धामा रहेको व्यक्ति सुरुदेखि नै विवादरहित किसिमको हुनुपर्छ । ऊ देशको, वर्गको, पार्टीको र समाजसमेतको नेताको रूपमा स्थापित हुन सक्ने योग्यता, क्षमताको विकसित रूप हुनु पहिलो शर्त हो । पार्टीमा हजारौँ व्यक्तिको योगदान रहेको हुन्छ । नेता एउटा मात्रै हुन्छ । कम्युनिस्ट पार्टीको सदस्य नेता हुन होइन, आदर्श नागरिक हुन, प्रतिबद्ध व्यक्ति हुन जरुरी हुन्छ । वर्तमान समाजमा एउटा व्यक्ति नेता नभई नहुने भएको हुनाले नेता हुनुपरेको हो । एउटा देशमा एउटा कम्युनिस्ट पार्टी हुने र एउटा पार्टीमा एउटा नेता हुनु पनि आवश्यक शर्त नै हो । नेता हुने मात्रै होइन, समाजमा नेताको रूपमा स्थापित हुनु पनि आवश्यक शर्त नै हो । त्यसकारण नेता रहरले होइन, बाध्यताले हुने हो ।

    नेता हुने व्यक्तिको सङ्गठनका अरू सदस्यको दार्शनिक, पथप्रदर्शक, साथी र समस्या समाधान गर्ने उच्च क्षमतासहितको भने हुनुपर्दछ किनभने उसले सङ्गठन परिचालन गर्नुपर्छ† योजना बनाएर कार्यान्वयन गर्नुपर्छ, साथसाथै सङ्घर्षको अग्रपङ्क्तिमा रहनुपर्छ । अरू साथीहरूको प्रेरणाको स्रोतसमेत बन्नुपर्छ । ती सबै कामको योग्यता विकास गर्न कठिन परिश्रम गर्न अभ्यस्त पनि हुनुपर्छ । त्यस्तो योग्यताको विकासबाट मात्र वैधानिक मोर्चालाई पार्टीको मातहतमा सञ्चालन गर्न र भूमिगत पार्टीको मातहतमा सञ्चालन गर्न र भूमिगत पार्टीको संरचना परिचालन गर्दा सामूहिक नेतृत्व भएको महसुस गर्न सकिन्छ । त्यसरी मात्र पार्टीमा सर्वहारा वर्गको अधिनायकत्व र समाजमा जनवादी अधिनायकत्व सम्भव हुन्छ ।

    कम्युनिस्ट पार्टीले आफ्नो कार्यकर्तालाई र जनतालाई दिन सक्ने भनेको जनवादी केन्द्रीयता हो । जनवाद स्वतन्त्रतासित सम्बन्धित हुन्छ भने केन्द्रीयता अनुशासनसित सम्बन्धित हुन्छ । जनवाद सबैले प्रयोग गर्न चाहन्छन् तर केन्द्रीयताको मातहतमा रहन कठिन हुन्छ । आफ्नो इच्छा नलागेको तथा निर्णयमा आफ्नो चित्त नबुझेको अवस्थामा पनि अनुशासनले गर्दा मान्नुपर्ने हुन्छ । तल्लो समितिबाट चुनिँदै गएर महाधिवेशन गर्ने र केन्द्रीय समिति निर्माण भएपछि केन्द्रीयता सुरु हुन्छ । माथिल्लो समिति मातहतमा तल्ला समिति र सम्पूर्ण समिति केन्द्रीय समितिको मातहतमा रहनुपर्छ । यो अनुशासन हो । त्यसकारण यो अनुशासन पालना गर्न कठिन हुन्छ ।

    हाम्रो समाजमा व्यक्तिगत स्वतन्त्रताविना सामूहिक स्वतन्त्रता र सामाजिक स्वतन्त्रता हुन सक्दैन भन्ने परम्परा छ । व्यक्तिगत स्वतन्त्रतालाई सामाजिक स्वतन्त्रताको पहिलो शर्तका रूपमा मान्यता दिइन्छ तर त्यसो गर्दा अराजकता हुने कुराको ख्याल गरिन्न । केन्द्रीयताको मातहतमा रहेर मात्र अनुशासन पालना हुन्छ । आफू केन्द्रीय समितिमा रहेर अरूलाई आफ्नोमा तहमा राख्न पाइन्छ भन्ने कुराले महत्त्व राख्दैन किनभने आफू माक्र्स, एङ्गेल्स, लेनिन र स्टालिन र माओको सिद्धान्त र व्यवहारको मातहतमा रहनुपर्छ । त्यो पनि एक किसिमको केन्द्रीयता नै हो किनभने उनीहरू सिद्धान्त र व्यवहारको एकताका प्रतीक हुन् ।

