हे…सुन्नुहोला दिदीबहिनी सुन्नुहोला दाजुभाइ
दुई हजार उन्नाइस सालको माहामारीलाई ।
Advertisement
चाइनाबाट सुरु भयो विश्वभरि छायो नि
घरमा लक लाएनि बन्दि भएनी ।
कति मरे बाबा आमा कति मरे दाजुभाइ
लेखाजोखा छैन हाम्रो सरकारलाई ।
नेपालका जनतालाई हस्पिटलमा सडायो
कोरोनाले घमण्डलाई पाठ पढायो ।
विदेश हुनि नेपालीका फ्यामली कति रुँदाहुन्
दुःखी गरीब चेलिबेटी कति हुँदाहुन् ।
घरपरिवार खुसी राख्न विदेशमा आएका
हेर हाम्रा नेपालीले दुःख पाएका ।
नेपालमा जागिर दिए विदेशमा आउन्नथे
आज हाम्रा नेपालीले दुःख पाउन्नथे ।
कतिगए विदेशमा पढ्न भनि नेपाली
कोरोनाले रुवायो नि ऐले यो पाली ।
कति थिए विद्यार्थीका भविष्यका सपना
घरमा हुनि बाआमाले माला जपन ।
गोमा ढुंगाना,
(युएई नेपाली एकता समाज महिला विभाग)