• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

यस वर्ष फेरि ‘एल निनो’ को सम्भावनासँगै तापक्रम बढ्न सक्ने


  •   सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
  • पेरिस । विश्व तापक्रम लगातार उकालो लागिरहेकै बेला सन् २०२६ को मध्यतिर एल निनो पुन: विकसित हुन सक्ने सम्भावनाले वैज्ञानिकलाई सतर्क बनाएको छ ।

    Advertisement

    अमेरिकी नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए) का अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म एल निनो गठन हुने सम्भावना ५० देखि ६० प्रतिशत छ, जसले विश्वव्यापी तापक्रमलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने आँकलन गरिएको छ ।

    विश्व मौसम विज्ञान सङ्गठनले यसबारे अद्यावधिक विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

    एल निनो उष्णकटिबन्धीय प्रसान्त महासागरमा देखिने प्राकृतिक जलवायु चक्र एल निनो–दक्षिणी दोलन (इएनएसओ) को तातो चरण हो । यसको विपरीत अवस्था ला निना हो भने दुवैबिच तटस्थ अवस्था पनि रहन्छ ।

    उन्निसौँ शताब्दीमा पेरू र इक्वेडोरका माछा मार्नेहरूले क्रिसमस नजिकिँदै गर्दा समुद्रको पानी असामान्य रूपमा तातो भएको देखेपछि त्यसलाई एल निनो नाम दिएका थिए । स्पेनी भाषामा एल निनोको अर्थ बालक वा बाल येसु हुन्छ ।

    एल निनो हुँदा प्रसान्तमा पूर्वदेखि पश्चिमतिर बहने हावा कमजोर भई समुद्री सतहको तापक्रम विशेषगरी मध्य र पूर्वी प्रसान्तमा बढ्छ । यसले विश्वभरि वर्षा र हावाको ढाँचा बदल्छ । अतिरिक्त समुद्री ताप वायुमण्डलमा ऊर्जा बनेर विश्व औसत तापक्रम अस्थायी रूपमा बढ्न सक्छ ।

    एनओएएका मौसमविद् नेट जोनसनका अनुसार सामान्य एल निनोले औसत तापक्रममा करिब ०.१ देखि ०.२ डिग्री सेल्सियससम्म वृद्धि गराउन सक्छ । एल निनो सामान्यत: दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ ।

    यसको प्रभाव क्षेत्रअनुसार फरक पर्छ । दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया, दक्षिणी अफ्रिका र उत्तरी ब्राजिलमा प्राय: सुक्खा अवस्था देखिन्छ भने हर्न अफ अफ्रिका, दक्षिणी अमेरिका, पेरू र इक्वेडरमा बढी वर्षा हुन्छ ।

    पछिल्लो एल निनो २०२३–२४ मा भएको थियो, जसले २०२३ लाई दोस्रो सबैभन्दा तातो वर्ष र २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो ।

    युरोपेली सङ्घ (इयु) को कोपर्निकस जलवायु परिवर्तन सेवाका निर्देशक कार्लो बुन्टेम्पोका अनुसार यस वर्ष एल निनो विकसित भए सन् २०२६ अर्को रेकर्ड तोड्ने वर्ष हुन सक्छ ।

    आयरल्यान्डको राष्ट्रिय मौसम सेवाका वैज्ञानिक टिडो सेमलरले एल निनोको पूर्ण प्रभाव देखिन समय लाग्ने भएकाले सन् २०२७ मा तापक्रम झन् उच्च हुन सक्ने चेतावनी दिए । उनका अनुसार विश्व तापवृद्धिको दीर्घकालीन प्रवृत्तिका कारण एल निनो नहुँदा पनि सन् २०२६ तातो वर्ष बन्ने जोखिम कायमै छ ।

    ला निना भने यसको चिसो चरण हो, जसले पूर्वी प्रसान्तलाई एकदेखि तीन वर्षसम्म चिसो बनाउँछ र एल निनोको उल्टो प्रभाव पार्छ ।

    अस्ट्रेलिया, भारत, दक्षिणपूर्वी एसिया र दक्षिणपूर्वी अफ्रिकामा बढी वर्षा गराउँछ भने दक्षिण अमेरिकाका केही भागमा सुक्खा अवस्था ल्याउँछ । डिसेम्बर २०२४ मा सुरु भएको पछिल्लो ला निना छोटो र कमजोर रहँदै तटस्थ चरणमा प्रवेश गरेको थियो तर त्यसले पनि सन् २०२५ लाई तेस्रो सबैभन्दा तातो वर्ष हुनबाट रोक्न सकेन ।

    यसबिच एनओएएले एल निनो मापन गर्ने विधि परिमार्जन गरेको छ । पुरानो ओसेनिक निनो इन्डेक्स (ओएनआई) ले ३० वर्षको औसत तापक्रमसँग तुलना गथ्र्यो तर तीव्र गतिमा तातिरहेका समुद्रका कारण त्यो आधार पुरानो हुने भएकाले नयाँ रिलेटिभ ओसेनिक निनो इन्डेक्स (रोनी) अपनाइएको छ । यो विधिले पूर्व–मध्य प्रसान्तलाई बाँकी उष्णकटिबन्धीय क्षेत्रसँग तुलना गर्दै वास्तविक समयमा अवस्था मूल्याङ्कन गर्ने अधिक स्पष्ट र भरपर्दो उपाय प्रदान गर्ने एनओएएको दाबी छ । (रासस/एएफपी)

    सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.