    समाजमा आमूल परिवर्तन गर्ने सिद्धान्तको मातहतमा त रहनु नै पर्छ । आफू जुन तहको सङ्गठनमा आबद्ध छ, त्यसभन्दा तल्लो तह नभए आम जनतालाई त अनुशासनबद्ध बनाउने आफ्नै जिम्मामा पर्दछ । आफू अनुशासनको मातहतमा त अनिवार्य बस्नु नै पर्छ । त्यही प्रयोजनका लागि सर्वहारा वर्गको अधिनायकत्व कम्युनिस्ट पार्टीको अनिवार्य शर्त हो । एकातिर श्रम बेचेर खर्च टार्नुपर्ने, अर्कोतिर पार्टी सञ्चालनमा मुख्य भूमिका हुनुपर्ने दोहोरो जिम्माले यो काम कठिन हुन्छ ।

    पुँजीपति वर्गको अधिनायकत्व वर्तमान समाजमा लागु भएको छ । जोसँग जति धेरै सम्पत्ति वा पुँजी छ, त्यसले त्यत्ति नै धेरै अधिनायकत्व प्रयोग गर्ने चाहना राख्छ । त्यो सजिलो पनि हुन्छ किनभने उनीहरूले समाजमा बिक्न सक्ने श्रम गर्नु योग्यताको विकास गर्नमा सर्वहारा वर्गलाई जति आवश्यकता पर्दैन । पार्टीमा लागेर पूर्णकालीन कार्यकर्ता भई काम गरेका हुन्छन् । उनीहरूको विकल्प बाँकी रहेको हुन्छ । पार्टीमा काम गर्न नपाएको अवस्थामा आफ्नो थोरै भए पनि व्यक्तिगत स्वामित्वको सम्पत्ति परिचालन गरेर खर्च टार्न अप्ठेरो पर्दैन तर सर्वहारासामु त्यो विकल्प बाँकी रहेको हुन्न । उसका श्रम बेच्नेबाहेकका अरू सम्भावना समाप्त भइसकेका हुन्छन् । उसले श्रम बेच्ने योग्यताको विकास गर्नैपर्ने हुन्छ । त्यसकारण उसले कडा मिहिनेत, प्रतिस्पर्धा र मिहिनेत गर्नैपर्ने हुन्छ । लामो समयसम्म कष्टसाध्य मिहिनेत गरेको हुनाले उसको योग्यतामा विकास भएर विजयी हुन सक्छ । उसको नेतृत्वमा अरू जनशक्ति परिचालन हुन सक्छ ।

    पुँजीवादी समाजमा एउटा ध्रुवमा थोरै सङ्ख्यामा पुँजपति वर्गका व्यक्ति हुन्छन् । अर्को ध्रुवमा थोरै सङ्ख्याका सर्वहारा वर्गका व्यक्ति हुन्छन् । उनीहरूका बिच जीवनमरणको सङ्घर्ष चलिरहेको हुन्छ । ती दुवैका बिचमा धेरै सङ्ख्याका निम्नपुँजीपति वर्गका व्यक्ति हुन्छन् । तिनीहरूमध्ये केहीले पुँजीपति वर्गको पक्षमा र केहीले सर्वहारा वर्गको पक्षमा सहयोग–समर्थन गरेर जीवन बिताइरहेका हुन्छन् । उनीहरूले आफ्नो मोर्चा खडा गरेका हुन्नन् । सर्वहारा वर्गको पक्षमा सहयोग समर्थन गरेर रहनु र आफै सर्वहारा वर्गको व्यक्ति भएर आफ्नो अधिनायकत्व लागु गराउनु आकाशजमिनजस्तै विपरीत काम हो । त्यो धेरै कठिन हुन्छ । निम्नपुँजीपति वर्गले आफू सर्वहारा वर्गको व्यक्ति नभइकन कम्युनिस्ट पार्टीमा नेताको अभिनय गरेर रहन चाहन्छन् । उनीहरूलाई सर्वहारा भइने ठुलो डर हुन्छ । सर्वहारा वर्गको स्तरमा नपुग्न सर्तकतापूर्वक काम गरेका हुन्छन् ।

    कम्युनिस्ट पार्टीको सदस्य एक्लै सर्वहारा अथवा निम्नपुँजीपति वर्ग हुने गरी गणना हुने होइन, उसको परिवारका सदस्यसहितको कुरा हो । अर्थतन्त्र, परिवार र समस्यासहितको नेतृत्व गणना हुने हो । परिवारलाई आर्थिक एकाइका साथसाथै राजनैतिक एकाइ बनाउनु पहिलो काम हो । परिवार निम्नपुँजीवादी र आफू सर्वहारा हुने काम होइन; कम्युनिस्ट पार्टीको सदस्यले आफ्नो वरिष्ठतामा होइन† समस्या समाधानको केन्द्रीकरण हो ।

    जनवादी केन्द्रीयता भनेकै छलफल र निर्णय गर्ने समयमा जनवाद हो । त्यो निर्णय कार्यान्वयनमा नेतृत्वको जिम्मेवारी हो । छलफलमा स्वतन्त्रता भए पनि कार्यान्वयनमा केन्द्रीयता लागु गर्नुपर्छ । कुनै पनि देशको कम्युनिस्ट आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनको एकाइ हुनुपर्ने हुनाले पनि कम्युनिस्ट पार्टीमा नेतृत्वको बढी महत्त्व हुन्छ । नेतृत्वको महानता यस कुरामा छ कि उसको मातहतका कार्यकर्ताले आफ्नो कर्तव्य पूरा गरेको छु भन्ने सोचाइ राखेर नेताको निर्देशन पालना गरिरहेका हुन्छन् । त्यो नेतृत्वको योग्यतामा भर पर्ने काम हो । नेताले केन्द्रीयता प्रयोग गरेको हुन्छ, कार्यकर्ताले त्यसलाई जनवादको रूपमा पूरा गरिरहेका हुन्छन् । त्यसरी पूरै पार्टीमा जनवादी केन्द्रीयताको पालना भइरहेको हुन्छ ।

    अर्को कुरा पार्टी सञ्चालन गर्न धेरै रकम आवश्यक हुन्छ । नेतृत्वप्रति असन्तुष्टि पैदा भयो भने कार्यकर्ताले जनताका बिच गएर पैसा जम्मा गर्दैनन् र पार्टी सञ्चालनमा बाधा पुग्छ । नेतृत्वको योग्यता र कार्यशैलीसँग सन्तुष्ट भएको अवस्थामा एकातिर जनताका सच्चा प्रतिनिधि पार्टीमा समावेश हुन्छन्, अर्कोतिर उनीहरूले आत्मबाटै कोसिस गरेर जनताका बिच प्रस्तुत हुन्छन् । त्यसैले जनताले दिएको रकमबाट पार्टी सञ्चालन हुन सक्छ । नेतृत्वको अवसरवादी चरित्रबाट पार्टीमा अवसरवादी प्रवेश गर्दछन् । पार्टी जनतामा स्थापित हुन सक्दैन । जनताबाट तिरस्कृत हुन्छ । रकम जम्मा नभएर बलप्रयोग गर्नुपर्ने अवस्था आउँछ । राज्यसत्ता झन् बलियो हुन जान्छ ।

    सर्वहारा वर्ग रहरले हुने होइन, आफ्नो कामका सिलसिलामा आफूले देश, जनता र श्रमजीवी वर्गको पक्षमा काम गर्ने तीव्र इच्छा, चाहना र लगनशीलताका कारणले त्यो अवस्थामा पुग्ने हो । लम्पट सर्वहारा भएर होइन, सचेत र सङ्गठित भई काम गर्ने व्यक्ति भएर मात्र नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने चाहनाले आफ्नो योग्यतामा विकास गर्ने व्यक्ति हो । त्यस्तो नभएको अवस्थामा ऊ कि लम्पट सर्वहारा हुन्छ कि निम्नपुँजीपति वर्गको हैसियतमा जीवन बिताउन सक्छ । शत्प्रतिशत सर्वहारा कोही पनि हुन सक्दैन, थोरैधेरै व्यक्तिगत सम्पत्ति भएकै हुन्छ । मुख्य प्रश्न वर्गचेतना र वर्गीय सङ्गठन विकासमा आफ्नो योगदान थप्ने चाहनाले त्यो स्थानमा पुर्‍याउने हो । उसलाई व्यक्तिगत सम्पत्तिमा रमाउने चाहना हुने हो भने र सङ्गठनको महत्त्व तथा नेतृत्वको प्रतिस्पर्धा छाडेर व्यक्तिगत सम्पत्ति आर्जन गर्न खोज्ने हो भने सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्षम पनि हुन्छ । पुँजीपति बन्न नसके पनि केही व्यक्तिगत सम्पत्ति अवश्य जम्मा गर्न सक्छ तर महत्त्वका हिसाबले उसले सङ्गठन र नेतृत्वलाई नै प्राथमिकतामा राखेर काम गर्ने हो ।

    मानव समाजमा दश हजार वर्षदेखि व्यक्तिगत सम्पत्तिका मालिकको अधिपत्य रहेको छ । उनीहरूतर्फ फर्केर पछि लाग्दै अगाडि बढिरहेको छ । समाजवादी समाज त्यसको ठिक विपरीत सर्वहारा वर्गलाई अगाडि लगाएर त्यसको पछाडि लामबद्ध भएर हिँड्ने समाज हो । त्यसरी विपरीत दिशामा मोड्ने काम सजिलो होइन । सत्ता सञ्चालन गरेका नेतालाई पनि सजिलो भएको थिएन । त्यो काममा विजयी भएर आफू सर्वेसर्वा हुने सम्भावना पहिले पनि थिएन र अहिले पनि छैन । त्यस्तो प्रतिकूल अवस्थाको काममा रहर गर्ने व्यक्ति आफै चानेचुने व्यक्ति हुन सक्दैन । त्यो आफू महान् व्यक्ति हुन्छ । प्रतिस्पर्धामा उत्रेर विजयी बन्न खोज्ने व्यक्तिले महान् योग्यताको विकास गर्न अनिवार्य पनि हुन्छ । सिद्धान्त र व्यवहार दुवैमा उच्च नभएसम्म सर्वहारा नेतृत्व र जनवादी अधिनायकत्व हुन्न ।

    जनवादी केन्द्रीयता लेनिनले प्रतिपादन गरेको सङ्गठनात्मक नियम हो । तलबाट जनवाद र माथिबाट केन्द्रीयता लागु गरिन्छ । यो कम्युनिस्ट पार्टीमा सच्चा जनताका मान्छे भर्ती गर्ने तरिका हो । यसले छलफलमा स्वतन्त्रता र काममा एकता हुनुपर्ने अनिवार्यतालाई निम्त्याउँछ । यो नियम उल्लङ्घन गर्दा कि त सङ्गठनमा अराजकता हुन्छ, कि सङ्गठन विस्तारमा अवरोध पैदा हुन्छ । आफू अल्पमतमा भएको अवस्थामा पनि निर्णयको अवज्ञा गर्न नपाइने बताउँछ । अर्कोतिर आफ्नो बहुमत बनाउने विकल्प भने खुला रहन्छ ।

    बहुमत अल्पमतमा पर्ने र अल्पमत बहुमतमा पर्ने पनि गुटबन्दीबाट होइन । पार्टीप्रति समर्पण भाव र आफ्नो अध्ययन, सङ्गठन, सङ्घर्ष र निरन्तरताबाट मात्र फैसला हुने कुरा हो । त्यस्तो नभएसम्म शासक शासितमा र शासित शासकमा रूपान्तरण हुने अवस्था नै आउन सक्दैन । कम्युनिस्ट पार्टीमा शासक र शासितको कुराभन्दा जनवादी र अवसरवादीको कुरा अगाडि आउँछ । सबैको चित्त बुझाउन नसके पनि बहुमतको चित्र बुझाउने कुरा आउँछ । त्यो काम आफ्नो योग्यतामा नै भर पर्छ ।

    पुँजीपतिको शक्ति बढी पुँजीमा हुन्छ भने क्रान्तिकारीको शक्ति उनीहरूबिच बढ्दो एकतामा हुन्छ । नेताप्रति यान्त्रिक भक्तिभावले होइन, ठोस अवस्थाको ठोस विश्लेषण गर्ने रचनात्मक योग्यताले नेतृत्वको छनौटमा आधारको काम गर्छ । एकताको कुरा पार्टीभित्र रहेका सर्वहारा र पार्टीबाहिर रहेका सर्वहारा सुमधुर सम्बन्ध विस्तारले ठुलो महत्त्व राख्दछ । त्यसबाट वर्गको समस्या बुझ्न र समाधान मात्रै होइन, वर्गीय मुक्तिको काम अघि बढाउन पनि सहयोग पुर्‍याउँछ । कम्युनिस्ट आन्दोलन धेरै पुस्तासम्म निरन्तर सञ्चालन गर्नुपर्ने आन्दोलन भएको हुनाले नेतृत्व फेरबदल गरिरहनेभन्दा योग्यता, क्षमताको विकास गर्ने र योग्यलाई निरन्तरता दिइरहने आन्दोलन हो । सामूहिक नेतृत्वमा पनि योग्यता, क्षमता बढी बनाउन प्रतिस्पर्धालाई छेकबार गर्ने काम हुन्न । बहुमत र अल्पमत त्यही योग्यता र क्षमताले निश्चित गर्दछ । नेतृत्व विकास त्यसैको महत्त्वपूर्ण पक्ष हो ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.